Saturday, November 21

समाचार

आजबाट बैंकका सबै शाखा खोल्न पाईने
अर्थ/व्यापार, समाचार

आजबाट बैंकका सबै शाखा खोल्न पाईने

कोरोना महामारीको दोस्रो लहरका कारण हाल बन्द रहेका बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएसंगै मंगलबारबाट सबै शाखा सञ्चालनमा आउन सक्नेछन् । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले वित्तीयक्षेत्रमा तोकेको कोटा प्रणाली हटाएको हो । यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो । जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म मात्रै शाखा संचालन खोल्न दिदै आएको थियो । अव भने कति शाखा खोल्ने भन्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै निर्णग गर्न सक्नेछन् ।...
देउवा, प्रचण्ड र माधवकुमार नेपालबीचको भेटवार्ता
राजनीति, समाचार

देउवा, प्रचण्ड र माधवकुमार नेपालबीचको भेटवार्ता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  सोमबार साझँ विपक्षी गठबन्धनका तीन नेताबीच नेपाल निवास कोटेश्वरमा २ घण्टा छलफल भएको हो । उक्त छलफलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि रहेका थिए ।  उनीहरुबीच लोकतान्त्रिक गठबन्धनलाई कसरी कसिलो बनाएर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद रोक्ने भन्ने बिषयमा छलफल भएको स्रोतको भनाई छ ।  यस्तै उनीहरुबीच नेपाल पक्षले प्रदेशमा ओली पक्षलाई दिएको साथको विषयमा पनि छलफल भएको स्रोतको दावी रहेको छ । यस्तै कोरोना न्यूनीकरणका लागि सरकारको प्रयास फितलो भएको र नागरिकले खोप नपाएको विषयमा छलफल भएको बताइएको छ । ...
स्वास्थ्य सामाग्री सहित खाना वितरण गर्दै कलाकार तथा समाजसेवी
राष्ट्र, विविध, समाचार

स्वास्थ्य सामाग्री सहित खाना वितरण गर्दै कलाकार तथा समाजसेवी

‘कोहि पनि भोका नबसुन’ भन्ने नारा बोकेर स्थापना भएको सामाजिक संस्था ईन्ट्रा नेशनल वेलफेयर सर्पोट फाउण्डेशन अफ अमेरिकाका महानिर्देशक रुद्र बानिया तथा नेपालका लोकप्रिय नायक एवं फाउण्डेसनका नेपाल संयोजक दिलिप रायमाझीको अगुवाईमा राजधानी लगायत देशका विभिन्न स्थानमा राहत वितरण कार्य भैरहेको छ ।हाल नेपालमै रहेका समाजसेवी बानिया तथा नायक रायमाझीले कोरोना रोकथाम र न्यूनिकरणका लागी नेपाल सरकारले लागू गरेको लकडाउनको शुरुवाती चरणदेखि नै विपन्न परिवार र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएका परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्दै आईरहेका छन । अहिलेको विषम परिस्थितीमा कोही नागरिक भोका रहन हुन्न भनेर उक्त फाउण्डेसनका नेपाल सहकर्मीहरु नायक संजित भण्डारी, समाजसेवी बिमला श्रेष्ठ,मोडल निक शर्मा ,नव नायक ओजस थापा,वब श्रेष्ठ तथा भ्वाईस अफ नेपालका बलिया प्रतिस्पर्धी किरण गजमेरको टिमले प्रत्येक दिन राजधानी...
उपत्यकामा अब केही दिन बिराएर मात्रै धारामा पानी आउने
विविध, समाचार

