‘मिसेस तामाङ’ का लागि ३० प्रतिस्पर्धी छनोट
काठमाडौं । मिसेस तामाङका लागि ३० प्रतिस्पर्धी छनोट भएका छन् । शनिबार भएको अडिसनबाट उनीहरू छनोट भएका हुन् । बिगत आठ बर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले ‘मिसेस तामाङ-२०२३’ को अडिसन शनिबार गरको थियो । सो अडिनसबाट ३० जना प्रतिस्पर्धी छानिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता तामाङले जानकारी गराउनुभयो ।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित चलचित्र, म्युजिक भिडियोमा समेत सहभागिता हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरूलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।
जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक...










