सरकारी तयारी अझै पुगेन
डा.डिआर उपाध्याय,
सरकारले बिहिवार देखि देशका बिभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । यसको प्रभाव बिभिन्न ठाउँमा परेको छ । निषेधाज्ञा जारी हुने भने पछि काठमाण्डौंबाट आफनो गाउँ फर्कनेको लर्को देखियो । आखिर आपत बिपतमा आफनै गाउँघर प्यारो हुन्छ । यो शहरमा कसैले कसैको मतलव गदैन । सवै आ आफनै धुनमा हुन्छन । मतलवी दुनिया देखेर नै धेरै मानिसहरु यो बेला आफनै गाउँघर फर्किएका छन । काठमाण्डौमा भोकै मरिन्छ की भन्ने चिन्ताले ति मानिसहरु गाउँ फर्किएका हुन ।
गत बर्षको लकडाउन बाट पाठ सिकेका ति मानिसहरु आफनै गाउँ घर फर्किन बाध्य भएका हुन । अरु केही होइन । अर्को कुरा ति मानिसहरु लर्को लाएर गाउँ फर्किदा के कोरोना लिएर फर्किएका त छैनन् ? यो पनि गम्भिर प्रश्न छ । सरकारले गाउँ फर्कने होइन जो जहाँ छ , त्यही बसेर सुरक्षित रहने हो , हामी छौं , केही भए सरकार छ भन्ने पनि आँट गर्न किन सकेन होला ? पक्कै गाउँ फर्कन...






