स्वास्थ्य Archives - ग्यालेक्सी दैनिक
आइतवार, भदौ ३१, २०८०

स्वास्थ्य

आउदो शनिबार गोदावरीमा निशुल्क एक दिने स्वास्थ्य शिविर हुँदै
समाचार, स्वास्थ्य

आउदो शनिबार गोदावरीमा निशुल्क एक दिने स्वास्थ्य शिविर हुँदै

गोदावरीमा एक दिने निशुल्क स्वास्थ्य शिविर हुन लागेको छ । नेपाल- पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ तथा गोदावरी नगरपालिका वडा न. ३ को सयुक्त आयोजनामा गोदावरीमा एक दिने निशुल्क शिविर आयोजना हुन लागेको हो। निशुल्क शिविर यहि असार २ गते शनिबार बिहान ९ बजे देखि २ बजे सम्म संचालन हुने आयोजकले बताएका छ्न् । गोदावरी वडा ३ का सर्वसाधारणहरुलाई प्रत्यक्ष लाभ हुने गरी शिविर संचालन गर्न लागिएको वडा ३ का वडाध्यक्ष राज घिमिरेले जानकारी दिनुभयो । शिविरमा बाल रोग,हाड जोर्नी ,नशा सम्बन्धि समस्या,स्त्रीरोग एवम् जनरल मेडिसिन सेवा निशुल्क रुपमा प्रदान गरिने आयोजकले जनाएको छ । निशुल्क स्वास्थ्य सेवाको लाभ लिन वडा ३ ले अनुरोध समेत गरेको छ । शिविर श्री सिद्धेश्वर आधारभुत विधालय,वार्ड ३,किटिनीमा संचालन हुने जनाईएको छ ।...
टोखाको ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण गरिने
समाचार, स्वास्थ्य

टोखाको ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण गरिने

काठमाडौं- काठमाडौंको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा-७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की लगायत सहभागी बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तैगरी टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङ, नेपाल चिकित्सक संघका महासचिब डा. बद्री रिजाललगायत ६२ जना चिकित्सकले बैठकमा सहभागिता जनाएका थिए । अस्पताल स्थापनाको अवधारणा र भावी कार्ययोजनाका बारेमा डा. क्षितिज सापकोटाले बैठकमा जानकारी गराएका थिए ।...
ओमिक्रोन महामारी संक्रमणको त्रास
समाचार, स्वास्थ्य

ओमिक्रोन महामारी संक्रमणको त्रास

-डा.डिआर उपाध्याय, बर्तमान देउवा नेतृत्वको सरकारले जनताका तमाम समस्या समाधान गर्ने बाटोमा लाग्नु पर्छ । सरकार भनेको जनताको अभिभावक हो । जनताको दुख्खमा साथ दिन सरकार हर दिन तयार भएर बस्नु पर्छ । जनताले कर तिरेका हुन्छन् । जनताको करमा देशको शासन सत्ता चलेको हुन्छ । आपत बिपत पर्दा सरकारले जनताको पिर मर्का बुझन सक्नु पर्छ । आज जनता आपत बिपतमा पदै छन । गरिव निमुखा जनताको गाँस बाँस कपास सरकारले ब्यवस्था गरिदिनु पर्छ । गरिव निमुखा जनताको अबस्था अहिले के छ त्यो बुझन जरुरी भएको छ । कोरोना महामारीको त्रासले यी निमुखा गरिव जनताहरु त्रासमा छन । कोरोना महामारीको त्रासले कति दिन सताउने हो कुनै ठेगान छैन । गरिव निमुखा जनताको चुलो बलेको छ की छैन त्यो बुझन जरुरी छ । आज हरेक उपभोग्य सामानको भाउ निकै आकासिएको छ । यो महंगीले गरिव निमुखा जनताको चुलो बल्न सकेको छैन । गरिव जनताको पक्षमा सबैले गम्भिरताका सा...
अब हामी पनि सचेत बनौं
समाचार, स्वास्थ्य

अब हामी पनि सचेत बनौं

-डा.डिआर उपाध्याय, छिमेकी मुलुकहरूमा कोरोनाको डेल्टासँगै ओमिक्रोन भेरियन्टको संक्रमण दिनहुँ बढ्दै छ। कोरोना भाइरस संक्रमणवाट बँच्न सचेत र सावधानी अपनाउने काम गरौं । छिमेकी भारत र नेपालबीचको खुला सीमा नाकामा दिनहुँ हजारौं व्यक्ति निर्वाध ओहोरदोहोर गरिरहन्छन्। विशेषगरी तराईका विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीलगायतका १० नाकामा जोखिम बढेको छ। सीमा क्षेत्रमा जनस्वास्थ्यसम्बन्धी जोखिमलाई नजरअन्दाज गर्दा संक्रमणको जोखिम बढ्ने निश्चित छ। सिमानासँगै विमानस्थलमा पनि मापदण्ड पालना, स्वास्थ्यजाँचलाई प्रभावकारी बनाउनुपर्छ। संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्वास्थ्यजाँच एवं परीक्षण सर्वसुलभ हुनुपर्छ। हेल्थ डेस्कलाई प्रभावकारी बनाउनु पर्छ। छिमेकी देश भारतमा पनि कोभिडको नयाँ लहर देखिएको छ। यसबाट कुनै पनि बेला नेपाल संक्रमणको चपेटामा नपर्ला भन्न सकिन्न। डब्लूएचओका अनुसार डेल्टाभन्दा ओम...
कुमारी युवा क्लब, बुनपा वडा ९ तथा अहमदिय संघको संयुक्त आयोजनामा निःशूल्क दन्त परिक्षण सेवा
समाचार, स्वास्थ्य

