उपत्यकाका सिडियाे बैठक बस्दै, निषेधाज्ञा खुकुलो गर्ने संकेत
जारी निषेधाज्ञा जेठ २० गतेपछि खुकुलो हुने संकेत देखिएको छ। मंगलबार बस्ने उपत्यकाका सिडियोहरुको बैठकपछि निर्णय आउने छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले डिसी नेपालसँग कुरा गर्दै भने, ‘खुकुलो नै हुँदैन होला। तर, खाध्यान्न पसलहरुलाई अलि सहजिकरण गर्ने कि भन्ने कुरा हो। बैठकपछि धेरै कुरा थाहा हुन्छ।’
उनका अनुसार सिडियोको बैठक बस्नु पूर्व सिडियोहरुले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने छन्। स्वास्थ्य मन्त्रालयको कोभिडको डाटा एनालाइसिसपछि सिडियोहरुको बैठक बस्ने छ।‘स्वास्थ्यमन्त्रालयसँगको छलफलपछि कस्तो निष्कर्ष निस्किन्छ भन्ने हो। तर, अहिले नै यही हुन्छ भन्ने छैन,’ पराजुलीले भने।
यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले बैज्ञानिक तरिकाले लकडाउनलाई खुकुलो बनाउने की भन्ने बारे सोचेको बताए। डिसी नेपालसँग उनले भने, ‘हामी अलि बैज्ञानिक तरिकाले जानु पर्छ की भन्...