उपत्यकामा अब केही दिन बिराएर मात्रै धारामा पानी आउने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ । मेलम्चीको पानी दुई महिना नआउने भएकाले त्यस अवधिमा दैनिक रुपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले असारदेखि दुई महिनासम्म सुरुङ परीक्षणका लागि लाग्ने जनाएको छ । त्यो अवधिमा उपत्यका भित्रका स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने भएकाले दैनिक बितरण गर्न नसकिएको हो । सैँबु पोखरीबाट १२ दिन, बालाजु पोखरीबाट बितरण हुने स्थानमा नौ दिन, मीनभवन, अनामनगर, महाँकालचौर र ठिमी बोडे आसपासका क्षेत्रमा सात दिन बिराएर पानी बितरण हुनेछ । त्यस्तै, बाँसबारी, पानीपोखरी, भक्तपुर चार दिन र कीर्तिपुर पानीपोखरीबाट वितरण हुने स्थानमा दुई दिन बिराएर बितरण गरिनेछ । दुई महिना पहिलेदेखि उपत्यकामा मेलम्चीको पानी ल्याइएको थियो । दैनिक १७ करोड लिटर पानी आउँदा च...
थप २ हजार ९१८ जनामा कोरोना संक्रमण, ५३ जनाको मृत्यु
समाचार, स्वास्थ्य

थप २ हजार ९१८ जनामा कोरोना संक्रमण, ५३ जनाको मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार १४७ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३८ पीसीआर परीक्षण गर्दा २ हजार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ३८१ परीक्षण गर्दा ८६९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ५३ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ६५ हजार ८०४ जना आइसोलेसनमा रहेका छन् ।...
भारतमा ७४ दिनयताकै सब भन्दा कम कोरोना सङ्क्रमित फेला
अन्तर्राष्ट्रिय, समाचार

भारतमा ७४ दिनयताकै सब भन्दा कम कोरोना सङ्क्रमित फेला

भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो। गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणको कारण ३ हजार ९२१ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७४ हजार ३०५ भएको जनाइएको छ । यहाँ हाल कोरोना सङ्क्रमितको कूुल संख्या २ करोड ९५ लाख १० हजार ४१० पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ। गत २४ घण्टामा १ लाख १९ हजार ५०१ जना कोरोना भाइरस सङ्क्रमित मुक्त भएका छन् । यसैसँग २ करोड ८१ लाख ६२ हजार ९४७ जना कोरोना मुक्त भएका बताइएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त हुने दर ९५।४३ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख ७३ हजार १५८ जना सक्रिय सङ्क्रमित रहेका छन्। कोरोना शुरु भएयता हालसम्म यहाँँ ३७ करोड...
के कोरोनाको खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?
समाचार

के कोरोनाको खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?

अहिले विश्वका धेरै देशमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन थालिएको छ । कोरोना खोप लगाउँदा सामान्य ज्वरो को लक्षण मात्र देखिने गरेको सुनेका छौ ।  तर पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाएपछि शरीरमा देखिने असर बारे हल्ला फैलिरहेको छ । भारतका नासिकका अरविन्द सोनारले खोपको दुई डोज लगाए पछि आफ्नो शरीर चुम्बक जस्तै बनेको र धातुहरु टासीन थालेको दाबी गरिरहेका छन् ।  सोनारले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै सो कुरा दाबी गरेका छन् । तर कोरोना खोपको कारण यस्तो हुनै नसक्ने जानकारहरुले बताउका छन् । यस्तै यस्तो चर्चा चलिरहदा स्वास्थ्य मन्त्रालयले  अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।   मन्त्रालयले खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्तो नहुने बताएको छ । कारोनाको खोप सुरक्षित र प्रभावकारी भएकोले यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने मन्त्...
सुनको मूल्य ७ सय रुपैयाँ घट्यो
अर्थ/व्यापार, समाचार

सुनको मूल्य ७ सय रुपैयाँ घट्यो

साताको दोस्रो दिन सोमबार सुनको मूल्य ७ सय रुपैयाँ घटेको छ। सुनको मूल्य सोमबार ७ सय रुपैयाँ घटेर ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ कायम छ। सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।...
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
विविध, समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।  ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको खनालकाे सचिवालयले जनाएकाे छ। यसअघि कोरोना संक्रमण पुष्टि भएका खनालको नर्भिक अस्पतालमा नै उपचार भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट फर्केका उनी घरमै आराम गरिरहेका थिए।...
एसइईको नतिजा साउन दोस्रो साता
शिक्षा, समाचार

एसइईको नतिजा साउन दोस्रो साता

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले जानकारी दिए। विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ। असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको छ। कुनै अवरोध नभए बोर्डले एसइईको नतिजा आगामी साउन १५ ...