Saturday, November 21

मनोरन्जन

सङ्गीतकार दीपक शर्माद्वारा आफ्नो जन्मदिनमा वृक्षरोपण
मनोरन्जन, समाचार

सङ्गीतकार दीपक शर्माद्वारा आफ्नो जन्मदिनमा वृक्षरोपण

सङ्गीतकार दीपक शर्माले आफ्नो जन्मदिनमा वृक्षरोपण गर्नुभएको छ । उहाँले मंगलबार भक्तपुरको चाँगु नारायण नगरपालिकास्थित नागडोलको छालाङस्थित ब्रहृमकुमारी ओम शान्ति प्रतिष्ठानको प्रांगणमा वृक्षरोपण गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो । उहाँले त्यहाँ कपुर, ओखर, तेजपत्ता, पैयुँ, समीसहित विभिन्न प्रजातिका वृक्षरोपण गर्नुभएको छ । ‘औषधीजन्य वनस्पति, सुगन्धित वनस्पति र अन्य वनस्पतिका बिरुवा रोप्ने काम भयो । यो बिरुवालाई बेला बेलामा गोडमेला गर्न म त्यहाँ पुग्नेछु’, शर्माले भन्नुभयो । ती बिरुवाहरू संरक्षण गर्दै हुर्काउन एकजनालाई जिम्मासमेत दिएको उहाँले सुनाउनुभयो । एक हजारभन्दा बढी गीतमा संगीत गर्नुभएका शर्माका धेरै गीत श्रोता र दर्शकमाझ लोकप्रिय छन् । आफू पछिल्लो समय चलचित्र ‘छक्का पञ्जा(४’ लगायत चलचित्रका गीतको संगीत सिर्जनामा व्यस्त रहेको सुनाउनुभयो ।...
गीतकार अंमगाई समानुपातिकमा सिफारिस
मनोरन्जन, समाचार

गीतकार अंमगाई समानुपातिकमा सिफारिस

पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा गीतकारको रुपमा चर्चाको शिखरमा पुग्न सफल भएका गीतकार ध्रुव प्रसाद अंम्गाईको २०७९ मा हुन गईरहेको आमनिर्वाचनमा गोरखा जिल्लाबाट ने क पा एमालेको तर्फ बाट समानुपातिक सांसद पदका लागि सिफारिसमा पर्नु भएको खबर हामीलाई प्राप्त भएको छ । १८ वर्षको कलिलो उमेर देखि गोरखा बाट अनेरास्ववियु पाचौबाट औपचारिक रुपमा राजनीति यात्रा सुरुवात गरेका अंम्गाई एक साहासी खरो स्वभाव भएका कुशल वक्ता समाजसेवी एवम मेहनती व्यक्तित्व भएको कुरा जानकारहरु बताउछ्न। २०४९ सालमा अनेरास्ववियु पांच औं जिल्ला कमिटी सदस्य र २०६२ काठमाडौ गोरखा सम्पर्क मञ्च को सद्स्य हुँदै हाल प्रवासी मन्च मकाउ को सल्लाहकार छ्न । गोरखा हाल गण्डकीगाउँपालिका फुजेल जन्मथलो भएका अंम्गाईले आफ्नो गाउँ ठाउँमा विकासनिर्माण लगायत उच्च मा वि स्थापना देखि मठ मन्दिर निर्माण सामुदायिक वन पालन सिंचाइ का लागि नगर निर्माण जस्ता थुप्...
लोकप्रिय गायक बिरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’(भिडियो)
मनोरन्जन, समाचार

लोकप्रिय गायक बिरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’(भिडियो)

लोकप्रिय गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ एक भव्य समारोहका बीच लोकार्पण गरियो । म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा संगीतका शिखर पुरुष बरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि विशेष अतिथीको रुपमा उपस्थित बरिष्ठ गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार संघका उपाध्यक्ष बसन्त वित्यासी थापा, सञ्चारकर्मी एवं सामाजिक अभियन्ता कृष्ण कँडेल, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, स्मार्ट फोरके टेलिभिजनका समाचार प्रमुख सरोज कोइराला, गायिका अन्जु पन्त, अभिनेत्री शिल्पा पोखरेल, मोडल सागर लम्साल बले लगायत कार्यक्रममा विशिष्ट कलाकारहरु, पत्रकारहरु र संगीतअनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो । सञ्चारकर्मी सुमन बैरागी पण्डितले उपस्थित अतिथिहरुलाई स्वागत गर...
पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार, समाज

पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदी बहिनीहरूसँग संस्थाहरूले तीज मनाउने गरेका छन् । तीज नजिकिएसँगै युरोपियन मुलुक पोर्चुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । ‘परम्परा बचाउ, बिकृती हटाउ’ भन्ने मूल नारासहित चितवन समाज पोर्चुगलमा गायक भगवान भण्डारी, गायिका देबिका के.सी, जेबी ओलीको साथमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यकम ओक मुन्दो रेष्टुरेन्ट लिस्वोनमा सम्पन्न भएको छ । प्रमुख अतिथि महा बाणिज्य दुत मकर हमालले पानसमा बत्ती बालेर सुरु भएको कार्यक्रमा पोर्चुगलमा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलो, बागलुङ समाज पोर्चुगल दोस्रो र एनआएलपी सिलाई समूहले तेस्रो भएका थिए । कोरोना कहरले गर्दा द...
एलिना चौहान र नन्दु गुरुङको स्वरमा‘मनको कुरा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

एलिना चौहान र नन्दु गुरुङको स्वरमा‘मनको कुरा’ सार्वजनिक(भिडियो)

काठमाडौं,भदौ १३ । एलिना चौहान र नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मनको कुरा’ सार्वजनिक भएको छ । राजन मावोको शब्द, देव गुरुङको क्पोज र अशोक थापाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । पदम तामाङको निर्देशन रहेको गीतको भिडियोमा राजन निरौला र मेनुका माझीलाई फिचरिङ गरिएको छ । नाजिन धिमालको छायाँकन रहेको भिडियोमा पदमकै सम्पादन तथा कलरिङ रहेको छ । गीतको भिडियो डिआर म्युजिक क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
‘द नेशनल डिजाईनर रनवे, २०२२’ उपाधी विजेता बने शमुएल
मनोरन्जन, समाचार

‘द नेशनल डिजाईनर रनवे, २०२२’ उपाधी विजेता बने शमुएल

काठमाडौँ —  शनिवार साँझ राजधानीको थापाथलीस्थित पार्टियार्ड रिसिप्सनमा सम्पन्न राष्ट्रिय स्तरको फेशन डिजाईनर तथा मोडल लक्षित ‘द नेशनल डिजाईनर रनवे, २०२२’ को शिर्ष उपाधी शमुएल एकोन्थन्शले जितेका छन । सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा आफ्नो उत्कृष्ट छवि बनाएको मोडल सङ्ग्स नेपालले नेपालकै अग्रणी डिजिटल अनलाईन भोटिङ सेवा प्रदायक ग्लोवल अनलाईन पेसंगको सहकार्यमा आयोजना गरेको ‘द नेशनल डिजाईनर रनवे’मा छनौट प्रक्रियाबाट उत्कृष्ट ठहरिएका कुल ६० मोडलले प्रतिस्पर्धामा सहभागी फेसन डिजाईनर, फेसन डिजाईनिङ हाउस तथा बुटिकसम्बद्द फेसन डिजाईनरले तयार पारेका उत्कृष्ट पहिरनमा सजिएर र्याम्पमा प्रस्तुती दिए। आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गरि फेसन डिजाईनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै शमुएल एकोन्थन्शले बेस्ट फेसन डिजाईनरको उपाधी हात परेका छन। एकोन्थन्शले ‘द नेशनल डिजाईन...
एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा सम्पन्न
मनोरन्जन, समाचार

एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा सम्पन्न

एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘सिनियर गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘टीन गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर गर्ल्स’तर्फ युनिशा गुरुङ्ग विजयी भएकी छिन । गुरुङ्गले विधागत तर्फको बेस्ट र्याम्प वाक को अवार्ड समेत हात पारिन। ग्रेसी प्रधान फर्स्ट रनर अप र , जोया महर्जन सेकेन्ड रनर अप र पब्लिक चोईस, बिपाशा केसी थर्ड रनर अप घोषित हुँदा मस्ट पपुलर तर्फको अवार्ड कुसुम भट्टले जित्न सफल भईन। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ फिलिप यादवले शिर्ष उपाधी जितेका छन । त्यसैगरी ओम महर्जन फष्ट रनर अप, क्षितिज तामाङ्ग सेकेण्ड रनरअप, सुयोग मानन्धर थर्ड रनर अप घोषित भए भने अभय नेपाली पब्लिक चोईस अवार्ड र सोप्निल श्रेष्ठ मस्ट पपुलर बन्न सफल भए। यस्त...
गणेशको गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन
मनोरन्जन, समाचार

