सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष राज सहनी - ग्यालेक्सी दैनिक
शुक्रबार, अशोज ५, २०८०

सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष राज सहनी


जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ।

सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। सन्तोष राज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिएको हो।

त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल,बिमल साह,राम नरेश सहनी रहेको छ।भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका सांसद संजय यादव,पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव,राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,चिकित्सक जनमत संघका केन्द्रिय संयोजक डा.सीके सिंह,नेता आर के राउत र पार्टीकी महिला नेत्री सरिताश्री ज्ञवालीको उपस्थितसमेत रहेकी थिइन् ।

सो कार्यक्रम विभिन्न पार्टी परित्याग गरि सयौं जना नेताकार्यकर्ताहरुको र कलाकारहरु जनमत पार्टी प्रवेश गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *