Friday, November 20

समाज

सगरमाथा आधार शिबिरमा अमेरिकी बैज्ञानिक सम्मीलित बिचार गोष्ठी सम्पन्न
विज्ञान विविध, समाचार, समाज

सगरमाथा आधार शिबिरमा अमेरिकी बैज्ञानिक सम्मीलित बिचार गोष्ठी सम्पन्न

विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थानमा आयोजना भएको जलवायु परिवर्तन सम्बन्धि बिचार गोष्टि सम्पन्न भएको छ। सगरमाथा दिवसको अवसरमा सगरमाथा कै आधार शिबिर ५३६४ मिटरको उचाईमा उक्त गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठीमा सहभागी हुन Colorado state university, USA का वरिष्ठ वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joel Berger, University of Colorado Boulder, USA को वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joanna Lambert नेपाल आउनु भएको थियो। विश्व भर तीब्र गतिमा जलवायु परिवर्तनको असर देखिएको र त्यसको असर अविकसित राष्ट्र नेपाल जस्तो देशहरुलाई तीब्र गतिमा परि रहेको छ। ०.०२५% कार्वन उत्सर्जन गर्ने नेपाल अहिले चौथो पीडित राष्ट्रमा पर्दछ। जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर गर्ने विज्ञहरुको भनाई छ। कतिपय विज्ञहरुले पाच वर्ष भित्र सगरमाथा आधार शिबिर तालमा परिणत हुने प्रक्षेपण...
अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ
मौसम, समाचार, समाज

अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ

काठमाडौं -विश्व कीर्तिमानी समाजको आयोजनामा सर्बोच्च शिखर सगरमाथा आधार सिबिरमा हुन लागेको ‘वल्र्ड हाइएस्ट क्लाइमेट समिट’ को लागि अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ जाने भएको छ । जलवायु परिवर्तनको असरले पारेको असर र न्यूनीकरण सम्बन्धि बैज्ञानिक तथ्यहरूलाई विश्व समुदाय पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना हुन लागेको हो । त्रिभूवन विश्वविद्यालय र अमेरिका कोलोराडो स्थित कोलोराडो विश्वविद्यालयको वरिष्ठ वातावरण बैज्ञानिकहरूको सहभागितामा कार्यक्रम सम्पन्न हुन लागेको हो । मंगलबार काठमाडौं आइपुगेका दुई जना वातावरण बैज्ञानिक र त्रिभुवन विश्वविद्यालयका बैज्ञानिक टोलीसहित आधार शिबिर जाने टोलिलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीवार उपराष्ट्रपति कार्यलयमा झण्डा हस्तान्तरण गर्नु भएको थियो । विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्चबहादुर राईलाई पुनले झण्डा हस्तान्तरण गर्दै कार्यक्रमक...
विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’
विविध, समाचार, समाज

विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’ प्रदान गरिएको छ । उहाँलाई अमेरिकाको शैक्षिक उत्कृष्टताको राष्ट्रपति पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार डा. उपाध्यायलाई ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहले प्रदान गर्नुभएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनको हस्ताक्षर रहेको यो पुरस्कार निकै सम्मानित पुरस्कारका रूपमा मानिन्छ । डा. उपाध्यायले आफू पुरस्कार समारोहमा जान नपाएको र ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहमार्फत पुरस्कार ग्रहण गरेको बताउनुभयो । गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौँ गीत र भिडियो श्रोता÷दर्शकमा आएका छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ...
मिलाप स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान
समाचार, समाज

मिलाप स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान

काठमाडौं- विगत बाह्र वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान-प्रदान’ कार्यक्रम गरेको छ । काठमाडौंको कान्तिपथमा एक विशेष सामारोहबीच मिलापले पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा शुभकामना तथा मिलाप स्रष्टा सम्मान कार्यक्रम गरेको हो । पहिलो महिला छायांकार तथा नेपाल टेलिभिजन बोर्ड सदस्य सबनम मुखिया, गीतकार संघका निर्वतमान अध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा, रेडियो प्रसार सेवा विभाग समितिका सदस्य तथा वरिष्ठ गायक सीताराम पोख्रेल, सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवालगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको शुभारम्भ गायक तथा संगीतकार शिशिर योगीले ‘यो देशमा म एउटा मान्छे खोजिरहेको छु….’ बाट गर्नुभएको थियो । समारोहमा टीका-गोपाल गीतसंगीत विशेष सम्मान-२०७९ बाट संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरि...
दुखी र उपचार विहिनका सारथी बन्दै कृष्ण परियार
समाज

