Friday, November 20

खेलकुद

कोपा अमेरिका : तेस्रो स्थानका लागि भएको कोलम्बियासँग खेलमा पेरु पराजित
खेलकुद, समाचार

कोपा अमेरिका : तेस्रो स्थानका लागि भएको कोलम्बियासँग खेलमा पेरु पराजित

कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । आज बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि कोलम्बियाले जित हासिल गरेको हो । सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थानका लागि प्रितस्पर्धा गरेका हुन । सेमिफायनलमा पेरु ब्राजिलसँग र कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो । खेलमा यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको शुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो । जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गोल गरे । लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे । ९० मिनेटसम्म बराबरी भएपनि इन्ज...
युरोपेली च्याम्पियनसिप : डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इंग्ल्यान्डले सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा इंग्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गरेको हो । उक्त खेलको ३० औं मिनेटमा डेनमार्कका डाम्सगार्डले फ्रिकिकबाट गोल गरी अग्रता दिलाए । त्यसपछि खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आफ्नै पोष्टमा गोल गरे । निर्धारित ९० मिनेटसम्म दुवै टिम बराबरी नै खेले ।  त्यसपछि १ सय ४ औं मिनेटमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले  गोल गरी टिमलाई जित दिलाए । जितसँगै इंग्ल्यान्ड फाइनलमा प्रबेश गरेको छ । अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग खेल्नेछ । ...
युरोपेली च्याम्पियनसिप : आज इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा भीड्दै
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : आज इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा भीड्दै

युरोपेली च्याम्पियनसिप अन्तर्गत बुधबार इंग्ल्यान्ड र डेनमार्कबीच हुँदैछन् । इंग्ल्यान्ड र डेनमार्कबीचको सेमिफाइनल खेल आज इङ्ग्ल्यान्डको वेम्बली मैदानमा हुनेछ ।  यी दुई टिमबीच राति पौने १ बजे खेल हुनेछ । आज हुने उक्त सेमीफाइनल खेलमा इंग्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनलमा जाने लक्ष्य सहित मैदान उत्रिनेछन् । बिजेताले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।  यसअघि क्वार्टरफाइनलमा इंग्ल्यान्डले युक्रेनलाई पराजित गरेको थियो । गएराती सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गर्दै इटाली फाइनलमा पुगेको हो ।...
युरोपेली च्याम्पियनसिप : आज सेमिफाइनलमा इटली र स्पेन भीड्दै
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : आज सेमिफाइनलमा इटली र स्पेन भीड्दै

युरोपेली च्याम्पियनसिप अन्तर्गत मंगलबार इटली र स्पेनबीच हुँदैछन् ।  इटली र स्पेनबीचको सेमिफाइनल खेल आज इङ्ग्ल्यान्डको वेम्बली मैदानमा हुनेछ ।  यी दुई टिमबीच राति पौने १ बजे खेल हुनेछ । आज हुने उक्त सेमीफाइनल खेलमा इटली र स्पेन एकअर्कालाई जित्ने दाउमा छन् ।  यसअघि क्वार्टरफाइनलमा इटालीले बेल्जियमलाई पराजित गरेको थियो भने स्पेनले स्विट्जरल्यान्डलाई पराजित गरेका थियो । यस्तै दोस्रो सेमिफाइनल खेल भोलि हुँदैछ । दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्क भीड्दैछन् ।  ...
पेरुलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा
खेलकुद, समाचार

पेरुलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

मंगलबार बिहान कोपा अमेरिका अन्तर्गत भएको सेमिफाइनल खेलमा ब्राजिलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले पेरुलाई १–० गोलले पराजित गरेको हो ।  उक्त खेलमा ब्रजिलका लुकास पाक्युटाले गोल गरी टिमलाई फाइनलमा पुर्याए । उनले खेलको ३५ औं मिनेटमा निर्णायक गोल गरे । खेलको अन्तिम समयमा रेनान लोदीको हेडर बाहिरिँदा ब्राजिल अग्रता दोब्बर पार्नबाट चुकेको थियो ।  ५२औं मिनेटमा पेरुका गार्सियाले गरेको प्रहरले पोष्ट छुम्न सकेन । उक्त खेलमा ब्रालिले गोलका लागि गरेको ८ प्रहारमा एक गोल मात्र हुन सक्यो ।  जितसँगै ब्रालि फाइनलमा पुगेको छ । अब बुधबार बिहान हुने अर्को सेमिफाइनल खेलमा अर्जेन्टिना र कोलम्बिया भीड्नेछन् ।  ...
युक्रेनलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा
खेलकुद, समाचार

