Monday, November 23

समाचार

ॐ चाबहिल डेन्टलको कोटेश्वरमा शाखा ,१ महिनासम्म निशुल्क परिक्षण
अर्थ/व्यापार, समाचार

ॐ चाबहिल डेन्टलको कोटेश्वरमा शाखा ,१ महिनासम्म निशुल्क परिक्षण

ॐ चाबहिल डेन्टलले कोटेश्वरमा आफ्नो शाखा विस्तार गरेको छ । काठमाडौंको चाबहिलमा मुख्य कार्यालयबाट दाँत सम्बन्धि सेवा दिँदै आएको डेन्टलले शनिवार कोटेश्वर चोकमा शाखा विस्तार गरेर सेवा प्रारम्भ गरेको हो । डेन्टल शाखाको उद्घाटन गर्दै आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले अन्य रोगहरूको तुलनामा दाँत एवम् मुखको रोगलाई गम्भीर रूपमा नलिने हाम्रो प्रवृत्ति, सरकारी तथा निजी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दाँत र मुखका रोगहरूबाट मानिसको तत्कालै ज्यान नजाने भन्ने विश्वासले थाहै नपाइ रोगले जटिलता लिइसक्ने भएकाले बेला बेलामा दाँतको परीक्षण गराइरहनुपर्ने बताए । सेवाग्राहीकै अनुरोधमा कोटेश्वरमा शाखा खोलिएको सञ्चालक तथा अस्पतालका अध्यक्ष कृष्ण ...
अग्रज लोकदोहोरी गायक रामप्रसाद खनालको “तिम्री आमा, मेरी आमा”सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

अग्रज लोकदोहोरी गायक रामप्रसाद खनालको “तिम्री आमा, मेरी आमा”सार्वजनिक (भिडियो)

आफ्नो चौध वर्षको अमेरिकाको बसाइलाई पनि रामको १४ वर्षको वनवास जस्तै भनेर तुलना गर्ने अग्रज लोक तथा दोहोरी गायक एबम पत्रकार रामप्रसाद खनालले यस पटक गाएको आफ्नो दोस्रो पारिवारिक, सामाजिक र सन्देश बोकेको गीत “तिम्री आमा, मेरी आमा” भर्खरै सार्वजनिक गरेका छन् ।नेपालका अहिलेका चलेका देखी जाने मानेका सम्म धेरै लोक दोहोरी गायक, गायिकाका पथ प्रदर्शक, गुरु, र उनीहरूलाई टेलिभिजन स्क्रिनमा सिकाइ सिकाइ पहिलो टेक दिने खनालले यस पटकको नेपाल यात्रा र बसाइमा रेकर्ड गरेका सात वटा गीत मध्ये पहिलो कोसेली  “हे कृष्ण, हे राम” धार्मिक भजन गत साता नै सार्वजनिक गरेका थिए । अग्रज लोक गायक, दोहोरी गायक खनाल तिनै व्यक्ति हुन जसले नेपालमा लोक गीत र दोहोरी गीतलाई गाउँ बाट सहर र देश बाट विदेश सम्म पुराएर र यो क्षेत्रको विकास गरेर लोक दोहोरी क्षेत्रको अभिभावकत्व ग्रहण गरेका छन् ।  उनकै सक्रियतामा नेपालमा मेला महोत्सबमा दो...
कुनै पनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन
अर्थ/व्यापार, समाचार

कुनै पनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन

-डा.डिआर उपाध्याय, नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ। प्रकृतिले यति सुन्दर देश नेपाल हिमाल–पहाड–तराई मिलेर बनेको छ। बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजाति सदियौंदेखि मिलेर बसेका छन्। त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धशाली राष्ट्र बन्न सक्ने प्रचुर सम्भावना छ। नेपालको विकास र समृद्धि सम्भव छ। तर, यसका लागि नेपाल चिन्न सक्ने एक दुरदर्शी नेतृत्व आवश्यक छ। अब नेपालका लागि दूरदर्शी नेतृत्व नै अपरिहार्य बनेको छ। कुनै पनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन। देशलाई समृद्धशाली बनाउन देशमा विद्यमान साधनस्रोतहरूको अधिकतम सदुपयोग गर्न आवश्यक छ। त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधनस्रोतहरू जस्तै जल, जंगल, जमिन, जडीबुटी, डाँडाकाँडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबाट...
निकेस, राम, शान्ती श्री र पम्सिराको ‘बनको खरायो’ सार्वजनिक
मनोरन्जन, समाचार

निकेस, राम, शान्ती श्री र पम्सिराको ‘बनको खरायो’ सार्वजनिक

काठमाण्डौ, माघ ७ | तेजनेपाल सिनेकला संवाददाता ग्यालेक्सी दैनिका निकेस पुन, राम रसाइली, शान्ती श्री परियार र पम्सिरा आलेमगरको स्वर रहेको 'बनको खरायो' बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको लोक गीतमा सुनिल क्षत्री, अञ्जली अधिकारी, सुरेन्द्र बसेल र नविना कार्की लगायतका कलाकारहरु फिचर्ड छन् । राम रसाइलीको संगीत र शव्द रहेको गीतलाई बीबी अनुरागीले एरेन्ज गरेका हुन् । भिडियो डीएआर मुभिजको युट्युवमार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/oDBwpOv6UWg  ...
‘तीनवर्षमा आउछु फर्केर’भ्न्दै कलाकार चन्द्र सिंह रुम्बा
मनोरन्जन, समाचार

‘तीनवर्षमा आउछु फर्केर’भ्न्दै कलाकार चन्द्र सिंह रुम्बा

काठमाण्डौ, माघ ७  ग्यालेक्सी दैनिक कलाकार बन्ने चाहना उमेरमा एक समय जो कसैको मनमा उब्जिन सक्छ । तर सबैको चाहना पुरा नहुन सक्छ । अभिनय क्षमता भएकाहरुले भने राम्रै नाम, दाम समाजमा प्रतिष्ठा हासिल गरेको पनि प्रशस्त उदाहरण छ । यसै क्षेत्रमा केहीगर्ने सोच बनाएर मोडलिङको क्षेत्रमा लागि परेका कलाकार हुन् चन्द्रसिंह रुम्बा । नेपालको औधोगिक क्षेत्र मकवानपुर हेटौंडाका स्थानीय रुम्बा यतिबेला खाडी मुलुक दुबईलाई कर्मथलो बनाउँदै फुर्सदको समय मोडलिङमा सकृय हुँदै आएका छन । चन्द्र सिंह रुम्बा म्युजिक भिडियोको क्षेत्रमा परिचित नाम बनिसकेको छ । सानैदेखि कलाकारिताप्रति रुचि रहेको बताउने रुम्बाको अभिनय रहेको ‘तीनवर्षमा आउछु फर्केर' बोल रहेको पछिल्लो भिडियो सार्वजनिक हुने तयारीमा छ । सानुकान्छा रुम्बा र आमा सानुमायाको कोखबाट जन्मेका चन्द्रसिंह रुम्बा चलचित्र ‘नदेखिएको जात’का निर्देशक बेतप्र...
टिकटकमा रुचाइएको ‘बेलौरीको ट्यापे’ सार्वजनिक
मनोरन्जन, समाचार

टिकटकमा रुचाइएको ‘बेलौरीको ट्यापे’ सार्वजनिक

काठमाण्डौ, माघ ६  ग्यालेक्सी दैनिक पछिल्लो समय अत्याधिक टिकटकमा रुचाइएको गीत 'बेलौरीको ट्यापे' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पछील्लो समय युवाहरु अत्याधिक कुलतमा फसेको र यस्तो नगर्न आग्रह गर्दै दुई वर्ष पहिले भिडियो निर्माण भएको शिक्षामुलक भिडियो कोरोना कहरका कारण सार्वजनिक हुन सकिरहेको थिएन । ढिलै भएपनि भिडियो सार्वजनिक भएकोमा मोडल सम्झना ठकुरीले खुशी ब्यक्त गरिन किनभने उनको यो पहिलो भिडियो थियो । र्यापर शिव रानाको शब्द, स्वर रहेको बेलौरीको ट्यापे गीतको पश्चिम नेपालको धनगढीमा छायांकन गरिएको भिडियोमा सम्झना ठकुरी, अविशेक, अञ्जना तमाङग, धर्मेन्द्र लगायत स्थानीय कलाकारहरुको अभिनय रहेको छ भने निर्देशन अविशेक रानाको रहेको छ । https://youtu.be/eaDU0dqOrYI  ...
‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुने
मनोरन्जन, समाचार

‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुने

काठमाण्डौ, माघ ६  ग्यालेक्सी दैनिक जाडो महिना सकिने क्रम र गर्मी शुरु हुन लागेसंगै "समर हट फेशन शो एण्ड म्युजिकल नाइट' हुने भएको छ । स्टुडियो कुबेरको आयोजनामा पेजेन्ट नेपालको सहकार्यमा आयोजना हुन लागेको उक्त फेशन शोको यही ८ गते शनिवारका दिन ११ बजे टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार काठमाण्डौंमा अडिसन हुन लागेको हो । कार्यक्रममा सहभागीता जनाउनका लागि अडिसनकै दिन गएर आवेदन भर्न सकिने छ । कार्यक्रमको ग्राण्ड फिनाले केही महिनापछी हुने र अहिले अडिसन तथा ट्रेनिङ हुने आयोजक स्टुडियो कुबेरका चेयरपर्सन कुबेर तामङगले बताए । अहिलेसम्म गरिएका फेशन शो भन्दा केही फरक र दमदार प्रस्तुती सहित हामी मार्केटमा आउन लागेको कुरा तामाङगले बताए । अहिलेको विषम परिस्थिति पूर्ण सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाएर यस्को अडिसन गरिने र समय अनुकुल हेरेर यसको फाइणल कार्यक्रमको मिती तय गरिने कु...
आयुषी, जिनिसा, प्रिया र अवानिस भए यो वर्षको नेपाल्स लिटिल आइकन २०२२ को विजेता
मनोरन्जन, समाचार

