Friday, November 20

स्वास्थ्य

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित

भारतमा थप ‍१ लाख ३१ हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि विहीबार चैत्र २६ मा भारतमा दोस्रो धेरै १ लाख २६ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३० लाख ७५ हजार ९५४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १९ लाख १० हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ५१९ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८०२ जनाको मृत्यु भएको छ ।...
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ३१ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन्। हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ। अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन्। देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन्। तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्...
कोरोना भाइरसलाई खेलाँची नठानौं सर्तक बनौं
समाचार, स्वास्थ्य

कोरोना भाइरसलाई खेलाँची नठानौं सर्तक बनौं

डा.डीआर उपाध्याय, विगत केही समय अघिदेखि घट्दो रुपमा रहेको कोरोना भाइरस फेरि दोहोरिन लागेको संकेत देखिन्छ । छिमेकी देश भारतमा कोरोना भाइरस बढे सगै नेपालमा खुल्ला सिमानाकाको कारण नेपालमा पनि यसप्रति सबै सचेत र जागरुप रहनु पर्ने देखिन्छ । कोरोनाका कारण देखाई पुन नेपालमा लकडाउन गर्ने खेल सरकारले गर्नु हुँदैन । गत वर्ष गरिएको लकडाउनका कारण नेपाली जनताको जनजीवन अझै सम्म पनि सहज बन्न सकिरहेको छैन । धेरैको व्यापार व्यावसाय अहिले सम्म सोचे बमोजिम सुचारु छैनन् । आम नागरिक लकडाउन भन्ने शव्द देखि नै त्रसित छन् । अब सरकारले यो विषयमा गम्भिरता पूर्वक सोच्नु पर्ने बेला आएको छ । कोरोनाका कारण लकडाउन गर्नु समस्याको समधान होइन भन्न्ने कुरा विगतको परिणामले पुष्टि गरेको छ । नेपाल अरु देशको तुलनामा गरीब भएता पनि कोरोना भाइरस सँग लड्न सक्ने क्षमता भएको कुरा विगतले पुष्टि गरेको छ । नेपाली जनता कुनै पनि दुः...
आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै
समाचार, स्वास्थ्य

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

मार्च २०  मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि  मनाउन लागिएको डेन्टल एशोसियसनले जानकारी दिएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ राख्न जरूरी रहेको चिकित्सकहरू बताउँछन् । वर्ल्ड फेडरेशनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १ सय ३० वटा डेन्टल एशोसियसनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस अवसरमा नेपालमा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिँदै आएको छ ।...
भारतसँग किनेको १० लाख डोज खोप आइतबार नेपाल आइपुग्ने, २३ गतेदेखि वितरण
समाचार, स्वास्थ्य

भारतसँग किनेको १० लाख डोज खोप आइतबार नेपाल आइपुग्ने, २३ गतेदेखि वितरण

नेपालले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज भोलि आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै खरिद गरिएको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आइतबार काठमाडौं आइपुग्ने जानकारी दिएका हुन् । सम्झौताबमोजिमको बाँकी १० लाख डोज खोप उत्पादक कम्पनीसँगको आपसी सहमतिमा अर्को चरणमा आपूर्ति गर्ने जनाइएको छ । उक्त खोप खरिदका लागि तीन दिनअघि सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ । आइतबार दिउँसो साढे एक बजे एयर इण्डियाको उडानमार्फत खोप काठमाण्डौ आइपुग्ने जानकारी दिइएको छ । उक्त खोप विमानस्थालबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी २३ फागुनदेखि संचालन हुने खोप अभियानका लागि जिल्लामा पठाइनेछ । यो चरणमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई दिइनेछ । मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा संशोधन गरेपछि ...
एकै दिन ८८ हजार नेपालीले लगाए कोरोनाविरूद्को खोप
समाचार, स्वास्थ्य

एकै दिन ८८ हजार नेपालीले लगाए कोरोनाविरूद्को खोप

कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतबार ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा...
फेव्रुअरी महिना : आयोडिन मन्थ
समाचार, स्वास्थ्य

फेव्रुअरी महिना : आयोडिन मन्थ

-नेपाल सरकारले प्रत्येक बर्ष अंग्रेजी क्यालेण्डर अनुसार फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै आएको छ ।  सोहीको निरन्तरता स्वरुप यस बर्ष पनि सरकारले फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै छ ।  आयोडिनको कमीबाट हुने विकृति रोकथामका लागि  जनचेतना जगाउने उदेश्यका साथ फेव्रुअरी महिनालाई  आयोडिन मन्थका रुपमा मनाउने गरिएको हो । नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गरिदै आईएको छ । त्यसो त, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुनाले नेपालमा नुनमा आयोडिन मिसाई प्रत्येक घर घरमा आयोडिनयुक्त नुनको पहुँच बिस्तारको नीति नेपाल सरकारले लिएको छ ।  हरेक नेपालीको घर दैलो एवम् चुलो चौकोसम्म आयोडिनयुक्त नुनको पहुँच प्रभावकारी रुपमा पुगोस् भन्ने हेतुले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनल...