नेपालका सवै कम्युनिष्ट घटकहरु मिल्ने की ?
-डा.डिआर उपाध्याय,
पटक पटकको राजनीतिक परिवर्तन पछि देशमा गणतन्त्र र लोकतन्त्र आएको छ । यसका साथै हामी अहिले संघीयताको अभ्यासमा छौ । यो संघीयता देशका लागी अलि बढी महंगो भयो की भन्र्ने बहस पनि चलेको छ ।
हामीले देखिरहेका छौ की आज यो व्यवस्था आए पछि राजनीतिक दल र तिनका नेताहरु मोटाउने र सर्वसाधारण जनता ऋण बोक्ने बाहेक अरु केहि भएको छैन । राजनीतिक व्यवस्था परिवर्तन हुनु समयको माग थियो । तर राजनीतिक व्यवस्था परिवर्तन भए पछि जनताले जे अपेक्षा गरेका थिए , त्यो भने पाउन सकेका छैनन् । यो नै दुखद कुरा हो । नेपाली जनता आफैं राजनीतिक परिवर्तनका लागी लडेर आएका हुन ।
सत्तारुढ दल नेकपा एमालेले देश र जनताका लागी जे जति सेवा गर्नु पर्ने थियो , त्यो भने गर्न सकेको छैन । कारण के हो भने नेकपा एमाले भित्र आन्तरिक विवाद चरम रुपमा बढेर गएको छ । यसले देश र जनतालाई मात्र होइन , एमालेलाई समेत संकटमा पारेको ...