आयुषी, जिनिसा, प्रिया र अवानिस भए यो वर्षको नेपाल्स लिटिल आइकन २०२२ को विजेता

ए.एन.पी. मिडिया हाउसको आयोजनामा नेपाल्स लिटिल आइकनको ११ औं सस्ंकरणको ग्राण्ड फिनाले राजधानीमा सम्पन्न भएको छ । शनिवार राष्ट्रिय नाचघरमा सम्पन्न उक्त प्रतियोगितामा जुनियर गल्र्स तर्फ आयुषी खनालले मोष्ट एक्टिभ सहित उपाधी हात पार्न सफल भईन भने सिनियर गल्र्स तर्फ जिनिसा रोक्का मगरले मस्ट व्यूटिफुल तथा टिन गल्र्स तर्फ बाट भने प्रिया रोक्का मगरले वेष्ट र्याम्प वाक र वेष्ट डान्स सहितको विजेता बन्न सफल भईन भने व्वाईज तर्फको उपाधी अवानिस थपलियाले वेष्ट स्पिच सहित उपाधी हात पार्न सफल भए । विजेता तथा टाईटल विजेताहरुले आकर्षक गिफ्ट ह्याम्पर सहित विभिन्न पुरस्कार प्राप्त गरेका थिए । उपत्यकाका विभिन्न विद्यालयबाट अडिसन मार्फत छनौट भएका प्रतियोगिहरुले करिब १ महिना लामो प्रशिक्षण पश्चात फाईनलमा आफ्ना प्रस्तुती दिएका थिए । सुमी बानियांको कोरियोग्राफी रहेको प्रतियोगितामा करीब ६० जना भन्दा बढि प्रतियोगिहरुको...
चर्चित हेयर डिजाइनर बिगेन तामाङ अब फेसियल हाउसमा
अर्थ/व्यापार, समाचार

चर्चित हेयर डिजाइनर बिगेन तामाङ अब फेसियल हाउसमा

काठमाडौं । नेपालकै नम्बर वान ब्युटी शैलुन फेसियल हाउसमा अब चर्चित हेयर डिजाइनर बिगेन तामाङले सर्भिस दिने भएका छन् । आफ्ना ग्राहकहरूलाई थप केयरिङका साथ सुविधा उपलब्ध गराउने उद्देश्यअनुरूप फेसियल हाउसले नेपालकै चर्चित हेयर डिजाइनर तामाङलाई हालै आफ्नो संस्थामा अनुबन्धित गरेको हो । तामाङलाई फेसियल हाउसले एक कार्यक्रमको आयोजना गरी संस्थामा स्वागत गरेको फेसियल हाउसले जनाएको छ । फेसियल हाउसमा अनुबन्धित भएसँगै अब तामाङले आफ्नो उत्कृष्ट सर्भिस दिनाका साथै कक्षाहरू समेत सञ्चालन गर्ने फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा सौन्दर्यविद सुषमा महराले जानकारी दिइन् । ‘हामीले फेसियल हाउसलाई नम्बर वान मात्रै भनेका छैनौं,’ प्रबन्ध निर्देशक महराले भनिन्, ‘फेसियल हाउसमा उपलब्ध सेवासुविधा पनि त्यही अनुसार उत्कृष्ट र गुणस्तरीय बनाउँदै लगेका छौं ।’ फेसियल हाउसमा आउने ग्राहकहरूको अझ बढी केयरिङका लागि आफूहरूले अनुभवी ...
सरकारको गति सुस्त भयो
राजनीति, समाचार

सरकारको गति सुस्त भयो

-डा.डिआर उपाध्याय, यो बर्तमान गठबन्धन सरकारबाट नेपाली जनताले जुन किसिमको आशा गरेका थिए त्यो अनुसार काम हुन सकेन । वर्तमान सरकारले ६ महिना अवधि पूरा गरिसकेको छ । सरकार बनेदेखि यता यो सरकारसँग धेरैले धेरै कुराको अपेक्षा गरेका पनि हुन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न झन्डै तीन महिना कुर्नुप¥यो । जबकि, यो तीन महिना सरकारको कामको सुरुवाती हेर्ने अवधि थियो । उनले ८८ दिनपछि मात्र असोज २२ मा मन्त्रिपरिषद् विस्तार गरे । नेपाली जनताले यो सरकारबाट के पाए ? देशमा सुशासन कायम गरेको खै ? सरकारको प्राथमिकताका बिषय के के हुन ? अर्थतन्त्र ओरालो लाग्दै छ । कोरोनाविरुद्ध खोपबाहेक जनताको नजरमा सरकार खासै देखिएन । सरकारको गति सुस्त भयो । सरकारले काममा गति दिन सकेन । अहिले गतिका साथ काम गर्नेबेला थियो । संघीयतालाई व्यवस्थापन गर्न अत्यावश्यक कानुन निर्माण गर्नुपर्ने...