Friday, November 20

राजनीति

फौजदारी कसुरमा मुद्दा दर्ता भएपछि नरोत्तम बैद्य मौन
राजनीति, समाचार

फौजदारी कसुरमा मुद्दा दर्ता भएपछि नरोत्तम बैद्य मौन

आफूविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएपछि बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैद्यले मिडिया तथा सार्वजनिक रुपमा नबोल्ने बताएका छन् । आज (आइतबार) एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर सांसद बैद्यविरुद्ध मुद्दा दर्ता भएको छ । बैद्यले पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफूविरुद्ध मुद्दा दर्ता भैसकेकोले अब मुद्दा किनारा नलागेसम्म मिडियामा नबोल्ने जनाएका हुन् । उनले भने, मविरुद्ध मुद्दा दर्ता भैसकेको छ । म यो मुद्दा किनारा नलागेसम्म बोल्दिन् । एमाले नेता तथा कार्यकर्ताहरुले सांसद बैद्यलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । गत शुक्रबारको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । तर, चौतर्फी विरोध र पार्टीबाटै तत्काल आत्मालोचना गर्न निर्देशन दिएपछि उनले हिजो ९शनिबार० को ब...
निर्वाचन आयोगद्वारा जसपाका दुबै पक्षको दाबी अस्वीकार
राजनीति, समाचार

निर्वाचन आयोगद्वारा जसपाका दुबै पक्षको दाबी अस्वीकार

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै (महन्थ–उपेन्द्र) समूहले पदाधिकारी निष्काशन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दावीलाई अस्वीकार गरेको छ । आयोगको आजको बैठकले राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय सुनाएको हो । एउटै दलका एक अर्को अध्यक्षबाट पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने गरी हटाएको वा निष्काशन गरेको कार्य पदाधिकारीको हेरफेरको विषयअन्तर्गत पर्ने नदेखिँदा दुवै पक्षको निवेदन माग अद्यावधिक गर्न कानूनत मिल्ने नदेखिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्का समूहका पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने निष्काशन गरी सोको अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए । अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रिय कार्यकारीणी समितिको ज...
बिश्वमा सवैभन्दा फोहोरी राजनीति नेपालमा
राजनीति, समाचार

बिश्वमा सवैभन्दा फोहोरी राजनीति नेपालमा

-डा.डिआर उपाध्याय, बिश्वमा सवै भन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ । अहिलेका युवाले नै फोहोरो राजनीतिलाई सफा गर्न अघि सर्नु पर्छ । राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र बुझाउनु अति आवश्यक छ । राजनीतिमा पछिल्लो समय देखिएको गलत राजनीतिलाई चिरेर युवा अघि बढनु पर्छ । कांग्रेसका गगन, प्रदीप, विश्वप्रकाशजस्ता युवानेता, एमालेका योगेश, गोकर्ण, माओवादीका वर्षमान, लेखनाथजस्ता युवानेता जुरर्मुराउनु पर्छ । यो समयको माग पनि हो । युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन्। समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन्। नागरिकको अबको एक मात्र सपना समृद्धि हो। समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधमा...
संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस रोक्न सर्वोच्चमा रिट
राजनीति, समाचार

संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस रोक्न सर्वोच्चमा रिट

संवैधानिक परिषदले अध्यादेश ल्याएर नियुक्ति सिफारिस गरेको भन्दै रोक्न सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेश जारी गरी सिफारिश गरिएकाको नियुक्ति रोक्न आदेश जारी गर्न भन्दै रिट दायर गरेका हुन् । रिटमा अध्यादेशमार्फत संवैधानिक परिषदले नियुक्ति सिफारिश गर्नु संविधान विपरित हुने जिकिर गरिएको छ । २६ वैशाखमा संवैधानिक परिषदको बैठकले लोक सेवा आयोग, समावेशी आयोगका अध्यक्षसहित विभिन्न निकायमा नियुक्तिको सिफारिश गरेको थियो । उनीहरुको नियुक्तिका लागि मार्ग खोल्न संसदीय सुनुवाई समितिमा नाम दर्ता गरिएकोमा प्रतिनिधि सभा विघटनले स्वतः नियुक्ति हुने अवस्था बनेको छ । सुनुवाई समितिमा दर्ता भएको मितिले ४५ दिन पुगेपछि स्वतः नियुक्ति हुने प्रावधान छ ।...
मुख्यमन्त्री सहित चार विना विभागीय मन्त्रीले लिए शपथ
अन्तरवार्ता, राजनीति, समाचार

