समाज Archives - ग्यालेक्सी दैनिक
आइतवार, चैत्र १२, २०७९

समाज

सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण
समाचार, समाज

सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो । यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताउनुभयो । उहाँहरूले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने बताउनुभयो । सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुनुहुन्छ । उहाँले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोल्नुभएको थियो । यो ब्याण्डमा उहाँसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहनुभएको थियो । यो ब्याण्डले थुप्रै गीत(संगीत बजारमा ल्याएको छ । ठमेलमा ल...
सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित
समाचार, समाज

सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित

काठमाडौं । मण्डला ईन्टरटेनमेन्टको आयोजनामा हालै सम्पन्न भएको सुपर मोडल ईन्टरनेशनल नेपालको ग्राण्ड फिनालेको भव्य समारोहमा राज मेक अप स्टुडियोका प्रमुख टेकराज पाण्डेलाई सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई नेपाली सौन्दर्य प्रतियोगीताहरुको विकास र प्रवद्र्धन तथा नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको हो । प्रतिनिधि सभाका सांसद तथा पूर्व मन्त्री एवं कार्यक्रमका विशेष अतिथी भगवती चौधरीले पाण्डेलाई सम्मान प्रदान गरेकी थिईन । सोही समारोहमा अर्थविद् तथा साहित्यकार माधव निर्दोशलाई समेत सम्मान गरिएको थियो । आयोजक संस्थाकी कार्यकारी प्रमुख सजिना तामागंको अध्यक्षता रहेको थियो भने पूर्व संस्कृति तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । करिव एक दशक भन्दा लामो समयदेखि मेक अप आर्टिष...
भारतको प्रतिष्ठित दादा साहेब फाल्के टेलिभिजन अवार्ड राज लुईटेललाई
समाचार, समाज

भारतको प्रतिष्ठित दादा साहेब फाल्के टेलिभिजन अवार्ड राज लुईटेललाई

भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड बाट नेपाली वरिष्ठ संचारकर्मी राजेन्द्र लुईटेल (राज) सम्मानित भएका छन् । दुई दशकदेखि संचारक्षेत्रमा सक्रिय लुईटेलले नेपाल भारत दौत्य सम्बन्ध विस्तार र विकासका लागि पत्रकारिताको माध्यमबाट विशेष योग्दान गरेक कारण उक्त अर्वाडबाट सम्मान गरिएको भारतीय सञ्तचार माध्यमहरुले जनाएका छन् । फाल्के ईण्डियन टेलिभिजन अवार्ड भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डद्वारा लुईटेललाई सम्मान गरिएको हो । भारतको मुम्बईमा भएको सम्मान कार्यक्रममा पुलीसका कमिश्नर पुलीस चिफ संजय पटेल, भारतका प्रतिष्ठित वरिष्ठ संचारकर्मी अखिलेश सिंह तथा चर्चित टेलिभिजनअभिनेत्री चांदनी शर्माले संयुक्त रुपमा लुईटेललाई सम्मान प्रदान गरेका थिए । ...
जिकेसी नेपालद्वारा आफ्नो दोश्रो स्थापना दिवसको अवसरमा निशूल्क स्वास्थ्य शिविर
समाचार, समाज

