चौथो संस्करणको ‘लिटिल स्टार नेपाल २०८०’सम्पन्न
चौथो संस्करणको ‘लिटिल स्टार नेपाल २०८०’ को अन्तिम स्पर्धा यहि बैशाख १९ मा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ , र ‘गायन’ समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर डान्स’ तर्फ अभिषेक यादव विजयी हुँदा अस्मि नेपालि फर्स्ट रनरअप, रुबेन रसाइली सेकेन्ड रनर अप, पृन्सिका कार्कि थर्ड रनर अप / पब्लिक चोईस र अभिषेक यादव मस्ट पपुलर अवार्ड विजेता घोषित भए।
त्यसैगरी ‘जुनियर डान्स’ तर्फ अङ्किता सुनुवारले शिर्ष ताज पहिरिँदा यान्ना श्रेष्ठ फर्स्ट रनरअप, ताकी राइ सेकेन्ड रनरअप, आलिया तामाङ थर्ड रनरअप, निश्मा बस्नेत पब्लिक चोईस र मानशी बस्नेतले मस्ट पपुलर अवार्ड हात पारे। प्रतियोगिताको ‘गायन’ तर्फ रोज तामाङले शिर्ष उपाधी आफ्नो हातमा पारिन। फर्स्ट रनरअप युमि राइ, सेकेन्ड रनरअप अन्शु कार्की, थर्ड रनरअप प्रनेक अधिकारि, पब्लिक चोईस अवार्ड...










