Saturday, November 21

मनोरन्जन

डिएस डांगीको ‘सम्झनाले मनै रुदा’ लाई जिवन शाहीको निर्देशन(भिडियो)
मनोरन्जन, समाचार

डिएस डांगीको ‘सम्झनाले मनै रुदा’ लाई जिवन शाहीको निर्देशन(भिडियो)

चर्चित भिडियो निर्देशक जीवन शाहीको निर्देशनमा ‘सम्झनाले मनै रुदा ‘बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक डिएस डांगीको मार्मिक स्वरमा रहेको गीतलाई संदिप कार्कीले एरेन्ज गरेका छन भने,शव्द तथा संगीत स्वयं गायक डांगीकै रहेको छ । रोजगारीका लागि विदेश जान वाध्यता वीच आफ्नो मायालुको सम्झनाले सताउदाको पिडालाई गीत तथा भिडियोमा यर्थाथपुरक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा गायक डांगीकै अभिनय रहेको छ भने उनलाई विना राउतले अभिनयमा साथ दिएका छन । भिडियोलाई दिपेन वस्न्यातले सम्पादन एवं छायांकन गरेका हुन ।...
सुमन कुमार श्रेष्ठ र रोशन भट्टराईको निर्देशनमा ‘फुल झै कोमल तिमी’ सार्वजनिक
मनोरन्जन, समाचार

सुमन कुमार श्रेष्ठ र रोशन भट्टराईको निर्देशनमा ‘फुल झै कोमल तिमी’ सार्वजनिक

काठमाण्डौँ, असार ३  ग्यालेक्सी संवाददाता वि.स. २०६२ सालदेखि निरन्तर गीत लेखनमा सक्रिय गीतकार रोशन भट्टराईको नयाँ गीत फुल झैँ कोमल तिमी सार्वजनिक भएको छ । नेपाली सांगितिक क्षेत्रमा मुख्यत: रोमान्टिक गायक, गजल सम्राटका रुपमा आफ्नो पहिचान बनाएका वरिष्ठ गायक आनन्द कार्कीको सुमधुर आवाजमा सजिएको गीतमा वरिष्ठ संगीतकार तारा प्रकाश लिम्बु र युमेशले संगीत भरेका छन भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । गीतकार रोशन भट्टराईको प्रस्तुति रहेको भिडियोलाई गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ र गीतकार भट्टराईले संयुक्त रुपमा निर्देशन तथा परिकल्पनामा तयार पारिएको छ । नायिका नम्रता सापकोटा र मोडेल कमल सिंहको भरपुर रोमान्स तथा दमदार अभिनय रहेको भिडियोमा वरिष्ठ सिनेम्याटोग्राफर राजु केसिको छांयाकन, निराजन केसिको सम्पादन तथा मेकअप वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्काको रहेको छ । भिडियो गीतकार रोशन...
भरत समारीको र्‍याप हिप हिप हप जेनरको गीत’कुखुरी काँ’को भिडियो सार्बजनिक
मनोरन्जन, समाचार

भरत समारीको र्‍याप हिप हिप हप जेनरको गीत’कुखुरी काँ’को भिडियो सार्बजनिक

काठमाण्डौ, ज्येष्ठ २९  ग्यालेक्सी दैनिक र्‍यापर तथा हिप-पप गायक भरत समारीको नया र्‍याप गीत 'कुखुरी काँ' को म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली सांगीतिक आकाशमा दर्जनौ चर्चित र्‍याप गीत तथा अन्य गीतहरु पस्किसकेका गायक पछिल्लो समय चर्चामा पनि रहेका छन । आजभोली विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रममा समेत ब्यस्त हुँदै आएका समारी आफुले यस् क्षेत्र मार्फत विश्वमा आफ्नो र आफ्नो देशको छुट्टै पहिचान बनाउने कुरामा पनि विश्वस्त छन । गीतमा शब्द संगीत तथा अभिनय गायक स्वयम् भरत समारिको रहेको छ । गीतको भिडियोमा ब्याक भोकल बुद्धि तामाङ, ब्याक ग्राउण्ड स्कोर नरेन्द्र वियोगीको रहेको छ भने गीतमा अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ । भिडियोमा गायक समारीसंगै, जिबेश गुरुङ, किशोर भण्डारी, श्रीहरि दाहाल, अल्मोडा राना उप्रेती, मानस राज लगायत अन्य थुप्रै कलाकारह...
अष्ट्रेलिया जाने नेपालीको जीवन कथामा आधारित‘डलर एयुडी’ निर्माण हुने
मनोरन्जन, समाचार

अष्ट्रेलिया जाने नेपालीको जीवन कथामा आधारित‘डलर एयुडी’ निर्माण हुने

नयाँ नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा यो फिल्म निर्माण हुने घोषणा गरिएको छ । लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म निर्माण गर्न लागेको हो । सन्तोष अधिकारी फिल्म्स तथा अमारियाको प्रोडक्सनको संयुक्त लगानी निर्माण हुने यो फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ । देवकुमार श्रेष्ठको निर्देशन रहने यो फिल्म सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । ‘आमा’ फिल्मका सह-निर्माता अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् । नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको विषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् । अष्ट्रे...
नाजिर र दिप्सिना अभिनित गीतकार तारा अधिकारीको ‘ताँती’ सार्वजनिक
मनोरन्जन, समाचार