जिकेसी नेपालद्वारा आफ्नो दोश्रो स्थापना दिवसको अवसरमा निशूल्क स्वास्थ्य शिविर

विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवसको अवसरमा जीकेसी नेपालले विविध कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउदै छ । यसै क्रममा जिकेसी नेपालले टेकुमा अवस्थित सतप्रयास महिला सेवा वृद्धाश्रममा आश्रित वृद्धाहरुको निशूल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निशूल्क औषधि वितरण गरेको थियो । उक्त आश्रममा रहेका वृद्धाहरुका लागि आवश्यकता अनुसारको खाद्यवस्तु वितरण, छाला तथा स्वास्थ्य सामग्री वितरण गरी आफ्नो स्थापना दिवस मनाएको हो । सामाजिक कार्यमा लामो समयदेखि सक्रिय समाजसेवी डा.पूनम कर्णको अगुवाईमा भएको सो अभियानमा आश्रित परिवारलाई खाना समेत खुवाईएको थियो भने मानव सेवा पहिलो धर्म हो भन्ने उद्देश्यका साथ स्थापना भएको विश्व कायस्थ कन्फ्रेन्स(जिकेसी)को नेपाल च्याप्टरका अध्यक्ष डा.कर्णका अनुसार मानवताका लागि निशुल्क स्वास्थ्य सेवा भन्ने अभियानका साथ जिकेसी नेपालको दोश्रो स्थापना दिवसको अवसरमा पारेर व...
श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव भब्य समारोहबीच सम्पन्न
समाचार, समाज

श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव भब्य समारोहबीच सम्पन्न

काठमाडौं । लाखौं साई प्रेमिहरूका आस्थाका प्रतीक श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव भब्य समारोहबीच सम्पन्न भएको छ । श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव बिबिध मानव सेवाका सामाजिक कार्यक्रमहरू गर्दै सम्पन्न भएको हो । काठमाडौको सानो गौचरनमा निकै भब्य र दिब्य समारोहबीच सम्पन्न उक्त कार्यक्रममा हजारौं स्वदेशी तथा बिदेशी साइ भक्तहरूको उपस्थिति थियो । गत पुस २ गतेदेखि सुरु भएको ३५ दिने उक्त सुभ जन्मोत्सब कार्यक्रमहरुमा पुष १६ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको थियो, कार्यक्रममा उल्लेख्य साइ भक्तहरूले रक्तदान गरेका थिए । यसैगरी जाडो र शितलहर लाई मध्यनजर गर्दै श्री संजय साइ सेवा अर्गनाइजेसनले चितवन, भैरहवा, रुपन्देही, सुनसरी, कटाहारी, बिराटनगर, पाल्पा, पर्सा, मकवानपुर, धादिङ, काठमाडौ , सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकलगायत जिल्लामा गरिब असाहाय र बिपन्न बर्गका परीवारहरूलाई लक्षित गरेर ...
संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा बृहत् सम्मान अर्पण
समाचार, समाज

संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा बृहत् सम्मान अर्पण

लाखौं साई भक्तहरूको आस्थाको केन्द्र श्री संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा श्री सत्य साई सेवा अर्गनाइजेसनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लामो समयदेखि योगदान पुर्‍याउनुभएका विशिष्ट व्यतित्वलाई श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा वरिष्ठ कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, शिवसुन्दर श्रेष्ठ, मिथिला शर्मा बोहोरा, पूजा शर्मा, सितार बादक शुसान थापा, शुसिल अमात्य, गायक सत्यराज आचार्य, स्वरूप राज आचार्य रहनुभएको छ । यस्तै सो समारोहमा प्रोफेसर यशोधा पन्त, प्रोफेसर कान्ता भट्टराई, डा.माधव मंगल जोशी, प्रो.डा.धनबहादुर कुँवर, डा.भोला रिजाल, डा.गुनबहादुर थापा, श्यामसुन्दर धवडेल, भद्राकुमारी घले, अस्मिता भण्डारी रहनुभएको छ । श्री संजय साई बाबाको ३५औं जन्मोत्सव को अवसरमा सत्य साई सेवा अर्गनाइजेसनले यही पुस २ गतेदेखि बृहत...
श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा बृहत रक्तदान
समाचार, समाज