दुखी र उपचार विहिनका सारथी बन्दै कृष्ण परियार

काठमाडौ – लामो समयदेखि देशका विभिन्न भागमा रहेका दुखि ,गरिब निमुखा र पिडामा परेकाहरु तथा सहयोगको आवश्यकता परेकाहरुका लागी अहोरात्र खटिने व्यक्ति हुन कृष्ण परियार । सानै उमेरदेखि सहयोगी भावना भएका कृष्ण अहिले २३ बर्सको भए । हाल उनि टुकी नेपाल भन्ने संस्थामा आवद्ध भएर आफुले गरेका सामाजिक कार्यको भिडियोलाई सार्वजनिक गरि दुखी गरीबको घाउमा मल्हम लगाएको प्रष्ट देख्न सकिन्छ । २०७३ साल देखि नै परियारले मिडिया क्षेत्रमा राम्रो योगदान दिएका थिए । रडियो बाट सुरु गरेका पत्रकारिता बाट धेरै काम गरे पछि आफ्नै युटुयूब च्यानल मार्फत पिडित व्यक्तिहरुलाई सहयोग गरेको भिडियो प्रसारण गरेको देखिन्छ । बालापन निकै दुख र कष्ट मा बितेको कृष्णको जिन्दगि उनी अझै सम्झिन्छन । आफु निकै गरिबीमा हुर्केका र ३ दाजु भाई मध्ये कान्छो छोरा भएका कारण घरायसी समस्यका बावजुद सामाजिक कार्यमा उत्साहित हुदै उपचारबाट वंचित दुखी गरिवल...
काभ्रेको धुलिखेलमा जेसिजको क्षेत्र ‘ग’ सम्मलेन
समाचार, समाज

काभ्रेको धुलिखेलमा जेसिजको क्षेत्र ‘ग’ सम्मलेन

काभ्रेको धुलिखेलमा नेपाल जेसीजको क्षेत्र ‘ग’ का अध्यक्षहरुको सम्मेलन धुलिखेलमा काभ्रे लेडिज जेसीजको आयोजना गरिएको छ । सम्मेलनमा ३७ वटा शाखाका अध्यक्षहरुको सहभागिता रहेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्मेलनको उद्घाटन गर्नु भएको थियो । ‘समुदायमा आधारित सामाजिक अभियानमा मात्रै नभई विपद ब्यवस्थापन, उद्धार तथा राहतमा समेत जेसीजले महत्वपूर्ण भूमिका खेलेको छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘भुकम्प, कोरोना महामारी तथा अन्य विपदमा जेसीजको सक्रिय भूमिकाको प्रशंसा गर्दछु ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेले सामाजिक अभियानमा मात्रै नभई जेसीजले नेतृत्व विकासमा पनि अतुलनिय योगदान पु¥याएको बताउनु भयो । ‘समाजमा केहि गरौ भन्ने सोच बोकेका ब्यक्तिहरुलाई समेट्दै क्षमता अभिबृद्धीका साथै नेतृत्व विकासमा अगुवाई गरेको छ’–प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो–‘समाजलाई सकारात्मक ग...
अब जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ
विचार, समाचार, समाज

अब जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ

-डा.डिआर उपाध्याय, आज देशको अबस्था नाजुक बन्दै गइरहेको छ । राजनीतिक दल र तिनका नेताहरु मुलुकको भबिश्य बनाउने भन्दा पनि जसरी हुन्छ आफै बन्ने ध्यानमा छन । मुलुकको ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । महंगीले आकाश छोएको छ । सर्बसाधरण जनतालाई बिहान बेलुकाको छाक टार्न धौ धौं छ । देशमा बेरोजगारी समस्या त्यस्तै छ । युवाहरु रोजगार नपाएर सडक सडक भौतारिदै हिडिरहेका छन । आज देशमा गम्भिर समस्या देखा पदै छन । सरकार समस्या समाधान गर्ने कुरामा गम्भिर बन्नु पर्छ । देशमा रोजगारी सिर्जना गरी युवाहरुलाई रोजगार दिने ब्यवस्था सरकारले गर्नु पर्छ । युवाहरु निराश बनिरहेका छन । उनीहरुले देशको भबिश्य देख्न सकिरहेका छैनन् । राजनीतिक दल र तिनका नेताहरुको पछि लागेर युवाहरुले के पाए ? यो गम्भिर प्रश्न हो । अब सबैले गम्भिरताका साथ सोच्ने बेला आएको छ । सधै भरी यस्तै अबस्था हुने हो भने देश कहिले बन्छ ...
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले  १०३ विश्व रेकर्ड पुर्‍याउने
समाचार, समाज

