Saturday, November 21

मनोरन्जन

‘हे दैव’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘हे दैव’सार्वजनिक(भिडियो)

सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ । भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो चलचित्र सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई भक्कानिए । सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए । उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए । केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन् । परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए । कार्यक्रममा...
पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड असोज २६ मा हुदै
मनोरन्जन, समाचार

पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड असोज २६ मा हुदै

पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ गते शुक्रबार हुने भएको छ । चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तिम जनाइएको छ । अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुत कर्ताको रुपमा रहेको छ । सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छभने एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रज...
उपरथी श्रेष्ठले ल्याए ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’, प्रधानसेनापति शर्माद्वारा लोकार्पण
मनोरन्जन, समाचार

उपरथी श्रेष्ठले ल्याए ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’, प्रधानसेनापति शर्माद्वारा लोकार्पण

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा रचना गरिएको ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा युवा सङ्गीतकार राजेन्द्र बजगाइँले संगीत दिनुभएको उक्त म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो । नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे वर्णित र राष्ट्रिय भावनाबाट ओत प्रोत सो कृतिमा नेपाली सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ । नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ६१ वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को भिडियोमा प्रस्तुत गरिएको छ । स्रष्टा श्रेष्ठले एक वर्षअघि रचना गरिएको गीतलाई हाल आएर म्युजिक भिडियो मार्फत सार्वजनिक गरिएको हो । नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिन...
स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा सम्पन्न
मनोरन्जन, समाचार

स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा सम्पन्न

नृत्य निर्देशक सघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगिता बागमती प्रदेशका प्रदेश सभासदस्य ईन्जिनियर अमन मास्केको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उपत्यकाको २० स्कुलले भाग लिएको प्रतियोगितामा कौसल माध्यामिक बिद्यालय प्रथम, नवोधित विध्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तृतिय भएका छन् । संस्थाका अध्यक्ष टेकबहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव रवी कार्कीले स्वागत मन्तव राख्नुभएको थियो । कार्यक्रममा नृत्य निर्देशक संघ केन्द्रीय अध्यक्ष भुवनदाश श्रेष्ठ, नृत्य निर्देशक संघ तार्केश्वोर नगर कमिटि सल्लाकार एवम् वरिष्ठ कलाकार उत्तम केसी हिमरश्मि स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्का विशेष अतिथि रहनुभएको थियो ।...
चौथो जिनियस म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

चौथो जिनियस म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । समारोहमा हिमालय टाइम्सका कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्...
गायक युवराज छन्त्यालको ‘छन्त्याल परे म त’ (भिडियो)
मनोरन्जन, समाचार

गायक युवराज छन्त्यालको ‘छन्त्याल परे म त’ (भिडियो)

काठमाडौै ।  आफ्नो पहिचान कस्लाई प्यारो हुदैन र ? तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन्  गायक युवराज छन्त्याल । उनले एउटा गीत निकालेका छन । जसको बोल छ,"छन्त्याल परे म त" । मेला महोत्सवमा घन्किने प्रकारको यो गीतलाई लिएर युवराज उत्साहित पनि छन । लामो समय यता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भरेका छन । "बजाउँदै पञ्चे बाजा" बोलको गीतबाट उनले मौलिक गायकको अवार्ड पाएका छन । त्यस्तै उनको अर्को गीत "पैसा वाला हेर्छन्" बाट बेस्ट लोकदोहोरी कम्पोजर नोमिनेसनमा परेको थियो । त्यस्तै यही गीत कि अर्की गायिका जया छन्त्यालले पनि दर्जनौं गीत गाएकी छन । https://youtu.be/cSUsue1fxPs सरिता छन्त्यालले त झन २,३ वटा एल्बममा नै स्वर भरेकी छन । भने यी गीतको शब्द संगीत युवराज कै रहेको छ । अमृत, कोपिला, मनोह...
सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष राज सहनी
मनोरन्जन, समाचार

सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष राज सहनी

जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ। सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। सन्तोष राज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिएको हो। त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल,बिमल साह,राम नरेश सहनी रहेको छ।भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका सांसद संजय यादव,पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव,राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,चिकित्सक जनमत संघका केन्द्रिय संयोजक डा.सीके सिंह,नेता आर के राउत र पार्टीकी महिला ...
नारायणको “ओ लभ्ली” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नारायणको “ओ लभ्ली” सार्वजनिक(भिडियो)

नारायणले ल्याए “ओ लभ्ली” नारायणको “ओ लभ्ली” मा रोशन र सृष्टि काठमाडौं । गीत “ओ लभ्ली ” सार्वजनिक भएको छ । लामो समय देखि अमेरिका बस्दै आएका गितकार नारायण भारती को शब्द यो गीतमा रहेको छ । अमेरिका बसेर पनि उनी गीत संगीतलाई माया भने उस्तै गरिरहेका छन् । उनको शब्द रचनाको कयौं गितहरु नेपाली साङितिक आकाशमा चर्चित छन । त्यो मध्यको ‘ओह लभ्ली’ पनि एक बन्ने उनको बिश्वास छ । यस गीतमा रोशन श्रेष्ठले अभिनय गरेका छन । जसले नेपाली सिने क्षेत्रमा लामो समय देखि काम गर्दै आएका हुन । उनलाई अभिनयमा साथ दिएकी छिन चर्चित मोडेल तथा नायिका सृष्टि खड्काले । कृष्ण रसालले निर्देशन गरेमो भिडियो नारायण र इशा शर्मा भारती मिलेर बनाएका हुन् । सुनिल क्षेत्रीले संगीत गरेको गीतमा सुनिल राईले संगीत सम्योजन गरेका छन् । गीत करण राईले गाएका हुन । बिवेक सुनारले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी रोशन बिश्वकर्माले गरेका छन...
सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सहित चार पत्रकारलाई सम्मान प्रदान गरिने
मनोरन्जन, समाचार

सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सहित चार पत्रकारलाई सम्मान प्रदान गरिने

वरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिने भएको छ । जिनियस म्युजिक अवार्डको चौथो संस्करणमा उहाँलाई दीर्घसाधना सम्मान अर्पण गर्न लागिएको हो । आयोजकले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । यही २५ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच सम्पन्न हुन गइरहेको कार्यक्रममा हिमालय टाइम्स दैनिकका उपसम्पादक कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिने जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकले जानकारी गराउनुभएको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साह...
गौरी मल्लको ’धिन ताका नाका धिन’मा मिथिला शर्मा (भिडियो)
मनोरन्जन, समाचार

गौरी मल्लको ’धिन ताका नाका धिन’मा मिथिला शर्मा (भिडियो)

काठमाडौं । अभिनेत्री गौरी मल्लले आफ्नै संगीत, शब्द र स्वरमा गीत ल्याएकी छन् । उनको ‘धिन ताका नाका धिन’ गीतको भिडियोलाई उनकै अफिसियल युटुव च्यानल गौरी मल्ल च्यानलमा अपलोड गरिएको छ ।  तीजलाई लक्षित गर्दै ल्याइएको उक्त गीतमा उनी सहित अभिनेत्री मिथिला शर्मा, नीलम पौडेल, तेन्जु योञ्जन र समाइरा श्रेष्ठ फिचर्ड छन् । उत्सब दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन र कोरियोग्राफी सन्तोष राजबहाकको हो । मंगलबार प्रेसमिट गर्दै गौरी मल्लले आफ्नो भिडियो लोकार्पण गरेकी हुन् । समारोहमा उनकी आमा सहित मिथिला शर्मा, बसुन्धरा भूषाल, मदनकृष्ण श्रेष्ठ लगायत अन्य अतिथि उपस्थित थिए ।...