एमसीसीले ततायो सडक र राजनीति
-डा.डिआर उपाध्याय,
प्रधानमन्त्री शेर बहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी जसरी भए पनि संसदबाट पारित गराउनतिर नै ध्यान केन्दित गरिरहनु भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमाले संग पनि उहाँले बेला बेलामा संवाद अघि बढाइरहनु भएको छ । आज एमसीसीकै कारण मुलुकको राजनीति तरंगित छ ।
भोली नेपाली राजनीति के हुन्छ यसै भन्न सकिने अबस्था छैन । यसले हरेक पार्टी, गठबन्धनमा समेत विभाजन ल्याउने संकेत देखिएको छ ।
राजनीतिक ध्रुवीकरण बढेर जाने सम्भावना देखिदै छ । अहिले सत्तागठबन्धन नै संकटमा छ । यही कारणले भोली दलका नेताहरु टुटफुट हुन सक्छन । राजनीकि ध्रुवीकरण बढेर गयो भने देश संकटमा पर्ने सम्भावना छ ।
त्यसैले राजनीतिक दलहरु गम्भिर बन्न जरुरी छ । सत्तागठबन्धन त धरापमा परि सक्यो । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र तीव्र मतमतान्तर देखापरिरहेको छ ।
प्रम देउवा गठबन्धन जोगाउनेभन्द...










