Saturday, November 21

मनोरन्जन

गीतकार हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक(भिडियो)

गीतकार हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक भएको छ । रोशा फूँयालको स्वर, तृप्ती खड्का गुरुङको संगीत र दीपकराज विश्वकर्माको एरेञ्ज रहेको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको हो । रोशा सारेगम लिटल च्याम्स कि उत्कृष्ट प्रतिस्पर्धी हुनुहुन्छ । यस गीतलाई राधिका उप्रेतीले निर्माण गर्नुभएको हो । गीतको भिडियो लाई गीतकार उप्रेतीको आफ्नै यूट्युव च्यानल हरि उप्रेती अफिसियलमा सार्वजनिक गरिएको छ । हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण–२’ गीति एल्बम श्रोता÷दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसंग्र्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।...
विश्वकीर्तिमानी गीतकार डा. डिआर उपाध्यायको ‘श्लेषा’ एल्वम इन्द्रसरोबरमा विमोचन
मनोरन्जन, समाचार

विश्वकीर्तिमानी गीतकार डा. डिआर उपाध्यायको ‘श्लेषा’ एल्वम इन्द्रसरोबरमा विमोचन

काठमाडौं, असोज ८ । शनिबार विहान कुलेखानी स्थित मनोरम ताल इन्द्रसरोबरमा सधैको भन्दा फरक दृश्य देखियो । पाँच वटा डुङ्गामा पच्चिस तीस जना मानिसहरू व्यानर लगाएर कार्यक्रम गरिरहेका थिए । यसभन्दा पहिला यो ठाउँमा यस्तो दृश्य नदेखिएकोले यसलाई कौतुहल्तापूर्ण रुपमा हेरिएको थियो । सन्दर्भ थियो विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एल्वम ‘श्लेषा’ विमोचन । गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटाको प्रमुख आतिथ्यतामा मनोरम इन्द्रसरोवरको कञ्चन जलमाथि डा. उपाध्यायको एल्वम विमोचन गरिएको छ । एकै सांगीतिक स्केल एफ मेजरमा रहेका गीतहरूको संग्रह ‘श्लेषा’लाई कीर्तिमानी संगीतकार तथा उपन्यसकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, निर्देशक माइकल चन्द, पत्रकार तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, सुनिता खनाल, डा. सुभेच्छा थापा, सुरेन्द्र थापा, यमबहादुर, उद्धव खड्का, मिलन भण्डा...
‘दशैंमा जमरा’ ल्याए किरण केसीले (भिडियो)
मनोरन्जन, समाचार

‘दशैंमा जमरा’ ल्याए किरण केसीले (भिडियो)

काठमाडौं । हिन्दुहरुको महान चाड दशैंको शुभकामना सहित लोकप्रिय कलाकार किरण केसी ‘रातामकै’ले दर्शक श्रोताका लागि कोशेली स्वरुप दशै गीत ‘दशैंको जमरा’ सार्वजनिक गरेका छन । उनकै स्वरमा रहेको दशैं गीतमा गायिका गंगा विष्टको पनि स्वर रहेको छ भने बावुल गिरीको शव्द तथा संगीत रहेको छ । गायक केसीको आफ्नै युट्युब च्यानल किरण केसी रातामकैबाट सार्वजनिक भिडियोमा उनले अभिनय तथा नृत्य समेत गरेका छन भने उनलाई लोकप्रिय अभिनेत्री दिपाश्री निरौलाले अभिनयमा साथ दिएकी छिन । मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई कल्पेश विश्वकर्माले सम्पादन र संगीत सागर बुर्जाले निर्देशन गरेका हुन । आरव प्रडक्सनले निर्माण गरेको भिडियोको प्रडक्सन म्यानेजर बिजय रसाईली हुन ।...
विजेता कलाकारलाई नगद सहितको ‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’
मनोरन्जन, समाचार

विजेता कलाकारलाई नगद सहितको ‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’

