डीआर म्युजिक क्रियशनद्वारा चेपाङ बस्तीमा लता कपडा वितरण तथा जागरण गीत छायांकन
चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा डीआर म्युजिक क्रियशनद्वारा लता कपडा वितरण गरिएको छ । कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डीआर उपाध्यायले यो समुदायमा आएर लता कपडा वितरण गर्नुभएको हो । चेपाङ पत्रकार नेपोलियन चेपाङको गाउँ रहेको जिमलिङ चौतारामा ५५ घर परिवारका सदस्यलाई लता कपडा वितरण गरिएको थियो भने खाना खुवाइएको थियो । सो अवसरमा डा. उपाध्यायको चेपाङ जागरणसम्बन्धी गीतको पनि छायांकन गरिएको थियो ।
पिछडिएको चेपाङ समुदायका विषयमा गीत लेखेर त्यसको छायांकन र राहत कार्यक्रम लिएर आएकोमा डा. उपाध्यायका कार्यलाई सबै चेपाङ समुदायले स्वागत गर्नुका साथै धन्यवाद ज्ञापन गरेका थिए । ‘पिछडिएको समुदाय चेपाङ समुदयमा आएर डा.डीआर उपाध्यायले गरेको सामाजिक कार्य तथा हाम्रै लागि जागरणसम्बन्धी गीत लेख्नु भएकोमा हामी सबै आभारी छौं, यसका लागि उहाँलाई हामी धन्यवाद ज्ञापन गर्दछौ’, पत्रकार नेपोलीयन चे...










