Saturday, November 21

मनोरन्जन

सज्जा चौलागाईंको ‘आँखैमा लाउने गाजलु’
मनोरन्जन, समाचार

सज्जा चौलागाईंको ‘आँखैमा लाउने गाजलु’

काठमाडौं, जेठ २१  सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ । रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ । जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्केको कलर करेक्सन र सम्पादन रहेको छ । गीतको भिडियो सार्वजनिक कार्यक्रममा अतिथिहरूले शुभकामना तथा बधाई दिएका थिए भने गीतसंग सम्बिन्धित स्रष्टाले आ-आफ्ना राख्नुभएको थियो । ‘सबैको मिहिनेतबाट एउटा रा...
सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’
मनोरन्जन, समाचार

सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’

वीर बलभद्र कुँवरसहित नेपाली फौजले नालापानीमा देखाएको विरतालाई समेटेर तयार गरिएको चलचित्र ‘नालापानी’ सर्लाहीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका माझ देखाइएको छ । नेपाली वीरताको गाथा संसारभरका मानिसहरूले थाहा पाउन भन्ने उद्देश्यले तयार गरिएको सो चलचित्र मंगलवार जिल्लाको हरिवन स्थित सम्राट होटलमा सर्लाही एम्वीसन र मनकामना ईंङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई देखाइएको हो । यस्तै चलचित्र बुधबार पनि देखाईएको छ । बुधबार हरिवन स्थित सगुन शिक्षा सहकारी, ज्ञानज्योती इंलिस बोडिङ स्कुल र डनिङ्ग फ्यूचर ईङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूमाझ देखाईएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनले निर्माण गरेको चलचित्र नेपाली सेनाको ईतिहास, वीर बलभद्र कुँवर र नालापानीका नायक वीर बलभद्र कुँवर नामक पुस्तकका आधारमा निर्माण गरिएको हो । नेपाल चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाए...
गजित बिष्टले जिते उत्कृष्ट अभिनेताको अवार्ड
मनोरन्जन, समाचार

गजित बिष्टले जिते उत्कृष्ट अभिनेताको अवार्ड

काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् । महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म  राईजबाट ...
‘ऐना’ उत्कृष्ट लघु चलचित्र र ‘कुइनेटो’ उत्कृष्ट चलचित्र
मनोरन्जन, समाचार

‘ऐना’ उत्कृष्ट लघु चलचित्र र ‘कुइनेटो’ उत्कृष्ट चलचित्र

काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् । महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म  राईजबाट ...
साधना म्युजिक ‘रिवार्ड’को फारम खुला
मनोरन्जन, समाचार

साधना म्युजिक ‘रिवार्ड’को फारम खुला

साधना म्युजिक ‘रिवार्ड’को फारम खुला गरिएको छ । नेपाली गीत सङ्गीतको विभिन्न विधामा हुने गरेको साधना म्युजिक अवार्ड अव परिमार्जीतसहित हुन लागेको ‘रिवार्ड’को फारम खुला गरिएको हो । लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा सक्रिय संस्था सामना म्युजिक क्रियशनले ‘रिवार्ड’को शुरुवात गर्न लागेको हो । गीत सङ्गीतका विभिन्न २१ विधामा स्रष्टा÷सर्जकलाई ‘रिवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोस्रो साधना म्युजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्युजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिनुभयो । नेपाली गीत सङ्गीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरूलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आय...
टोखा शिवपुरिको लघु जलबिधुत परियोजना शिलान्यास
मनोरन्जन, समाचार

टोखा शिवपुरिको लघु जलबिधुत परियोजना शिलान्यास

काठमाडौं १६ जेष्ठ  समुत्थान्शील बस्तीको आयोजनामा गणतन्त्र दिवसको उपलक्ष्यमा दुई चरणको कार्यक्रम गरि नुवाकोट शिवपुरी गाँउ पालिका वडा न.७ मा शेयर प्रमाण-पत्र वितरण तथा तीन वटा शिलान्यास (लघु जलबिधुत परियोजना, फल्चा, ढुंगे धारा ) कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा सम्पूर्ण सदस्यहरुलाई विशिष्ट अतिथि टोखा संस्कृतिका मूल नायो हेमराज श्रेष्ठले संस्थाको शेयर प्रमाण-पत्र बितरण गर्नु भएको थियो । कार्यक्रमका सभापति मनिराज डंगोलले उक्त कार्यक्रमको औचित्य प्रस्तुत गर्नुका साथै आज गणतन्त्र दिवसको उपलक्षमा सबैमा शुभकामना दिनु हुँदै समृद्धिको स्रोत पहिचान, संरक्षण र निर्माणको लागि आज शिलान्यास गरेका हौ भन्नुभयो । सुखी नेपाली र समृद्ध नेपालका लागि उक्त कार्यक्रमका प्रमुख अतिथि शिवपुरी गाउँ पालिकाका वडान.७ का अध्यक्ष बिर बहादुर तामांगले ३ वता परियोजनाको ब्यानरमा हस्ताक्षर गरि शिलान्यास गर्नु भय...
ब्राण्ड एमबेस्डरमा रुपाखेती, केसी र हमाल
मनोरन्जन, समाचार