काठमाडौं । राष्ट्रिय साधना म्यूजिक अवार्डको तेस्रो संस्करण ‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’ –२०७९’ भव्यरुपमा सम्पन्न भएको छ । महाराजगन्जस्थित रोयल दरबार रेष्ट्रोको सभाहलमा असार ५ गते सम्पन्न कार्यक्रममा २६ विधाका कलाकारहरुले अवार्ड ‘रिवार्ड’ पाए । कार्यक्रममा पूर्वेली लोक संगीतका शिखर व्यक्तित्व वरिष्ठ गायक तथा संगीतकार जीतेन राईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो । उनले आफ्ना गीत संगीतमा बिनायो, मुर्चुङ्गा, टुङ तथा यलम्बर बाजा लगायतका मौलिक लोकबाजाहरूको संरक्षण अभियान र प्रयोग एवं संयोजन गर्दै आएका छन् । त्यस्तै बरिष्ठ साहित्यकार नवराज लम्साललाई दिर्घ साहित्य सम्मान अर्पण गरियो भने बरिष्ठ गायिका देबिका बन्दनालाई ‘संगीत रत्न सम्मान’ बाट सम्मानित गरियो । त्यस्तै पत्रकार ध्रुबहरी अधिकारी र किरण अधिकारीलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो । विगतका वर्षमा उत्...
नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभमुहूर्त
मनोरन्जन, समाचार

नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभमुहूर्त

नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभमुहूर्त गरिएको छ । ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने चलचित्रको शुभमुहूर्त गरिएको हो । बिके फिल्मस्को ब्यानर निर्माण हुने चलचित्रमा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन छ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र शाक्य निर्माता हुनुहुन्छ । चलचित्र आगामी असोज १० गतेबाट छायांकनमा जाने बताइएको छ । चलचित्रको सह-निर्मातामा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम हुनुहुन्छ । नेपालभाषाका ख्यातिप्राप्त एवम् लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको चलचित्रमा इन्दिरा लाछिमस्युकोसमेत अभिनय रहने छ । चलचित्रको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रे...
डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन”(भिडियो) सार्वजनिक
मनोरन्जन, समाचार

डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन”(भिडियो) सार्वजनिक

काठमाडौ । डिलाईटेड नेपाल युट्युव च्यानलमार्फत नयाँ गीत “मेरो माया लाग्छ कि लाग्दैन…” को म्युजिक भिडियो बजारमा आएको छ । आधुनिक गीतहरुको लहरमा थपिएको यस नयाँ गीतभित्र “मेरो माया लाग्छ कि लाग्दैन…” भन्दै एउटी युवतीले आफूले मन पराएको केटालाई सोधिरहेकी छिन् । बाँकी अरु त भिडियो हेरेपछि थप प्रष्ट हुन्छ नै । गीतमा गीतकार डी पी दाहाल परिश्रमीको रचना, मनोहर सुनामको संगीत र रचना रिमालको श्वर रहेको छ भने गीत प्रश्तुतकर्तामा रिता सिम्खडा दाहाल रहेका छन् । भिडियोमा कमल सिंह र पुजन घिमिरेको अतुलनिय अभिनय रहेको छ । यस गीतलाई साउण्ड डिजाईन स्टुडियोमा रेकर्ड गरिएको हो । “मेरो माया लाग्छ कि लाग्दैन…” म्युजिक भिडियोलाई डिलाईटेड म्युजिक ईष्डष्ट्रीज प्रा.लि.ले उत्पादन तथा वितरण गरेको यो गीत अत्यन्तै सुन्नलायक मीठो श्रृजना बनेको छ । गुरुआमा फिल्मस् प्रा.लि.को उत्पादन सहयोग रहेको यस गीतको भिडि...
चलचित्र ‘अन्तिम संस्कार’को मुस्ताङ बाट छायांकन सुरु
मनोरन्जन, समाचार

चलचित्र ‘अन्तिम संस्कार’को मुस्ताङ बाट छायांकन सुरु

काठमाडौँ। चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’ को शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो। सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका हुन्। चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ। मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कारको छायांकन गरिने चलचित्र निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए। चलचित्र ‘अन्तिम संस्कार’को निर्माता विनोद सुवेदी हुन् भने चलचित्रको निर्देशन प्रदीप शाहीले गर्नेछन्। प्रेम खड्का र बोधराज पौडेलले मुस्ताङको छायाँकनको ब्यबस्थापन गर्...
नेशनल किड्स अफ द ईयर बने सिनियर तर्फ अर्नब र सायरा, जुनियर तर्फ लक्ष्य र साम्राज्ञी
मनोरन्जन, समाचार

