Tuesday, November 24

समाचार

सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव
राष्ट्र, समाचार

सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव

सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । आज विहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बिहान ६ बजे गरिएको मापनमा दुई लाख ११ हजार २२५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव थियो । पछिल्लो समय वर्षा रोकिए पनि बहाव घटबढ हुने क्रम जारी रहेकाले अहिले ब्यारेजका २८ ढोका खुल्ला गरिएको उनको भनाइ थियो । आइतबार साझ सप्तकोशीमा यस बर्षकै सबैभन्दा बढी पानीको बहाव मापन गरिएको थियो । त्यसबेला बहाव दुई लाख ७४ हजार पाँच क्यूसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजका ३८ ढोका खुल्ला गरिएको थियो ।...
सबै नेपालीले आज अफगानिस्तान छाडिसक्ने
राष्ट्र, समाचार

सबै नेपालीले आज अफगानिस्तान छाडिसक्ने

तालिबानले विदेशीले अफगानिस्तान छाड्न दिएको समयसीमा आज सकिँदै छ । अमेरिकासहितका विदेशी फौज र विदेशी नागरिकले सोमबार नै अफगानिस्तान छाडिसकेका छन् । त्यहाँ रहेका २ सय हाराहारी नेपाली भने अझै पनि उद्धारको पर्खाइमा छन् । उनीहरुले आज अफगानिस्तान छाडिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयलका अनुसार नेपाल आउन सक्ने आजै नेपाल आउने छन् भने कतिपय नेपालीहरु अन्य मुलुकमा गएर बस्ने छन् । त्यसपछि उनीहरुलाई नियमित उद्धार गरेर नेपाल ल्याउने तयारी छ । अफगानिस्तनाबाट सोमबारसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरि आवश्यक व्यवस्थापन गरिएको ...
आज कतिमा हुँदैछ सुनको कारोबार ?
अर्थ/व्यापार, समाचार

आज कतिमा हुँदैछ सुनको कारोबार ?

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपति बाट ” राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान “
मनोरन्जन, समाचार

कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपति बाट ” राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान “

कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपति बाट ” राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान “गरिएको छ । राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित नेपालका चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा लाई “राष्ट्रलाई पुर्याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको “राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ ” बाट सम्मानित गरिएको छ। कोरियोग्राफर अश्विनीलाई उक्त कार्यक्रममा प्रमुख अतिथी, गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झा, विशेष अतिथि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सि. ई. ओ. तथा निर्देशक निशु कान्त झाले संयुक्त रुपमा सम्मानित गर्नुभएको छ । विगत लामो समयदेखि ...
चीन र अमेरिकाका विदेशमन्त्रीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय, समाचार

चीन र अमेरिकाका विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । समाचारअनुसार उनीहरुबीचको फोन वार्तामा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानी भएको बताइएको छ । यसका अतिरिक्त अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ । त्यस क्रममा उनीहरुबीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो । अमेरिकी सेनाहरु त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएका थिए । साथै उनले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठूलो सङ्ख्यामा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट उद्धार गर्नुपर्ने चुनौती बाँकी नै रहेको पनि बत...
२० वर्षपछि अफगानिस्तानबाट फर्कियो अमेरिकी फौज
अन्तर्राष्ट्रिय, समाचार

२० वर्षपछि अफगानिस्तानबाट फर्कियो अमेरिकी फौज

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ । अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टिन विमान उडेको छ । योसँगै अफगानिस्तानमा अमेरिकाले जारी राखेको २० वर्षको सैन्य कारबाही औपचारिकरूपमा समाप्त भएको छ । २० वर्षको अमेरिकी सैन्य कारबाहीमा अलकायदाका प्रमुख ओसामा विन लादेन र तालिबानका तत्कालीन प्रमुख ओमार मारिएका छन् । दुई दशकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको जनाइएको छ । अमेरिकी सेना चढेको अन्तिम विमान काबिलबाट बाहिरिएसँगै, तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर तथा गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर...
आजदेखि मौसममा सुधार, यी स्थानमा हल्का बर्षा
मौसम, समाचार

आजदेखि मौसममा सुधार, यी स्थानमा हल्का बर्षा

केही दिनदेखि नेपालमा लगातार पानी परिरहेको थियो । तर मंगलबारदेखि मौसममा सुधार आएको छ । काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा बिहानै घाम लागेको छ ।  अहिले देशभर सामान्य बदली रहि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा मात्र हल्का देखि मध्यम पानी परिरहेको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको देखिन्छ। आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।  यस्तै आज सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति बागमती प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।  ...
काठमाडौँको फोहोर तत्काल उठाउन प्रधानमन्त्री देउबाको निर्देशन
समाचार

काठमाडौँको फोहोर तत्काल उठाउन प्रधानमन्त्री देउबाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर तत्काल उठाउने व्यवस्था गर्न निर्देशन दिएका छन् । सोमबार साँझ काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई प्रधानमन्त्री देउबाले फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले फोहोर उठाउने सम्बन्धमा भएको समस्या समाधानमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको उनको सचिवालयले जनाएको छ ।...
भारतमा थपिए ३० हजार २५१ संक्रमित, २०५ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३० हजार २५१ संक्रमित, २०५ संक्रमितको मृत्यु

 भारतमा थप ३० हजार २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ लाख ६७ हजार ८२० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७७ हजार १५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २०५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार ५९२ पुगेको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ  ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...