युक्रेनलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले सानदार जित निकालेको छ ।  निकै रोमन्चक बनेको उक्त खेलमा इंग्ल्यान्डले युक्रेनलाई ४-० गोलले पराजित गरेको हो । जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा प्रबेश गरेको छ । अब सेमिफाइनलमा इंग्ल्यान्ड डेनमार्कसँग खेल्नेछ ।  उक्त खेलको चौथो मिनेटमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको सुरुवाती मिनेटमा इंग्ल्यान्डका ह्यारी मगाएरले गोल गरुी टिमलाई अग्रता दोब्बर बनाए ।  त्यसको ४ मिनेटपछि केनले अर्को गोल गरे । त्यसपछि जोर्डन हेन्डरसनले इंग्ल्यान्डका लागि गोल गरे । ...
युरोपेली च्याम्पियनसिप : सानदार जित निकाल्दै डेनमार्क सेमिफाइनलमा
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : सानदार जित निकाल्दै डेनमार्क सेमिफाइनलमा

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको क्वाटरफाइनल खेलमा डेनमार्कले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोलले पराजित गरेको हो । जितसँगै डेनमार्क युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा प्रबेश गरेको छ । उक्त खेलमा पहिलो हाफमा डेनमार्कले २ गोल गरेको हो ।  खेलको पाँचौं मिनेटमा डेनमार्कका थोमस डेलानेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ४२ औं मिनेटमा डेनमार्ककै कास्पर डोलवर्गले गोल गरी टिमलाई अग्रता दिलाए ।  त्यसपछि खेलको ४९ औं मिनेटमा चेक गणतन्त्रका प्याट्रिक शिकले गोल गरे । अब डेनमार्कले सेमिफाइनलमा इङ्गल्याण्डसँग खेल्नेछ ।...
कोपा अमेरिका : ब्राजिल र पेरु सेमिफाइनलमा
खेलकुद, समाचार

कोपा अमेरिका : ब्राजिल र पेरु सेमिफाइनलमा

शनिवार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा ब्राजिलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले चिलीलाई १–० गोलले पराजित गरेको हो ।  उक्त खेलको पहिलो हाफभरी दुवै टिमबाट कुनै गोल हुन सकेन । उक्त खेलमा ब्राजिलका लुकास पाक्केटाले गरेको गोल नै निर्णायक बन्यो । उनले दोस्रो हाफको पहिलो मिनेटमा नै गोल गरे ।  खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँएपछि मैदान बाहिर गएका थिए । ब्राजिल १० खेलाडीमा सिमित भएपनि चिलीले गोल गर्न सकेन । जितसँगै ब्राजिल सेमिफाइनलमा प्रबेश गरेको छ ।  अब ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ । आज बिहान भएको अर्को खेलमा पेरुले जित निकालेको छ ।  पेरुले पाराग्बेलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको हो ।  ...
यूरोपेली च्याम्पियनसिप : जित निकाल्दै स्पेन सेमिफाइनलमा
खेलकुद, समाचार

यूरोपेली च्याम्पियनसिप : जित निकाल्दै स्पेन सेमिफाइनलमा

गए राति यूरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा स्पेनले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो । जितसँगै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त खेलको आठौं मिनेटमा स्पेनले नै अग्रता पाएको थियो ।  त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गरी बराबरीमा पुर्याएका थियो । उक्त खेलको १ सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो।  ...
यूरोपेली च्याम्पियनसिप : बेल्जियमलाई पराजित गर्दै इटाली सेमीफाइनलमा
खेलकुद, समाचार

यूरोपेली च्याम्पियनसिप : बेल्जियमलाई पराजित गर्दै इटाली सेमीफाइनलमा

गए राति यूरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इटालीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इटालीले बेल्जियमलाई २-१ गोलले पराजित गरेको हो ।  उक्त खेलमा इटालीका लागि निकोला बेरेल्ला र लोरेन्जो इनसिनिआईले एक एक गोल गरे । यस्तै  बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गरे । खेलको ३१ औं मिनेटमा निको बरेल्लाले गोल गरी इटालीलाई अग्रता दिलाए ।  त्यसपछि खेलको ४४ औं मिनेटमा इटालीका लोरेन्जो गोल गरी टिमलाई अग्रता दोब्बर पारे । त्यसपछि खेलको अन्तिम समयमा बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गरे । जितसँगै इटाली सेमीफाइनलमा प्रबेश गरेको हो । ...