Friday, November 20

अर्थ/व्यापार

आजको सुनचाँदीको मूल्य कति ?
अर्थ/व्यापार, समाचार

आजको सुनचाँदीको मूल्य कति ?

सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाले बढेको सूनको मूल्य आइतबार र सोमबार पनि स्थिर नै रहेको हो ।   शुक्रबार र आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेको थियो । आज चाँदीको मूल्यमा तोलाको १२ सय १० रुपैयामा कारोबार भइरहेको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ४१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ  २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
नेप्सेमा उच्च गिरावट, जीवन लघुबित्तको शेयर मूल्य पनि घट्यो
अर्थ/व्यापार, समाचार

नेप्सेमा उच्च गिरावट, जीवन लघुबित्तको शेयर मूल्य पनि घट्यो

साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ । गत विहीबार २६ अंकले बढेर रोकिएको कारोबारमा आइतबार साताको पहिलो दिन उच्च गिरावट आयो । आइतबार नेप्से परिसूचक ३०४४.४६ अंकमा झरेको छ । आइतबार कारोबार सुरु भएको केही समय बढेको नेप्से कारोबार बन्द हुँदासम्म लगातार घट्यो । आइतबार सेन्सेटिभ परिसूचक ८.५७ अंकले घटेको छ । यस्तै फ्लट ३.५४ ले घट्दा सेन्सेटिभ फ्लट पनि २. ५४ ले घटेको छ । आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । तर यसअघि कारोबार सुरु भएदेखि लगातार सकरात्मक सर्किट लाग्दै आएको जीवन लघुबित्तको शेयर आइतबार घटेको छ । विहीबार ५१९८ मा कारोबार रोकिएको जीवनको शेयर मूल्य आइतबार ५०७१ मा झरेको छ । आइतबार १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ । बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी...
आज कतिमा हुँदैछ सुनको कारोबार ?
अर्थ/व्यापार, समाचार

आज कतिमा हुँदैछ सुनको कारोबार ?

नेपाली बजारमा आज छापावाल सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । साताको पहिलो दिन आइतबार तेजावी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।
धितोपत्र बोर्डले ल्यायाे एउटा नियम, अब आईपीओ पर्ने सम्भावना बढ्यो
अर्थ/व्यापार, समाचार

धितोपत्र बोर्डले ल्यायाे एउटा नियम, अब आईपीओ पर्ने सम्भावना बढ्यो

पछिल्लाे समय अर्काकाे नामबाट आईपीओ भर्ने गरेकाे गुनासाे बढ्न थालेपछि धितोपत्र बोर्डले अरूको नामबाट आईपीओ भर्ने कार्य बन्द गर्ने गरी काम अगाडि बढाएको छ । जसले गर्दा आइपिओ पर्ने सम्भावना बढ्नेछ । शेयर लगानीकर्ताहरूको सहजताका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन माध्यमबाट केवाईसी अर्थात आफ्नो व्यक्तिगत विवरण दर्ता गराउने प्रणाली सुरु गर्ने भएको छ । शेयर लगानीकर्ताहरूले केवाईसी दर्ता गर्न विभिन्न बैंक तथा संस्थासम्म धाउनु नपर्ने गरी सीडीएससीले यस्तो सिस्टम विकास गर्न थालेको हो । त्यसो त नेपाल धितोपत्र बोर्डले गत मंसिरमा दिएको स्वीकृति पश्चात सीडीएससीले यसको तयारी थालेको थियो । सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने सेन्ट्रलाइज्ड अथवा ई – केवाईसीको कार्यन्वयनले सेवाग्राहीलाई सहजता दिनुका साथै शेयर बजारमा गैरकानुनी रुपमा एक जनाले धेरैको नाममा साधारण शेयर ( आईपीओ ) को आवेदन दिने प्रवृत...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २९ पैसा र बिक्रीदर १६२ रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ/व्यापार, समाचार

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।   बिहिबार प्रतितोला ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
दुई दिन लगातार घटेको शेयर बजारमा आज सुरुदेखि नै हरियाली
अर्थ/व्यापार, समाचार

दुई दिन लगातार घटेको शेयर बजारमा आज सुरुदेखि नै हरियाली

यो साताको कारोबार भएको पहिलो दिन मंगलबारदेखि लगातार घटेको शेयर बजार कारोबार हुने साताको अन्तिम दिन विहीबार भने बजार खुलेदेखि लगातार बढिरहेको छ । यो साताको तीन दिन जलविद्युत समूहको शेयर भएको लगातार गिरावट विहीबार भने उकालो लागेको छ । बिहान ११ बजे बजार खुलेपछि हरियाली आएको बजारमा दिउँसो १ बजेसम्म पनि हरियाली यथावत छ । विहीबार दिउँसोसम्म १ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ भने अन्य दुई कम्पनी पनि सकरात्मक सर्किट नजिक पुगेका छन् । विहीबार गुह्वेश्वरी मर्चेन्ट बैंकिङ तथा फाइनान्सको शेयरमा सकरात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य विहीबार ७०२.२ रुपैयाँ पुगेको छ । यस्तै जीवन लघुबित्त र खानीखोला जलविद्युत सकरात्मक सर्किट नजिक पुगेका छन् । जीवन लघुवित्तको शेयर मूल्य विहीबार ५१९८.९० रुपैयाँ पुगेको छ । विहीबार दिउँसोसम्म नेप्से १०.४ अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स २.२१ अंकले...
फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ/व्यापार, समाचार

फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।   बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य स्थिर रही तोलामा १ हजार २ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।...