Friday, November 20

खेलकुद

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय क्रिकेट सिरिज स्पेनमा हुने
खेलकुद, समाचार

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय क्रिकेट सिरिज स्पेनमा हुने

 आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने भएको छ। स्कटल्याण्डमा जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा सर्न सक्ने सम्भावना रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आइसीसीको पत्र आउन बाँकी रहे पनि खेल स्पेनमा सर्ने पक्कापक्की जस्तै भएको क्यानले बताएको छ। लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। लिगमा ४ खेलमा ४ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो।...
नेपालसँग चाइनिज ताइपेइ २–० ले पराजित
खेलकुद, समाचार

नेपालसँग चाइनिज ताइपेइ २–० ले पराजित

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । निकै रोमान्चक बनेको उक्त खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको हो ।  कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको उक्त खेलको चौथो मिनेटमा नेपालका अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठ गोल गरी नेपाललाई जित दिलाए ।  नवयुग श्रेष्ठ खेलको ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । यसअघि पनि नेपालले उसकै घरेलु मैदानमा हराएको थियो ।  जितसँगै नेपालको ६ अङ्क छ । अब नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।...
नेपाल इराकसँग ६–२ ले पराजित
खेलकुद, समाचार

नेपाल इराकसँग ६–२ ले पराजित

इराकको बसरामा शनिबार राति भएको मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा भएको मैत्रिपूर्ण खेलको छैटौं मिनेटमा इराकले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै इराकी खेलाडी हमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपालले बराबरी गरेको थियो । २८ औं मिनेटमा मनीष डाँगीको गोलले नेपाल २–१ को स्थितिमा पुग्यो । नेपाललाई दुई गोलमै रोक्दै इराकले लगातार तीन गोल थप्यो । र, पहिलो हाफ अगाडि ४–२ बनायो । दोस्रो हाफमा नेपाल गोलको अवसरबाट चुक्दा इराकले अरु दुई गोल थपेर ६–२ मा खेल टुंग्यायो ।...
स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र
खेलकुद, समाचार

स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र

जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भएपनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको शुक्रबार जानकारी दिएका हुन् । अघिल्लो बर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक बर्ष पछाडि सारिएको हो । प्रतियोगिता एक बर्ष पछाडि सार्दा समेत महामारी कायमै रहेपनि प्रतियोगिता सञ्चालन गर्नेगरी अहिले तयारी भइरहेको हो । प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा पनि जापानका धेरै ठाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि सङ्कटकाल लगाइएको छ । जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङ्ख्यामा बृद्धि हुदै आएको अधिकारीहरुले जनाएका छन् । अष्ट्रेलिया ओलम...
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, उद्घाटन प्रधानमन्त्रीबाट हुने
खेलकुद, समाचार

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, उद्घाटन प्रधानमन्त्रीबाट हुने

महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट सञ्चालन हुने भएको छ । सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । फाउन्डेसनले गर्न लागेको चौथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तान लगायत विभिन्न देशबाट रेस्लरहरु आउनुहुने फाउन्डेसनको अध्यक्ष तथा नेपालकै पहिलो रेस्लर भगवति खड्का ‘युनिका’ ले जानकारी दिइन् । त्यस्तै रेस्लर तथा कलाकार अस्मिता जुरेलीले कोरोनाका कारण कार्यक्रममा असर नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा कार्यक्रम गर्न केही असहज भएपनि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षा सामग्रीको उपयोग गरेर नै प्रतियोगिता सञ्चालन गर्दैछौं ।’...
इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा सरोजलाई दोहोरो स्वर्ण
खेलकुद, समाचार

इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा सरोजलाई दोहोरो स्वर्ण

भारतका सरोज गुरुङले दोश्रो इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन् । राष्ट्रिय तेक्वान्दो संघ नेपाल र अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपाल (इमान) द्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ३१ वर्षमाथि एकल पुम्से र सोही उमेरसमूहको टिम पुम्सेमा सरोजले स्वर्ण जिते । टिममा सरोजसहित त्रिलोक सुब्बा र राधाबहादुर तामाङ थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगिताको पुम्सेतर्फनै महिला १८–३० वर्षमा बोधीसदन तेक्वान्दो डोजाङकी सविना भट्टराई, पुरुष ४१–५० वर्षमा टीसीएन तेक्वान्दो डोजाङका मानबहादुर वाइबा र पुरुष ५१ वर्षमाथि भारतका त्रिलोक सुब्बाले स्वर्ण जिते । प्रतियोगिताको उद्घाटन राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच गरेका थिए । सदस्य–सचिव सिलवालले पहिलो दिनका विजेतालाई पुरस्कृत समेत प्रद...
टस हारेर हैदरावादविरुद्ध पहिले व्याटिङ गर्दै कोलकात्ता
खेलकुद, समाचार

टस हारेर हैदरावादविरुद्ध पहिले व्याटिङ गर्दै कोलकात्ता

चौधौँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकट अन्तर्गत आज कोलकात्ता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ। हैदरावादले टस जितेर फिल्डिङ रोजेपछि कोलकात्ता पहिले व्याटिङ गर्दैछ। कोलकात्ता इयोन मोर्गनको कप्तानीमा छ भने हैदरावादको कप्तान डेविड वार्नर छन्। जारी संस्करणको पहिलो खेलमा शुक्रबार विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले रोहित शर्माको मुम्बई इण्डियन्सलाई हराएको थियो। यस्तै शनिबारको खेलमा महेन्द्र सिंह धोनीको चेन्नई सुपर किङ्स ऋषभ पन्तको दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो।...
शुरु भयो आईपीएलको १४ औं संस्करण
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

शुरु भयो आईपीएलको १४ औं संस्करण

फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबार शुरु भएको छ। १४ औं संस्करणको पहिलो खेल गत सिजनको विजेता मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)बीच भइरहेको छ। कोरोनाका कारण दर्शकबिनाको यो खेलमा आरसीबीका कप्तान विराट कोहलीले टस जितेर मुम्बईलाई पहिला ब्याटिंगको निम्तो दिएका छन्। मुम्बईका लागि रोहित शर्मा र क्रिस लिनले ब्याटिंग शुरु गरेका छन्।पहिलो ओभरको खेल सकिँदा मुम्बईले बिना क्षति ५ रन बनाएको छ।...
‘कोभिड कप’ फुटबल हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
खेलकुद, समाचार

‘कोभिड कप’ फुटबल हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आयोजक संस्थाद्धय काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएका हुन् । विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछन् । कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व (कप्तान) नायक धिरेन शाक्य, लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी, हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे, काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने जनाईएको छ । ‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नाराका साथ आयो...
फ्रान्सको पहिलो जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

फ्रान्सको पहिलो जित

फिफा विश्वकप फुटबल छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो । काजकिस्तानको मैदानमा खेलको २०औँ मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ४४औँ मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो । यस्तै खेलको ७५औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै समूह ‘डी’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । काजकिस्तान अंक विहीन हुँदै पुछारमा छ ।...