नेशनल किड्स अफ द ईयर बने सिनियर तर्फ अर्नब र सायरा, जुनियर तर्फ लक्ष्य र साम्राज्ञी

काठमाडौं । ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ को उपाधि सिनियर तर्फ अर्नब श्रेष्ठ र सायरा भट्टले जितेका छन् । काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उनीहरुले उपाधि सहित जनही २५ हजार रुपैयाँ र सिँगापुरमा सम्पन्न हुने इन्टरन्यासनल किड्स अफ द ईयरमा नेपालबाट भागलिने अबसर पनि हाँसिल गरेको आयोजक धिरज तण्डुकारले जानकारी गराए । यसै गरी जुनियर तर्फ लक्ष्य जैन र साम्राज्ञी बुढाथोकीले ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ उपाधि जितेका छन् । यी दुई पनि उपाधिसँगै जनही २५ हजार रुपैयाँ र अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अबसर हाँसिल गरेका छन् । इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित यो प्रतियोगितामा सिनियर तर्फबाट फस्ट रनर अपको उपाधि दिब्य रत्न डँगोल र निभिका दुवालले तथा सेकेन्ड रनर अपको उपाधि सुभान पुन र आश्रय भट्टराईले जितेका छन् । सोही कार्यक्रममा जुनियर तर्फ फस्ट रनरअपको उपाधि हिमाँसु क्षत...
भव्य रुपमा सम्पन्न भयो एघारौं संस्करणको ‘नेपाल किड्स आईकन’
मनोरन्जन, समाचार

भव्य रुपमा सम्पन्न भयो एघारौं संस्करणको ‘नेपाल किड्स आईकन’

एघारौं संस्करणको ‘नेपाल किड्स आईकन’  को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘सिनियर गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘टीन गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर गर्ल्स’तर्फ स्वर्णिमा जोशी विजयी भएकी छिन । परिधी कंडेल फर्स्ट रनर अप , कृष्णा लामा सेकेन्ड रनर अप, सुनैना महर्जन थर्ड रनर अप, अश्मिन लामा पब्लिक चोईस घोषित हुँदा मस्ट पपुलर तर्फको अवार्ड आराध्य भट्टराईले जित्न सफल भईन। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ मियोद महर्जनले शिर्ष उपाधी जितेका छन । त्यसैगरी सर्भिल शर्मा बोहोरा फष्ट रनर अप, राघव भट्ट सेकेण्ड रनरअप घोषित भए भने आर्यन बिष्ट पब्लिक चोईस अवार्ड र पृथ्वीराज थापा मस्ट पपुलर बन्न सफल भए। यस्तै ‘टीन गर्ल्स’तर्फ प्रसिद्दी जोशीले शिर्ष उपाधि जितेकी छिन। स्वस्तिका कार्क...
निता आचार्यको स्वरमा ‘रङ्गीन संसार’ (भिडियोसहित)
मनोरन्जन, समाचार

निता आचार्यको स्वरमा ‘रङ्गीन संसार’ (भिडियोसहित)

गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द/सङ्गीत, कमल सौरागको एरेञ्ज रहेको गीत ‘रङ्गीन संसार’को भिडियो सार्वजनिक भएको हो । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा रुविना थापा र कुन्साङ बोमजनलाई फिचरिङ गरिएको छ । निकै सुन्दर र आकर्षक देखिएको गीतको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ । यसअघि निताका ‘यादहरू’, ‘भाग्य मेरो’ जस्ता गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । पोखरामा जन्मिनुभएकी निता विदेशी भूमिमा रहेर नेपाली कला संस्कृति र गीतसङ्गीतलाई अत्यन्तै माया गर्दै यही क्षेत्रमा समर्पित भएर लागि पर्नुभएको छ । सानै उमेरदेखि गायनमा रुचि राख्नुभएकी निता अमेरिकामा बस्दै आउनुभएको छ । स्कुलमा पढ्दा प्रेमध्वज प्रधानको गीत गाएर साथीहरूलाई सुनाएपछि उहाँको प्रतिभा बाहिर आयो र विद्यालयका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन ...