Saturday, November 21

समाचार

सरकारमा सहभागी नौ नेतालाई पार्टीबाट निष्काशन गर्ने जसपा यादव पक्षको निर्णय
राजनीति, समाचार

सरकारमा सहभागी नौ नेतालाई पार्टीबाट निष्काशन गर्ने जसपा यादव पक्षको निर्णय

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको निर्णय विपरित वर्तमान सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाले जनाएअनुसार आजको बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई पूनः स्पष्टीकरण सोध्ने पनि निर्णय  गरेको छ । पार्टी आधिकारिकताको लागि निर्वाचनमा पूनः निवेदन दिनेपनि आजको बैठकले निर्णय गरेको छ । त्यस्तै, चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ र बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।...
प्राकृति विपद व्यवस्थापन फितलो देखियो
राजनीति, समाचार

प्राकृति विपद व्यवस्थापन फितलो देखियो

-डा.डिआर उपाध्याय, देशको बिभिन्न स्थानमा लगातार वर्षा हुँदा बाढी तथा पहिरोले धन जनको क्षति पु¥याउँदै गइरहेको छ । अहिले सवैको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित छ । दैविक प्रकोपले देशको बिभिन्न स्थानमा मानवीय क्षेतिका साथै धन जनको क्षति भएको छ, यो दुखद कुरा हो । बाढी पिडीतलाई जसले जे सकिन्छ राहातको ब्यवस्था मिलाउन अव ढिलाई गर्नु हुदैन । विस्थापित नागरिकलाई पुनःस्थापित गर्ने कुरामा सरकारको ध्यान छिटो भन्दा छिटो पुग्नु पर्छ । अहिलेको मनसुनी वर्षा निकै बढी हुन सक्ने संकेत दिइसकेको छ । तर, पनि प्राकृति विपद् रोक्न सकिनेगरी कुनै पूर्व तयारी भएको देखिएन । प्राकृति विपद व्यवस्थापन फितलो देखियो । सकिने जति र सम्भव भए जति प्रयास र अग्रिम व्यवस्थापन हुनु पर्दथ्यो । त्यो देखिएन । लगातार चार दिने अविरल वर्षाले देशका विभिन्न ठाउँमा क्षति पु¥याइसकेको छ । पूर्वनेपालको सिन्धुपाल्चोकमा सात जना...
थप २ हजार ६ सय जनामा कोरोना पुष्टि, २ हजार १ सय निको
समाचार, स्वास्थ्य

थप २ हजार ६ सय जनामा कोरोना पुष्टि, २ हजार १ सय निको

बिहिबार नेपालमा २ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ७११ पीसीआर र ४ हजार ४७३ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ६८ र एक हजार जना गरी ८३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४० हजार ४० पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ६६२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १४१ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६१ हजार ७२५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ८ हजार ५९७ जनाको मृत्यु भएको छ । यस्तै देशभर ४८७ जना क्वारेन्टिनमा रहेका छन ।...
चीनसँग ४० लाख खाेप खरिद गर्ने सरकारकाे निर्णय
समाचार

चीनसँग ४० लाख खाेप खरिद गर्ने सरकारकाे निर्णय

 सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदले चीनसँग ४० लाख खाेप खरिद गर्ने  निर्णय गरेकाे हाे।  मन्त्रिपरिषद बैठकले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिए एक मन्त्रीले जानकारी दिए। स्वास्थ्य सेवा विभागसँग यसअघि नै सिनोफर्मले मूल्यलगायतका विषयमा ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ प्रस्ताव गरेको थियो। तर, विभाग आफैंले निर्णय गर्न नसकेपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको सीसीएमसी बैठकमा खोप खरिद प्रक्रियाबारे जानकारी दिएका थिए।  ४० लाख चिनियाँसँगै अमेरिकाको जोनसन एन्ड जोनसनसँग ५० लाख डोज खोप किन्ने विषयमा कुराकानी भएकाे बताइएकाे छ। भारतले आफ्नै मुलुकमा संक्रमण उच्च भएकाले खोप निर्यात गर्न नसक्ने बताएपछि सरकारले चीनसहित तेस्रो मुलुकसँग खरिद प्रक्र...
भारतमा कोरोना संक्रमण दर घट्दै
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण दर घट्दै

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   भारतमा पछिल्लो २४ घण्टामा १ हजार ४११ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार ९३१ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ६७ हजार २९४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९६ लाख ९९ हजार ५ सय ५५ जना पुगेको छ । हालसम्म २ करोड ८४ लाख ८४ हजार ५ सय ४४ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ।  ...
छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ
अपराध, समाचार

छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ

कैलालीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रनाउ विष्टले बताए। मृतकका बुबाविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ।...
साउदी अरेबिया, युएईलगायतका मुलुकमा फेरि हवाई उडान गरिने
समाचार

साउदी अरेबिया, युएईलगायतका मुलुकमा फेरि हवाई उडान गरिने

सरकारले साउदी अरेबिया, युएई, टर्की, जापान तथा मलेसयालगायतका मुलुकहरुमा हडाई उडान सुचारु गर्ने निर्णय गरेको छ। बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले ती मुलुकहरुमा नेपाली कामदारको सख्या उल्लेख्य रहेका भन्दै हडाइ उडान संचालन गर्ने निर्णय गरेको हो। कोरोनाको दोस्रो लहर सुरु भएसँगै अन्तर्राष्ट्रिय हडाइ उडान बन्द गरिएको थियो। तर कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकले ती मुलुकहरुबाट हप्तामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी हडाइ उडान संचालन गर्ने निर्णय गरेको हो। यसैगरी बैठकले  वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ। कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ। यसैगरी बैठकले...
देशभरका केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु अनुरोध
मौसम, समाचार

देशभरका केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु अनुरोध

आज देशभर मनसुनी वायुको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बुलेटिन जारी गर्दै प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक(दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक(दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका अधिकांश स्थानहरुमा हल्कादेखि ...
३२ जिल्ला बाढी प्रभावित, के छ तीन दिनको मौसमी पूर्वानुमान ?
समाचार

३२ जिल्ला बाढी प्रभावित, के छ तीन दिनको मौसमी पूर्वानुमान ?

मनसुनी वायुको प्रभावका कारण देशभर अविरल वर्षा भएपछि देशका विभिन्न जिल्लामा बाढी पहिरोले क्षति गरेको छ। गृह मन्त्रालयका अनुसार मंगलबार र बुधबार गरी देशका ३२ जिल्ला बाढी पहिरोबाट प्रभावित भएका छन्। सिन्धुपाल्चोक र मनाङमा ठूलो क्षति भएको छ भने गोरखा, लमजुङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवनलगायतका जिल्लाहरुमा बाढीले प्रभाव पारेको छ। सरकारका अनुसार बुधबार साँझसम्म बाढी पहिरोका कारण करिब १२ जना विस्थापित भएका छन्। सिन्धुपाल्चोकमा ९ सयजना विस्थापित भएका छन् भने मनाङमा ३ सय जना प्रभावित भएका छन्। यस्तो अवस्थामा आगामी तीन दिनको मौसम कस्तो हुन्छ भन्नेबारे जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको पूर्वानुमान जारी गरेको छ। साँझ ६ बजे जारी गरिएको मौसम बुलेटिन अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका ...
असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह
समाचार

असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह

आन्तरिक राजस्व विभागले असार २५ गते सम्म कर तिर्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले सो जानकारी गराएको छ । विभागले कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको जनाएको छ ।  सूचनामा विभागले मूल्य अभिवृद्धि करको हकमा गत फागुन, चैत र वैशाखको मासिक कर विवरण तथा गत माघ, फागुन, चैत र वैशाख महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकिएको जनाएको छ ।  विभागले तोकिएको समयभित्र कर तिरेमा ब्याज नलाग्ने जनाएको छ ।  ...