Friday, November 20

मनोरन्जन

‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि कोरियोग्राफर रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि कोरियोग्राफर रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ

नेपालको फेसन र मोडलिङ क्षेत्रले विभिन्न स्वरुप र तरिकाले अन्तर्राष्ट्रिय मंचमा आफ्नो उपस्थिति र पहिचान बढाउने क्रम बढ्दो छ । यसै सन्दर्भ नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै गरेको ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का प्रतिस्पर्धीहरुलाई नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यले हालै मात्र गुगलमीटको माध्यमबाट अनलाइन मार्फत् गु्रमिङ सेसन सम्पन्न गरेका हुन् । विशेषतः गरी स्टेज प्रस्तुतिकरण, प्रतियोगितामा सहभागिले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा उक्त ग्रुमिङ सेसन केन्दि«त रहेको थियो ।उक्त ग्रुमिङ सेसनपछि प्राप्त प्रतिक...
एमी र जर्जको सम्बन्ध संकटमा
मनोरन्जन, समाचार

एमी र जर्जको सम्बन्ध संकटमा

बलिउडकी सुन्दर अभिनेत्री एमी ज्याक्सन र उनको हुनेवाला श्रीमान जर्ज पानायिटूको सम्बन्धमा खटपट भएको छ । केही दिन यता एमीले आफ्नो इन्स्टाग्राम एकाउण्टबाट जर्जसँग आफ्ना सबै तस्वीर हटाएपछि उनीहरुबीच खटपट भएको खुलेको हो । यद्यपि मिडियामा यो जोडीको ‘ब्रेकअप’को भएको चर्चा चलेपनि जोडीले आफूहरुको सम्बन्धको बारेमा केही बोलेका छैनन् । एमी जर्जसँग सन् २०१५ बाट सम्बन्धमा थिइन् । सन् २०१९ को जनवरीमा जर्जले एमीलाई जाम्बियामा प्रपोज गरेकी थिइन् । तीन महिनापछि एमीले आफ्नो सामाजिक सञ्जालबाट आफू जर्जको सन्तानको आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन् । एमीले सन् २०१९ को मे महिनामा जर्जसँग आफ्नो इन्गेजमेन्टको तस्वीर शेयर गरेकी थिइन् । त्यही वर्षको सेप्टेम्बरमा एमीले छोरा एन्ड्रियासलाई जन्म दिएकी थिइन् । एमी र जर्जले छोराको जन्मपछि फोटो शेयर गर्दै आफ्नो खुशी फ्यानसँग बाडेका थिए । ‘हामी दुवै आफ्नो सन्...
लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ बजारमा
मनोरन्जन, समाचार

लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ बजारमा

लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’ पाठकमाझ आएको हो । यात्रावृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाईस गुच्छाहरूको संगालोको रुपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसंगको संग्रह गर्नुभएको छ । कृतिमा ऐँसेलुखर्कको चिठ्ठा, मैले देखेको मधेश, लुइँचको शिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्को, सिलाङ धुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुङ्गोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोँच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खास्टो, हिमालपारिको जि...
कोरियोग्राफर अश्विनी झा फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा नियुक्त
मनोरन्जन, समाचार

कोरियोग्राफर अश्विनी झा फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा नियुक्त

फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनी कान्त झा लाई नियुक्त गरेको छ। उहाँलाई यसअघि सम्पन्न कार्यसमितिको बैठकले अध्यक्ष अमित झाको प्रस्तावमा काउन्सिलको सल्लाहकारमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो। संस्थाको छैठौँ वार्षिकोत्सव को उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले एक कार्यक्रमका बिच अश्विनी झालाई नियुक्ति पत्र प्रदान गर्नु भएको छ । सो कार्यक्रमको दौरान काउन्सिलका अध्यक्ष झाले बिगत डेढ दशक भन्दा लामो समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरुमा मोडलिङ्ग, ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफिको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गर्नु भएका कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेशन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझ्नु भएको छ र उहाँलाई सल्लाहकारको रुपमा संस्थाले पाउँदा उहाँको शिप, दक्षता तथा ल...
प्रकाश शाहिको ‘मेरो नाचो तीज’ गीतको भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रकाश शाहिको ‘मेरो नाचो तीज’ गीतको भिडियो सार्वजनिक(भिडियो)

सुर्खेत । प्रकाश शाहिको मेरो नाचो तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा विभिन्न प्राकृतिक बिपत्ति बाध्यता, विबसता राजनीतिक परिघटना र वैदेशिक हस्तछेपले हाम्रो समाजमा नराम्रो असर पारेकाे छ त्यसमा पनि विषेश गरि नारीहरु यसकाे प्रत्यक्ष मारमा छन् । यिनै कथा ब्यथा हरुलाई उजागर गर्दै जस्ताे सुकै पिर ब्यथामा पनि आफ्नाे संस्कार संस्कृति जगेर्ना गर्न नारीहरु रमाउने गर्छन नारीहरुकाे संस्कृति र नाच लाई केसैले पनि राेक्न र छेक्न सक्दैन भनेर यश गितबाट सकरात्मक सन्देश गितमा दिन खाेजियकाे छ। पछिल्लो समयकि लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा सजिएको गीतमा शब्द तथा संङ्गीत प्रकाश शाहिको रहेको छ भने एरेन्ज बिपिन आचार्यले गरेका छन् । https://youtu.be/8QT1EpmGdds बराहाताल मुभि हाउसकाे ब्यानरमा निर्मित भिडियाेमा छायांकन अर्जुन सापकाेटा काे रहेकाे छ भने संपादन तथा रंग संयाेजन ...
‘जिम्माल बा को छोरो’ इन्दिरा र रमेशको आवाजमा
मनोरन्जन, समाचार