ब्राण्ड एमबेस्डरमा रुपाखेती, केसी र हमाल

काठमाडौं १६ जेष्ठ  नेपालमा कृषि र कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कृषकहरुको आत्मबल, आत्मसम्मान र कृषि कर्मप्रतिको उत्साहलाई अझ वृध्दि गर्ने उदेश्यले नेपाल सरकार कृिष मन्त्रालको संयोजन र शिखर नेपालको आयोजनामा हुन गइरहेको तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ को ब्राण्ड एम्वेसडरमा चलचित्रका नायक दिनेस के.सी., लोकप्रिय हास्य कलाकार एवं निर्देशक दमन रुपाखेती र लोक दोहोरी गायिका राधिका हमाल नियुक्त भएका छन् । नेपालमा चलचित्र क्षेत्रमा एक आशा लाग्दो नायकको रुपमा २०६६ सालदेखि सक्रिय रुपमा लागिपरीरहेका नायक के.सी. ले खतरनाक, वादशाह, लाले, दानव जस्ता ठुलोेपर्दाका चलचित्रहरुमा आफ्नो अभिनय कौशलता प्रदर्शन गरेर दर्शकमाझ प्रस्तुत भइसकेका छन् । अभिनय, कला र संगीत मार्फत आफ्नो प्रतिभालाई दर्शक स्रोता सामक्ष उजागर गरिरहेका नायक के.सी संचार क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छ...
बर बधु’मार्फत नव नायिका रविना केसी आउँदै
मनोरन्जन

बर बधु’मार्फत नव नायिका रविना केसी आउँदै

सानै उमेरदेखि नायिका बन्ने चाहना बोकेकी रविना केसीको सपना अब पूरा हुने भएको छ । उनको चहाना चलचित्र ‘बर बधु’मार्फत पूरा हुन लागेको हो । पूर्वको सुन्दर नगरी घरानकी स्थायी बासिन्धा केसी काठमाडौंलाई कर्मथलो बनाएर सिने नगरीमा आफूलाई स्थापित गर्न लागिपरेकी छन् यतिवेला । यसो त रबिनाले यसअघि बिभिन्न गीतका भिडियो, विज्ञापनमा काम गरिसकेकी छन् । अडिसनवाट छानिएकी उनी हर्षित हुँदै भनिन्, ‘एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा आफूलाइ भाग्यमानि ठानेको छु साथै सृजना सुत्रलाई पनि हृदयदेखि आभार ब्यक्त गर्नचाहन्छु । आफूले पाएको भूमिकालाई राम्रोसँग निभाउने आफूमा पूर्ण विश्वसा लिएको उनले जनाइन । उनले खबरहबको "मेरो रंगमञ्च" कार्यक्रममा पनि आफ्नो अभिनय प्रस्तुत गरेकी छिन । निर्माण युनिटले काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्र ‘बर बधु’को औपचारिक निर्माण घोषणा गरेको हो । चलचित्र मिलन चाम्सले निर्देशन गर्न लागेका हुन्...
‘एमटिआर’को ‘घरकी रानी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘एमटिआर’को ‘घरकी रानी’ सार्वजनिक(भिडियो)

मनोज ताम्राकार ‘एमटिआर’ को स्वरमा रहेको गीत ‘घरकी रानी…’ सार्वजनिक भएको छ । मनोजकै शब्द, सङ्गीत ओम सुनारको एरेञ्ज र साजन शाहको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा निशान एसकेको निर्देशन रहेको छ । दिपक गिरीको छायाँकन र प्रकाश एसको सम्पादन तथा कलर रहेको गीतको भिडियोमा रेश विसी, सञ्जु थलाङलाई फिचरिङ गरिएको छ । युवा पुस्तालाई लक्षित गरिएको गीतको भिडियो एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो ।...
सुरेन्द्र बसेलको ‘एक तोलाको वाला’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्र बसेलको ‘एक तोलाको वाला’ सार्वजनिक(भिडियो)

काठमाण्डौँ, जेष्ठ १२ लामो समयदेखि नृत्य विधामा आफ्नो राम्रो स्थान बनाउदै निरन्तर यस् क्षेत्रमा कोरियोग्राफीसंगै म्युजिक भिडियोमा पनि सक्रि निर्देशक तथा कोरियोग्राफी सुरेन्द्र बसेलले आफ्नै युट्युब च्यानल बसेल कृयशन मार्फत पहिलो प्रस्तुतिको रुपमा ‘एक तोलाको वाला’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरेका छन । थुप्रै चर्चित टेलिसिरियल मेरी बास्सै, सक्किगो नि लगायत ,म्युजिक भिडियोमा अभिनय मार्फत आफ्नो ल्याङग्रे दादाको छवि बनाएका कलाकार तथा मोडेल सुमन ज्योति न्यौपानेको लगायत मोडेल बिना राउत, बिकास नेपालीको रमाइलो अभिनय देख्न सकिन्छ । गायक भुवन थापा मगर र गायिका सिता पौडेलको सुमधुर आवाजले सजिएको गीतमा शब्द डि बी खनाल संगीत शंकर स्माईलीको रहेको छ भने एरेन्ज उदयराज पौडेल रहेको छ । पाटन दरबार स्क्वायरको मनमोहक दृश्य कैद गरिएको यस् भिडियोमा छाँयाकन दिनेश पराजुली र सम्पादन तथा कलरिङ्ग नबिन निर...