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले १०३ विश्व रेकर्ड पुर्‍याउने

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा गर्नुभएको छ । यस अघि गीत संगीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले चैतमा १०३ विश्व रेकड पुर्‍याउने लक्ष्यका साथ तयारी गरिरहेको मंगलबार राजधानीमा गरिएको पत्रकार भेटघाटमा जानकारी गराउनुभयो । उक्त पत्रकार भेटघाटमा उहाँले आफ्ना गीत र सिर्जनाका बारेमा ‘क्विज’ प्रतियोगिता पनि गराउनुभएको थियो । क्विज प्रतियोगिताका दश जनालाई उपहार प्रदान गरिएको थियो । यस्तै सो पत्रकार भेटघाटमा डा. उपाध्यायले आधा घण्टा लगातार आफ्ना १०२ गीतको ब्रिफिङ गर्नुभएको थियो । कार्यक्रममा गीतकार तथा साहित्यकार गणेश सुवेदी, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, बरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’, मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रकार संघ प...
नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ
समाचार, समाज

नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ

-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति त्यति गम्भिर भएको देखिएन । नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ । देशको भाग्य र भबिश्य निर्माण गर्ने भनेको नै राजनीतिक दल र तिनका नेताहरुले हो । राजनीतिलाई सबैले सेवाभावले हेर्नु पर्छ । राजनीतिमा गलत कार्य हुन थाल्यो भने जनताले बिश्वास नगर्न सक्छन । पछिल्लो समय राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ । अब राजनीतिक दल र तिनका नेताहरुले गम्भिर भएर सोच्नु पर्छ । मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग अगाडी बढाउनु आजको आबश्यकता हो । यो तर्फ सबैको ध्यान जान जरुरी छ । मुलुक सबै हिसावले कमजोर बन्दै गइरहेको अबस्था छ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारी आमजनताको प्राथमिकताको विषय बन्नु पर्छ । राजनीतिक दल र तिनका नेताहरु यो बिषयमा गम्भिर बन्नु पर्छ । आफ्नै स्वार्थ र अवसरका लागि नेताहरु दौढ धुपमा छन । यसरी मु...
आचार्यका एकसाथ विभिन्न विधाका चार कृति लोकर्पण
समाचार, समाज

आचार्यका एकसाथ विभिन्न विधाका चार कृति लोकर्पण

लेखक तथा साहित्यकार खिमानन्द आचार्यका विभिन्न विधाका चार वटा कृति एकसाथ लोकर्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमबीच प्रज्ञा प्रतिष्ठानका कुलपति डा‍‍. गंगाप्रसाद उप्रेतीले कृति लोकार्पण गर्नुभएको हो । ‘डिभर्ना-काठमाडौँ समाज’ द्वारा आयोजित कार्यक्रममा आचार्यको कवितासङ्ग्रह ‘आस्थाका प्रतिबिम्बनहरू’, कथासङ्ग्रह ‘पागल बस्ती’, लघुकथासङ्ग्रह ‘पश्चाताप’ र गीतिसङ्ग्रह ‘मनका तरङ्ग’ को विमोचन गरिएको हो । विगतमा गोरखापत्र संस्थानका प्रशासकीय अधिकृत रहनुभका आचार्य संयुक्त राज्य अमेरिकामा केही वर्षको बसाइपछि साहित्यिक कोसोली लिएर हाल स्वदेश फर्कनुभएको हो ।   कृति सार्वजनिक कार्यक्रम डा. रामबहादुर विसीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्रष्टा आचार्यले आफ्नो लेखनको सुरुवात २०३७ सालतिरबाट भएको जानकारी गराउँदै आफ्नो पहिलो...