‘जिम्माल बा को छोरो’ इन्दिरा र रमेशको आवाजमा

गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘जिम्माल बाको छोरो’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द र भीमबहादुर श्रेष्ठको संगीत रहेको छ । भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ । सुब्रत आचार्य निर्देशित भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । बुद्ध थापाको छायांकन, प्रमोद भण्डारीले कोरियोग्राफी गरेको यस भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ । ‘नेपालमा जिम्माल बाको छोरी नाममा धेरै गीत बनेका छन् तर छोरोको लागि बनेको देखिएन । मैले छोराहरुको आकर्षणलाई पनि मध्यनजर गरि यो गीत लेखेको हुँ’, गीतकार सापकोटाले बताए, ‘यो गीतमा माया प्रेम अभिन्न अंग भएतापनि अहिलेको समाज, देश परिवेश अनुरुप व्यक्त भएका गीतको कमि नहोस् भन्ने हेतुले यो बिषय समावेश गरेको छु’ । ...
गायिका संगीता सिवाकोटीको तीज गीत‘मै घुमे फनफनी’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका संगीता सिवाकोटीको तीज गीत‘मै घुमे फनफनी’सार्वजनिक(भिडियो)

काठमाण्डौ : गायिका संगीता सिवाकोटीको प्रस्तुति एवं स्वर रहेको ‘मै घुमे फनफनी’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा तिलक बस्नेतको शब्द, संगीत रहेको छ भने गायनमा सिवाकोटिलाई पनि स्वरमा साथ दिएका छन । चर्चित एरेन्जर सुदीप सागरको एरेन्ज रहेको र मिक्सिङ मास्टरिङ्ग एच बी एन किस्मतको गीतलाई बिमल छिनालले रेकर्डिङ गरेका हुन । https://www.youtube.com/watch?v=ivgdxdyMRaI शिब बि.क.को निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको बेजोड अभिनय तथा न्रित्य देख्न सकिन्छ । भिडियोलाई बुद्ध थापाले छांयाकन गरेका छन भने टेकेन्द्र शाहले सम्पादन गरेका छन । म्युजिक भिडियोलाई एट के एभरेष्ट मोशन पिक्चर्सको अफिसियल युट्युब मार्फत बजारमा ल्याईएको छ ।...
‘कुईनेटो’को शिर्ष गीत“धर्ती आकाश” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘कुईनेटो’को शिर्ष गीत“धर्ती आकाश” सार्वजनिक(भिडियो)

मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको शिर्ष गीत “धर्ती आकाश” ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ । नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ । गीतको शव्द गीतकार ललिता कुँवरले लेखेकी हुन् भने संगीत चर्चित संगीतकार सन्तोष श्रेष्ठले गरेका छन् । श्रेयसी चेम्जोङ र यूवराज चौलागाईको स्वर रहेको गीतको एरेन्जर ओम सुनार हुन् । https://www.youtube.com/watch?v=BdOEGKaSnco हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ । निर्देशक खरेलकै लेखन...
बलिउडकै उत्कृष्ट फिल्म मानिएको ‘बजरंगी भाइजान’ को तयारी
मनोरन्जन, समाचार

बलिउडकै उत्कृष्ट फिल्म मानिएको ‘बजरंगी भाइजान’ को तयारी

बलिउड अभिनेता सलमान खानको चर्चित फिल्म 'बजरंगी भाइजान' सिक्वेल बन्ने भएको छ । सलमान र अभिनेत्री करीना कपूरको मूख्य अभिनय रहेको फिल्म 'बजरंगी भाइजान' ले दर्शकको मन निकै जितेको थियो ।  यो फिल्म बलिउडकै उत्कृष्ट फिल्म मानिन्छ । कबीर खान निर्देशन गरेको यस फिल्म निर्माण भएको ६ बर्ष पूरा भइसकेको छ । फिल्म ६ बर्ष पूरा भएको अवसरमा सिक्वेल बनाउने बारे बताइएको हो ।  भारतिय मिडियाका अनुसार अहिले यस फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्म 'बजरंगी भाइजान २' मा पनि पुराना कलाकार दोहरीन सक्ने बताइएको छ । 'बजरंगी भाइजान' फिल्ममा सलमान, करिना, हर्षाली मल्होत्रा, नवाजुद्दीन सिद्धिकी लगायतका कलाकारको अभिनय रहेको थियो ।  ...
‘मेरी बास्सै’ की चम्सुरीको दुवै मिर्गौला फेल, अस्पताल भर्ना
मनोरन्जन, समाचार

‘मेरी बास्सै’ की चम्सुरीको दुवै मिर्गौला फेल, अस्पताल भर्ना

मृगौलामा देखिएको स्वास्थ्य समस्याका कारण अभिनेत्री पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’का रुपमा अभिनय गरेर लोकप्रियता कमाएकी पल्पसा केही दिनअघिमात्र महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । कलाकार तथा निर्देशक दीपाश्री निरौलाका अनुसार केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी पल्पसाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । ‘केही समयदेखि उहाँले डायोलोसिस गरे पनि अहिले भने डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन्’, दीपाश्रीले भनिन् । विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी पल्पसाले अन्य टेलिफिल्म, फिल्म तथा म्यूजिक भिडियोसमेत अभिनय गरिसकेकी छन् । उनी टेलिफिल्म ‘दृष्टि’की निर्देशकसमेत हुन् ।...