नाजिर र दिप्सिना अभिनित गीतकार तारा अधिकारीको ‘ताँती’ सार्वजनिक

काठमाण्डौ, ज्येष्ठ २५  गीतकार तारा अधिकारीको नयाँ गीत ‘ताँती’ सार्वजनिक भएको छ । सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमार्फत राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर, राजनकै सङ्गीत र बिजेश्वरराज तण्डुकारको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । तास रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको गीतमा राजेश्वर राज तण्डुकारको मिक्सिङ छ । शान थापाको निर्देशन रहेको गीतको भिडियोमा नाजिर हुसेन र दिप्सिना अधिकारीको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ । सामान्य ग्रामिण परिवेशको बस्तीमा छायांकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । यस अघि सुनौलो तारा मोसन पिक्चर्समा नै अपलोड गरिएको नाजिर हुसेनको अभिनय रहेको गीत ‘गुलेलीमा’ र ‘लुकी लुकी’ले दर्शकको निकै राम्रो साथ पाएका थिए । यो गीतले पनि त्यस्तै साथ पाउने विश्वास गीतकार तारा अधिकारीले गर्न...
तिलिचो हिमालको पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको ‘तिलिचो ताल’ गीत सार्वजनिक
मनोरन्जन, समाचार

तिलिचो हिमालको पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको ‘तिलिचो ताल’ गीत सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सोमबार पाँच हजार एकसय पाँच उचाईमा तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राई लगायतको आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त उचाईमा लाइभ प्रस्तुति गरिएको गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायाँकन गरेर सार्वजनिक गरिएकोमा डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर...
शंकरको ‘थाहै नपाई’ सार्वजनिक
मनोरन्जन, समाचार

शंकरको ‘थाहै नपाई’ सार्वजनिक

काठमाण्डौ, ज्येष्ठ २२  नित्याशिवा र गायक पुरुषोत्तम न्यौपानेको आवाजमा रहेको ‘थाहै नपाई’ गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी 'घायल'को गीत र लेखन तथा निर्देशनमा निर्माण भएको 'थाहै नपाई' गीतको भिडियो सार्वजनिक भएको हो । माया अन्धो हुन्छ अनि मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल भाव बोकेको गीतको भिडियोमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ भने अभिनय शंकर सौगात र मनिषा श्रेष्ठको रहेकाे छ । भिडियोमा राहुल कोइरालाको छायांकन डिके हमालको श्रीङार, राजन महर्जनको नृत्य निर्देशन र प्रेम शर्मा पौडेलको सम्पादन रहेकाे छ । https://youtube.com/watch?v=GVSKMjd0Edc&feature=share...
अभिनेता सरोज खनालले चलचित्र ‘बगान’ निर्देशन गर्दै
मनोरन्जन, समाचार

अभिनेता सरोज खनालले चलचित्र ‘बगान’ निर्देशन गर्दै

लोकप्रिय अभिनेता सरोज खनालले नेपाली चलचित्र ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन्। आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा उक्त चलचित्र बारे जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरिएको छ। चलचित्रमा सरोज खनालसँगै नीर शाह, वसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय रहेको छ। सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर दिएका छन्। गीतको भिडियोमा आकाश र प्रमिला फिचर्ड छन्। भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी छन । गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालले बताए । निर्देशक तथा अभिनेता खनालले आफ्नो जीवनकालमा चलचित्रहरुमा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्र...
ट्रेबल फेशनले गर्‍यो लिटिल आईडल नेपालको सिजन-४ घोषणा
मनोरन्जन, समाचार

ट्रेबल फेशनले गर्‍यो लिटिल आईडल नेपालको सिजन-४ घोषणा

काठमाडौं, जेठ २२  ग्यालेक्सी दैनिक विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता, बालबालिका सम्बन्धी शैक्षिक तथा बौद्धिक बिकास कार्यक्रमहरु सञ्चालन तथा आयोजना गरिरहेको ट्रेबल फेशन कन्सर्न प्रालिले लिटिल आईडल नेपाल २०२२ सिजन-४ हुने घोषणा गरेको छ । चरणबद्ध रुपमा छिट्टै नै अडिसन सुरु हुने भनिएको उक्त कार्यक्रममा काठमाण्डौमा अवस्थित विभिन्न विधालयमा अध्ययनरत छात्र छात्राहरुले जुनियरमा ३ देखि ५ र सिनियरमा ६ देखि ९ कक्षासम्मले भाग लिन पाउने कुरा आयोजक कम्पनीका सिईओ शैलेन्द्र श्रेष्ठले बताए । त्यस्तै, अडिसनबाट छनौट भएकाहरुका लागि १५-२० दिने विशेष तालिम, गायन, नृत्य, अभिनय कला तथा मोडलिङ लगायतका प्रशिक्षण, व्यक्तित्व बिकास, कौशल बिकास, आत्मबिश्वास बढाउने सम्बन्धी ज्ञान, ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य, विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्ल...
मेघ पौडेलले ल्याए ‘मनै त हो नि’ (भिडियो सहित)
मनोरन्जन, समाचार

मेघ पौडेलले ल्याए ‘मनै त हो नि’ (भिडियो सहित)

काठमाडौं, जेठ २२  ग्यालेक्सी संवाददाता गायक मेघ पौडेलले आफ्नो नयाँ गीत‘मनै त हो’को भिडियो सार्वजनिक गरेका छन । सारिका घिमिरेको शब्द, योगेश काजीको सङ्गीत तथा सङ्गीत संयोजन र पवन विश्वकर्माको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा कमल सिंह र ललना चिमोरियालाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । गीतको भिडियो एसएमएस एचडी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/1SGMhn2fvRA...