नेकपा फुटेर होइन जुटेर जानुपर्छ
-डा.डिआर उपाध्याय,
मुलुक यतिबेला राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ । प्रतिनिधिसभा विघटन भएको छ । यसो हुनुमा मुख्यत नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वको व्यक्तिगत र गुटगत स्वार्थ हो । जसको परिणाम यो अवस्था सृजना भएको छ । तीन वर्ष अघि दुई कम्युनिस्ट पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी निर्माण भयोे र मिलेरै चुनावमा जादा झण्डै दुईतिहाई बहुमत प्राप्त भई सरकार पनि बन्यो । सुरुवाती दिनमा जनता खुशि पनि भए । अहिले नेकपा दुई खेमामा बिभाजित हुँदा नेकपा संकटमा छ ।
र, नेकपाको यो गतिविधि देख्दा जनता निरास छन् ।जसले गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको सात दशक लामो ऐतिहासिक विकासक्रममा अवरोध खडा भएको छ । नेताहरूको व्यक्तिगत स्वार्थ र अहङ्कारले नेकपा दुई खेमामा विभाजन भएको हो । नेकपालाई नेपाली जनताको जनसमर्थन रहँदारहँदै पनि नेकपा दुई खेमामा भई विभाजन हुनु मुलुकको लागि दुर्भाग्य हो । नेकपा भित्रको अ...