श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा बृहत रक्तदान

आध्यात्मिक तथा धार्मिक जगतमा लाखौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साई भक्तहरूका अवतारको रुपमा परिचित श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन भइरहेका छन् । अभियानको १५औं दिनमा आईपुग्दा श्री संजय साई सेवा अर्गनाइजेसन नेपालले फ्रेश ब्लडको चरम अभाब भएको विशेष परीस्थितिलाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।   संस्थाले बालकुमारी स्थित आफ्नै श्री संजय साई बृन्दाबन आश्रम परीसरमा शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा १०८ जना साई भक्तहरूले रक्तदान गरेका थिए । सङ्कलन गरेको फ्रेस ब्लड नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्त सन्चार केन्द्र कार्यालय लाई हस्तान्तरण गरिएको थियो । श्री संजय साइ बाबाको ३५औं शुभ जन्मोत्सवको पावन अवसरमा पुस १ गते देखि नै हरेक दिन बृहत ३५ दिने परोपकारी मानविय स...
विश्व किर्तिमानी गीतकार डा.डिआर उपाध्यायको पुग्यो १३२ विश्व रेकर्ड
समाचार, समाज

विश्व किर्तिमानी गीतकार डा.डिआर उपाध्यायको पुग्यो १३२ विश्व रेकर्ड

मंसिर १२ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा कीर्तिमानी उपाध्यायका थप २२ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण एवं एल्वम विमोचन गरिएको हो । प्रथम उपराष्ट्रपति झाले डा. उपाध्यायलाई विभिन्न विश्व रेकर्ड प्रदान गर्ने ११ ओटा संस्थाले उपलब्ध गराएका प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो भने समारोहमा ‘अविच्छिन्न’ एल्वम विमोचन गरिएको थियो । यसअघि विभिन्न विधामा गिनिज बुकअफ वल्र्ड रकेर्डसहित ११० विश्व रेकर्ड कायम गर्नुभएका उपाध्यायको वल्र्ड रेकर्डको संख्या १३२ पुगेको छ । यसअघि अन्र्तराष्ट्रिय पचास भाषामा गीत, एकैदिन सबैभन्दा धेरै दैनिक पत्रिकामा लेख प्रकाशित, गीतको सबैभन्दा सानो पुस्तक, नोट साइजको गीतको पुस्तक, ३७० ओटा आ...
एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा भव्यताका साथ समपन्न
समाचार, समाज

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा भव्यताका साथ समपन्न

दुवई-  तीन वर्ष देखि सिजन मिडिया प्रालिले अन्तराष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट नेपाल लगायत एसियन मुलुकका ११ जना गरी ३४ जनाले यस वर्षको प्रोफेसनल हात पार्न सफल भएका छन । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा एक कार्यक्रमका बिच अवार्ड प्रदान गरेको हो । सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा. रोबेट किट्टेल ( अमेरीकी ) पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाको हातबाट प्रदान गरेको सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिए । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतिय नेता विजय जोली आउने निश्चिभए प...
कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न
समाचार, समाज

कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न

कोलकता । शिव कैलाश कला मन्दिरको प्रस्तुति कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौंका नारायण रिजालको संयोजन रहेका कलाकार हरूले आ-आफ्नो प्रस्तुति दिएका थिए । आयोजक गोरखनाथ सेवासमिती अघ्यक्ष केशव अधिकारी क्षेत्री, उपाध्यक्ष खेमराज बराल, व्यवस्थापक अरुण पान्डे, महासचिव नरविक्रम थापा, गोरखनाथ सेवा समिति मुल कमिटी सांस्कृतीक सम्योजक सुखदेव प्रधान, सचिव मोहन सिंहले संयोजन गर्नुभएको कार्यक्रममा दिलिप थापा डान्स एकेडेमीकोसमेत प्रस्तुति रहेको थियो । नारायण रिजालको संयोजनमा रहेका नेपालका कलाकारहरूमा रेनुका रिजाल, भरत पुटुवार, स्नेहा घिमिरे, युनिशा रिजाल, रोशन बुढाथोकी, शान्ता सत्याल, बिकास तामाङ, प्रतिज्ञा भण्डारी, राजकुमार सिंह तथा गायक सविन शंकर र गायिका सपना सुनारका साथमा सरु बुढाथोकी, बालकलाकार आस्तिक रिजाल र रिह्नान बुढाथोकीले प्रतुति दिनुभ...