गए राति यूरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा स्पेनले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो । जितसँगै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त खेलको आठौं मिनेटमा स्पेनले नै अग्रता पाएको थियो ।
त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गरी बराबरीमा पुर्याएका थियो । उक्त खेलको १ सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो।