मुख्यमन्त्री सहित चार विना विभागीय मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार साँझ मुख्यमन्त्री नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।  गण्डकीमा मुख्यमन्त्री नेपालीसहित पाँच मन्त्रीले शपथ लिएका छन्। विना विभागीय मन्त्रीको रुपमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधु अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र दीपक मनाङे ​उर्फ राजीव गुरुङले शपथ लिएका हुन्।  गुरुङ नै कांग्रेस संसदीय दलका नेता पोखरेल नेतृत्वको सरकार बनाउन आवश्यक ३१ मतका लागि निर्णायक बनेका थिए। उनीहरुलाई मन्त्रालय तोकिएको छैन। मुख्यमन्त्री नेपालीले बिना विभागीय मन्त्रीको रुपमा चार जनालाई मन्त्री बनाएका हुन्। संविधानको धारा १६८ को (५)  अनुसार बहुमतको दाबी गरेका नेपालीलाई मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख पौडेलको ...
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
राजनीति, समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।  शनिबार प्रदेशसभामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। बिहीबार प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि उनी पदमुक्त भए । त्यसपछि शुक्रबार दिउँसो २४ घण्टाको समय दिएर प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभा सदस्यलाई नयाँ सरकारको दाबी गर्न समय दिएकी थिइन् । सोही अनुसार शुक्रबार नै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।  यस्तै गुरुङले पनि शनिवार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले गुरुङको दाबीलाई अस्वीकार गर्दै प्रदेशसभामा बह...
प्रजातन्त्र, बहुदल, लोकतन्त्र गणतन्त्र जे भने पनि जनताका दुःख ज्युँकात्युँ
राजनीति, समाचार

प्रजातन्त्र, बहुदल, लोकतन्त्र गणतन्त्र जे भने पनि जनताका दुःख ज्युँकात्युँ

-डा.डिआर उपाध्याय, एमाले एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानले केही दिन नेपाली राजनीतिमा नयाँ तरंग ल्यायो । यो तरंग अझै सेलाएको छैन । खासगरी २०७५ जेठ ३ भन्दा पहिलाको स्थितिमा पार्टीलाई पु¥याउनुपर्ने माधव नेपाल–झलनाथ खनाल पक्षको माग हो । अन्ततः यही आह्वानमार्फत अध्यक्ष ओलीले स्वीकारेका छन्। अब माधव पक्ष एकताका लागी गम्भिर हुने हो भने गाँठो फुकेको छ । पटक पटक भएका परिवर्तन पछि कुनै पनि सरकार पूरा कार्यकाल टिक्न सकेनन्। संविधानसँगै भएको पहिलो संसदीय निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्यायो। पछि दुई दल (नेकपा) एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो। त्यसबाट झन्डै दुईतिहाई बहुमतको सरकार बन्यो। पाँच वर्ष मुलुकले स्थिरता पाउँछ भन्नेमा आम नागरिक विश्वस्त थिए । तर, आन्तरिक र बाह्य चलखेलबाट स्थिरताको सपना पुरा हुन सकेन । पार्टीभित्रै विविध चलखेल भए । पार्टी फुट...
नयाँ सरकार गठन हुँदै गण्डकी प्रदेशमा
राजनीति, समाचार

नयाँ सरकार गठन हुँदै गण्डकी प्रदेशमा

बिहीबार भएको गण्डकी प्रदेश अधिवेशनमा मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि विपक्षी गठबन्धनका लागि नयाँ सरकार गठनको बाटो खुलेको छ। ६० प्रदेशसभा सदस्य रहेको उक्त प्रदेशमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो। एक स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थिति भएभने जनमोर्चाले कारबाही गरेका अर्का सांसद कृष्ण थापा तटस्थ बसेका थिए। नयाँ सरकार गठन गर्न आवश्यक मत संख्या भनेको ३१ हो। विपक्षी गठबन्धनका लागि मनाङेको मत निर्णायक देखिन्छ। अहिलेको अवस्थामा गठबन्धनको पक्षमा स्पष्ट बहुमत नदेखिएपनि पृथ्वीसुब्बा गुरुङको सरकारमा रहेका युवा तथा खेलकुद मन्त्रीरहेका मनाङे मतदानमा सहभागी नहुनु र बिहीबार राति नै मन्त्री पदबाट राजीनामा दिनुले गठबन्धनलाई नयाँ सरकार बनाउन सहज बनाएको छ। संंवैधानिक व्यवस्था अनुसार अब धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको लागि सो प्रदे...
सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै, ७७ जिल्लामा गृहको परिपत्र
राजनीति, समाचार

सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै, ७७ जिल्लामा गृहको परिपत्र

गृहमन्त्रालयले बिहीबार नयाँ नेतृत्व पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा खगराज अधिकारी गृहमन्त्री बन्न सफल भएका हुन् । उनी पूर्व स्वास्थ्य मन्त्री पनि हुन् ।  मुलुक कोरोनाभाइरस संक्रमण महामारीको चपेटामा र जनता भाइरस संक्रमण र आर्थिक अभावको समस्या परेका बेला स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिसकेका अधिकारी गृहमन्त्री बनेका हुन् ।  गृहमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री अधिकारीले निषेधाज्ञा खुकुलो पार्ने खाका पेश गर्न सर्कुलर जारी गरेका छन् ।  बाँकेमा गत वैशाख १३ र काठमाडौ उपत्यकामा वैशाख १७ गतेबाट जारी गरिएको निषेधाज्ञा अहिले मुलुकभरका जिल्लामा लगाइएको छ । जसले जनजीवन कष्टकर बन्दै गएको छ ।  पदभार ग्रहणसँगै नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहर...
सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
राजनीति, समाचार

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

 सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले आज दिउँसो २ बजे बैठक बोलाएका हुन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्। प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएक थिए।...