Sunday, November 22

समाचार

सानदार जित निकाल्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश
खेलकुद, समाचार

सानदार जित निकाल्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा डेनमार्कले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा डेनमार्कले वेल्सलाई ४-० गोलले पराजित गरेको हो ।  जितसँगै डेनमार्क युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उक्त खेलको २७ औं मिनेटमा डेनमार्कका डोलबर्गले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको सुरुवातमा नै डोलबर्गले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए ।  त्यसपछि डेनमार्कका दुई खेलाडीले गोल गरी टिमलाई जित दिलाए । जितसँगै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा आइतबार चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।...
नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै
राजनीति, समाचार

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दैछ। अहिले ९ बने प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक राजनीति, सरकारका विभिन्न निर्णयबारे अदालतका पछिल्ला फैसला, पार्टीभित्रको विवाद र एकताका लागि भइरहेको पहलका विषयमा छलफल हुनेछ। पछिल्लो समय एमाले एकताका लागि पार्टी अध्यक्ष ओली र एमाले नेता माधवकुमार नेपाल पक्षका बीचमा आन्तिरकरुपमा औपचारिक तथा अनौपचारिक बैठक हुदै आएको थियो। यो क्रम सकारात्मक रुपमा अघि बढ्दै आएको पार्टी अध्यक्ष ओलीको पक्षबाट एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ् लगायतका नेताहरुले बताउँदै आएका थिए। यस्तै नेता नेपालको पक्षबाट पनि सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य लगायतका नेताहरे बताउदै आएपनि पछिल्लो केही दिनयता पार्टी एकताका सम्बन्धमा आशा लाग्दो गतिविधि हुन सकेको छैन। यसैगरी बैठकमा दशाैं महाधिवेशनकाे तयारीका विषयमा पनि छलफल हुनेछ।...
संघर्षपूर्ण जित निकाल्दै इटाली क्वाटरफाइनलमा
खेलकुद, समाचार

संघर्षपूर्ण जित निकाल्दै इटाली क्वाटरफाइनलमा

युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इटालीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इटालीले अष्ट्रियालाई पराजित गरेको हो । उक्त खेलको अन्तिम समयसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि इटालीले वैकल्पिक खेलाडीको दुई गोलमा २-१ गोलको जित निकाल्यो ।  खेलको ९५ औं मिनेटमा  इटालीका वैकल्पिक खेलाडी फेडेरिको किएजाले गोल गरे । त्यसपछि अतिरिक्त समयको १ सय ६ औं मिनेटमा डोनारुम्माले गोल गरे । त्यसपछि खेल सकिन ५ मिनेट बाकीँ रहदा इटालीका फरवार्ड सासा कालाज्डिचले गोल गे ।  जितसँगै इटाली क्वाटरफाइनलमा प्रबेश गरेको छ । अब क्वाटरफाइनलमा आइतबार हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ ।  ...
भारतमा कोरोना संक्रमणबाट एकैदिन १ हजार २५६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमणबाट एकैदिन १ हजार २५६ जनाको मृत्यु

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजारको हाराहारीका संक्रमित फेला परिरहेका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा १ हजार २५६ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९५ हजार ७८० पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४९ हजार ८५१ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड २ लाख ३२ हजार ३२० जना पुगेको छ । हालसम्म २ करोड ९२ लाख ४३ हजार ३ सय ३५ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
सङ्क्रमणरहित उडानको तयारीमा आन्तरिक उडानका एयरलाइन्स
विविध, समाचार

सङ्क्रमणरहित उडानको तयारीमा आन्तरिक उडानका एयरलाइन्स

मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । उपर्युक्त एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् । एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतबारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने जनाएको छ । निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित सङ्ख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन...
थप २ हजार १६ मा कोरोना संक्रमण, ३० को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २ हजार १६ मा कोरोना संक्रमण, ३० को मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ९१४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ८०६ परीक्षण गर्दा ८४२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३० जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ४२ हजार २४ जना आइसोलेसनमा रहेका छन् ।...
कोरोना कहर : दुई दिन यता मृत्यु दर शून्य
समाचार

कोरोना कहर : दुई दिन यता मृत्यु दर शून्य

कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ। गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ। दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५गते पनि मृत्यू दर शून्य रहेको थियो। प्रदेशमा अहिलेसम्म ४३ हजार४४२ सङ्क्रमित पुगेका छन्। प्रदेशमा अहिले सम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ। दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए। प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको म...
दमाम-काठमाडौँ सातामा २ उडान हुने
समाचार

दमाम-काठमाडौँ सातामा २ उडान हुने

कोरोना महामारीका कारण बन्द भएको हवाई उडान फेरि संचालन भएसँगै दमाम-काठमाडौँ सातामा २ उडान हुने भएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै दमाम-काठमाडौं सतामा २ हवाई उडान हुने जानकारी दिएको छ । दूतावासका अनुसार स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना हुने गरी केही मुलुकका लागि सीमित संख्यामा अन्तर्राष्ट्रिय हवाई उडानको अनुमति दिने नेपाल सरकारको निर्णयबमोजिम नेपाल उड्डयन प्राधिकरणले प्रकाशन गरेको साप्ताहिक हवाई उडान तालिका सार्वजनिक गरेको जनाएको छ । जसअनुसार काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा सातामा २ वटा उडान हुने छ भने यसका अतिरिक्त साप्ताहिक रुपमा कतारबाट-७, युएईबाट-५, कुवेतबाट-२ र ओमानबाट-१ वटा उडान राखिएकाले ती मुलुकलाई ट्रान्जिट बनाएर समेत नेपाल दूतावासले जनाएको छ । उडान हुने भएपछि यात्रुहरु नठगिउन भनेर दूतावासले सम्बन्धित एयरलाइन्सका आधिकारीक ट्राभल एजेन्सीमा सम्...
बाढीजन्य जोखिम रोकथाम र व्यवस्थापनको पूर्वतयारीमा महानगर
समाचार

बाढीजन्य जोखिम रोकथाम र व्यवस्थापनको पूर्वतयारीमा महानगर

मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथाम गर्न काम थालेको छ । महानगर भएर बग्ने नदीहरूमा बाढी आउँदा विगत वर्षहरूमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो । विपद व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठ भन्छन्, ‘गएका वर्षहरूमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या थिए । यी बाहेकका क्षेत्रमा पनि समस्या नहोलान् भन्न सकिन्न । यसपाली सक्रिय मनसुन छ । त्यसैले नदी आसपास क्षेत्रमा सावधानी अपनाउन जरुरी छ ।’ श्रेष्ठकाअनुसार अहिले अनामनगर, सामाखुशीलगायत नदी क्षेत्रको सफाइ र पूर्वाधारका माग आएका छन् । ती क्षेत्रमा नदीको बहाव खुकुलो बनाएर निर्वाध जलप्रवाह कायम गराउने काम भएको छ । यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्पहरू, त्रिपाल...
प्रधानमन्त्री: नक्सा र विदेश नीति फेरबदल हुनसक्दैन
समाचार

प्रधानमन्त्री: नक्सा र विदेश नीति फेरबदल हुनसक्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन्। नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्दै उनले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताए । नेपाल कम्युनिस्ट पार्टी (एमाल)का प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा ज्ञवालीले परराष्ट्र मन्त्रीका रूपमा आफ्नो तीन वर्ष तीन महिने कार्यकालका महìवपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार पारेको पुस्तक प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका हुन् । उत्पत्ति कालदेखि नै नेपालले कायम गर...