गणेशको गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन

गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा राजधानीमा शनिबार एक विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन गरिएको हो । गीतकार सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरि बराल, विश्व वल्लभ दीपक जंगम, बुलु मुकारुङ, प्रमोद ढुङगाना, रमेश पौडेल लगायतले कृतिहरूको विमोचन गर्नुभएको थियो । गीतिएल्वम ‘रहरका फूलहरू’मा दीपक जङ्गमको एकल सङ्गीत रहेको छ । गीतकार सङ्घका उपाध्यक्ष वसन्त वित्यासी थापाले स्वागत मन्त्वय राख्नु भएको कार्यक्रममा रमेश पौडेल, बुलु मुकारुङ, दीपक जङ्गमले शुभकामना मन्त्वय राख्नुभएको थियो । उहाँहरूले स्रष्टा गणेशका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यस्ता सिर्जनाले निरन्तरता पाउन भन्दै शुभकामना दिनुभएको थियो । स्रष्टा श्रेष्ठले धन्यवाद ज्ञापनसहित आफ्...
शंखरापुर न.पा.मा ३२९२ बिरुवा बृक्षारोपण गरिने
मनोरन्जन, समाचार

शंखरापुर न.पा.मा ३२९२ बिरुवा बृक्षारोपण गरिने

काठमाडौं, साउन २९ ग्यालेक्सी दैनिक शंखरापुर नगरपालिका रोटरी क्लब अफ सांखुको शनिबार बसेको बैठकले आफ्नो क्लबको मिडिया पार्ट्नर सारा संसार नेपाल मिडिया प्रा लि, लावण्ड्य सन्देश र शंखरापुर अनलाइनलाइ चुनेको छ । यसै क्लबको बोर्डको पुर्ण बैठकले शंखरापुर न.पा. भित्र आफ्नो क्लबको क्लब कोड ३२९२ लाई सम्मान गर्दै ३२९२ को संख्यामा फलफुल र वातावरणलाई स्वच्छ राख्ने बिरुवाको बृक्षारोपण गर्ने निर्णय गरेको छ । बृक्षारोपण प्रभावकारि र परिणाममुखी बनाइने कुरा क्लबका अध्यक्ष लकश श्रेष्ठले बताउनु भयो । बृक्षारोपण कार्यक्रमका सयोजक श्रीजन श्रेष्ठ का अनुसार ३२९२ को संख्यामा रहेको विभिन्न उपयोगी बिरुवाहरु नगर भित्र रहेका सम्पुर्ण बिध्यालय वडा कार्यालय सरकारी कार्यालय लगायतको स्थानमा गरिने कुरा जानकारी गराउनुभएको छ । पुर्व अध्यक्ष रुपेशलाल श्रेष्ठले उक्त बिरुवा उपलब्ध गराउन र उपयोगी बिरुवाहरुको बृक्षारो...
“लिटिल आइडल नेपाल २०२२”को चौथो संस्करणको ट्यालेण्ट राउण्ड सम्पन्न
मनोरन्जन, समाचार

“लिटिल आइडल नेपाल २०२२”को चौथो संस्करणको ट्यालेण्ट राउण्ड सम्पन्न

काठमाडौं, साउन २८ सारासंसार मिडिया ट्रेबल फेसन कन्सर्नको आयोजनमा भईरहेको लिटिल आइडल नेपाल २०२२ को चौथो संस्करणको ट्यालेण्ट राउण्ड आज सम्पन्न भएको छ । ट्रेबल फेसन कन्सर्न प्रा.लि.का सिईओ समेत रहेका शैलेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निर्णायक मण्डलमा अभिनेता शितल के सि, रामेश्वर बुर्लाकोटी, फोटोग्राफर सन्देश प्रजापति र मोडेल निया तामाङ रहेका थिए । यही भाद्र ३ गते पिस ब्याङक्वेट जोरपाटीमा उक्त कार्यक्रमको ग्राण्ड फिनाले हुने तथा सो अवसरमा देशका प्रतिष्ठित गायक, कलाकार तथा पत्रकारलाई आफ्नो क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि सम्मान गरिने कुरा कार्यक्रम संयोजक सुमन कुमार श्रेष्ठले बताए । बिगत दुई दशकदेखी विभिन्न ब्युटी पेजेन्ट, फेशन शो लगायतका कार्यक्रम गरिरहेको ट्रेबल फेशन कन्सर्नले यस कार्यक्रममा बाल प्रतिभाको प्रतिभासंगै बौद्धिक बिकास, व्यक्तित...