काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ ३१ गते सम्म थप
काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पार्ने गरी निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा थप गरेको हो ।
यहाँ गएको बैशाख १६ देखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक आज जेठ ३१ सम्मका लागि निषेधाज्ञा लम्बिएसँगै उपत्यकामा लगातार कम्तीमा डेढ महिना निषेधाज्ञा जारी रहने भएको छ । गएको जेठ १४ मा निषेधाज्ञालाई थप कडा पार्दै खाद्यान्न बिक्री वितरण गर्ने किराना पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गराइएको थियो । अब भने खाद्यान्न र डिपार्टमेन्टल स्टोरहरु खोल्न पाइनेछ । किराना पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ । फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइनेछ । अहिले लागू निषेधाज्ञा बिहीबार राती १२ बजे सकिनेछ । त्यसपछि नयाँ नियम लाग...