कुमारी युवा क्लब, बुनपा वडा ९ तथा अहमदिय संघको संयुक्त आयोजनामा निःशूल्क दन्त परिक्षण सेवा

कुमारी युवा क्लब,बुढानिलकण्ठ नगरपालिका वडा ९ तथा अहमदिय संघ नेपालको संयुक्त आयोजनामा बुढानिलकण्ठ ९ स्थित प्रदिप डेन्टल क्लिनिकमा एक दिने निःशूल्क दन्त परिक्षण सेवा सम्पन्न भएको छ । शनिवार विहान ९ बजे देखि शुरु भएको उक्त कार्यक्रममा १०० जना भन्दा बढिले निःशूल्क सेवा लिएका थिए । बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ का कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको प्रमुख आतिथ्यता र कुमारी युवा क्लबका सदस्य एवं अहमदिया संघ नेपालका प्रमुख मोहन राउतको विशेष आतिथ्यतामा आयोजित दन्त परिक्षण सेवाका लागि ३ जना वरिष्ठ दन्तरोग विशेषज्ञ तथा १ जना नर्सले परिक्षणका लागि आएका विरामीहरुलाई निःशूल्क सेवा प्रदान गरेका थिए । कार्यक्रममा सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरिएको थियो । ९ न. वडावासी तथा कुमारी मन्दिर वरपरका नागरिकहरु यस कार्यक्रमबाट विशेष...
नेपाल जनस्वास्थ्य संघको लागि कैलाश खाकिको आवश्यकता
समाचार, स्वास्थ्य

नेपाल जनस्वास्थ्य संघको लागि कैलाश खाकिको आवश्यकता

नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । आगामी पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिवमा उम्मेदवारी दिनुभएको हो । निर्वाचन समितिले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय सदस्य हुनुभएका श्रेष्ठ २० वर्षदेखी जनस्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ । संस्थाको संगठनात्मक विकास, जनस्वास्थ्यकर्मीहरुवीचको सुव्यवस्थित सञ्चार, जनताको स्वास्थ्य जीवनयापनका लागि पैरवी गर्ने, जनस्वास्थ्यकर्मीवीचको रोजगारी सुनिश्चितताका लागि जनस्वास्थ्य संघको महासचिवमा उम्मेदवारी दिएको श्रेष्ठले बताउनुभयो । बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा २० वर्षदेखिको अनुभव नै आफ्नो जित्ने आधार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘यूवा जनस्वास्थ्यकर्मीसँग सहकार्य र अग्रजको सल्लाह सुझाव लिएर संगठनको विकासमा लाग्ने छु ।’ जस्त...
थप २५२५ मा कोरोना संक्रमण, ३५ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २५२५ मा कोरोना संक्रमण, ३५ को मृत्यु

 गत २४ घण्टामा नेपालमा १४ हजार ८१० जनाको परीक्षण गर्दा २ हजार ५२५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ८६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९०९ पीसीआर परीक्षण गर्दा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ९०१ परीक्षण गर्दा ५०५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार २५० जना रहेका छन् । ...
थप १ हजार ८०१ जना कोरोना संक्रमण
विशेष, समाचार, स्वास्थ्य

थप १ हजार ८०१ जना कोरोना संक्रमण

गत २४ घण्टामा नेपालमा ११ हजार ३२६ जनाको परीक्षण गर्दा १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ९२४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ६२२ परीक्षण गर्दा २५३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार साेमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ३५१ जना रहेका छन् । ...
थप ३४५१ मा कोरोना संक्रमण,  ३५ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप ३४५१ मा कोरोना संक्रमण, ३५ को मृत्यु

गत २४ घण्टामा नेपालमा १५ हजार ६११ जनाको परीक्षण गर्दा ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ४५८ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ५१८ परीक्षण गर्दा ८८५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ । हाल सक्रिय संक्रमित ३९ हजार ३७१ जना रहेका छन् । ...
थप २२१२ मा कोरोना संक्रमण, ३३ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २२१२ मा कोरोना संक्रमण, ३३ को मृत्यु

गत २४ घण्टामा नेपालमा १२ हजार १०६ जनाको परीक्षण गर्दा २ हजार २१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ८६७ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार १९ परीक्षण गर्दा १ हजार १५२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३३ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ । हाल सक्रिय संक्रमित ३९ हजार २९८ जना रहेका छन् । ...