Friday, November 20

समाज

रामेछाप काठमाडौं सम्पर्क समिति लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण
समाचार, समाज

रामेछाप काठमाडौं सम्पर्क समिति लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण

कोरोना भाइरस संक्रमणबाट मुलुक आक्रान्त भएको र लाखौं संक्रमित तथा हजारौंले ज्यान गुमाउनु परेको अवस्थामा नेपाली काँग्रेस गाऊ एकाई समिति माकादुम, नेपाल तरुण दल माकादुम, रामेछाप काठमाडौं सम्पर्क समितिको पहलमा मास्क , सेनिटाईजर, नर्मलबेड दुईसेट,सिटामोल, मल्टीभिटामिन, अक्सोमिटर, थर्मोगन्, थरमोमिटर, पिपी इँसेट, फेससिल्ड, निम्स,पञ्जा, लगायतकाे स्वास्थ्य सामग्री खाँडादेवी गाउँपालिका वडा नं ६ स्थीत स्वास्थ्य चौकी माकादुम , ई प्र का खाँडादेवी र साबिक ९ वटा वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ । यस्तो सहयोग र अभियानले नेपाल प्रहरी र अन्य सुरक्षाकर्मीहरुमा आत्मबल बढ्ने तथा सुरक्षित पनि हुने हुँदा अभियान थालनी गरेको नेपाल तरुण दल रामेछाप प्रदेश ‘ख’ को सदस्य तथा अभियानका सदस्य कुशल खत्रीले बताए ।  रामेछाप काठमाडौं सम्पर्क समिति को पहलमा सहयोगि हातहरू :- राजनारायण श्रेष्ठ बाट मास्क – ...
थप कडाइका साथ थपिएको निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइदैन ?
समाचार, समाज

थप कडाइका साथ थपिएको निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइदैन ?

कोभिड­-१९ सङ्क्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश यही जेठ १४ गते विहान १ बजेबाट लागू हुने छ । काठमाडौँ उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको आजको बैठकले आगामी एक साता निषेधाज्ञा लम्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । यसअघिको यही १३ गते राती १२ बजेसम्मका लागि आदेश जारी भएको थियो । यसपाली भने किराना पसल पनि बन्द गरिएको छ । विहानी बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ । उनका अनुसार यसपाली निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री (तरकारी, फलफूल, दुध, डेरी, मासु, खानेपानी र ग्याँस) खरिद, विक्रीका लागि विहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि विहान १० बजेसम्म खुला गरिएको थियो । अहिले...
काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, अझै कडाई गरिने
समाचार, समाज

काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, अझै कडाई गरिने

काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एकसाताका लागि लम्बिएको छ । मंगलबार कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी भएपछि त्यसमा भएका प्रावधान कार्यान्वयन गर्न आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेको हो। निषेधाज्ञालाई थप कडाई गर्ने र उल्लंघन गरे जरिवान समेत गर्ने गरी जारी गरिएको अध्यादेशको प्राब्धानलाई कार्यान्वनको विषयमा छलफल गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको हो। सरकारले जारी गरेको नयाँ अध्यादेशले निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैदसम्मको व्यवस्था गरेको छ। नयाँ अध्यादेशको उल्लंघन गर्नेविरुद्ध छ महिनासम्म कैद र तीनलाखसम्म जरिवानाको व्यवस्था गरेको छ। नयाँ अध्यादेश अनुसार मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक एक सय रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा समेत...
महामारीको संकटमा एकले अर्कालाई साथ दिनुपर्छ
समाचार, समाज

महामारीको संकटमा एकले अर्कालाई साथ दिनुपर्छ

-डा.डिआर उपाध्याय, केही समय अघि देखी कोरोना महामारीले देश थलिएको अवस्था छ । कोरोना भाईरसका कारण निषेधाज्ञा जारी गरिएको र त्यसवाट उत्पन्न समस्याले देशको अर्थतन्त्र पनि कमजोर बनेको छ । अहिले सम्म माहामारी नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा आम नागरिक चिन्तित बनेर बस्न बाध्य छन । निषेधाज्ञा र यसवाट उत्पन्न समस्याले आज धेरैको रोजीरोटी खोसिएको अवस्था छ । बिहान बेलुकाको हात मुख जोडन समेत धेरैलाई धौ धौ भईरहेको छ । जनताको जनजीवन र अहिलेको अवस्था अत्यन्तै जटिल बन्दै गएको छ । जनताको समस्या समाधान गर्ने भन्दा पनि दलहरु आफनै स्वार्थमा केन्द्रित बनिरहेका छन । आज देशको राजनीति सहि ढंगले अघि बढन सकिरहेको छैन । राजनीति सहि ढंगले अघि बढन नसक्दा देशमा धेरै समस्या उत्पन्न भईरहेका छन । शक्ति र स्वार्थका लागी दल र तिनका नेताहरुले जे मन लाग्यो त्यही गरिरहेका छन । नेताले जे गर्दा पनि नागरिक चुप लागेर...
नेको इन्सोरेन्सको बोनस सेयर घोषणा
अर्थ/व्यापार, समाज

नेको इन्सोरेन्सको बोनस सेयर घोषणा

नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। कम्पनीको जेठ ९ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। सञ्चालक समितिको बैठकले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८२ प्रतिशत नगद गरी १६ दशमलब ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।...
नारेश्वर युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग
समाचार, समाज

नारेश्वर युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग

गोरखा । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरुलाई नारेश्वर युवा समाजले सहयोग हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरको कार्यालयमा समाजले सहयोग जुटाएर स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग हस्तान्तरण गरेको हो । गायक तथा संचारकर्मी एवम् संस्थाकाे सल्लाहकार लवकुमार भट्टको अगुवाई नारेश्वर युवा समाजले देशविदेशबाट सहयोग जुटाएर लकडाउनको मारमा परेका गरीब, असहाय, अपाङ्ग र एकल महिलाहरुलाई सहयोग गरेको हो । समाजले काठमाडौंदेखि गोरखा नारेश्वरमा पुगेर जेठ ८ गते शनिबार उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोग लिएर काठमाडौंदेखि गायक तथा संचारकर्मी लवकुमार भट्ट, रुपेश विश्वकर्मा, सुवास थापा र पत्रकार सुमन पण्डित लगायतको टोली गोरखा नारेश्वर पुगेको थियो । गारेखा नारेश्वरको शान युव जनशक्तिको अभियान भन्ने नाराका साथ ‘अहिले नगरे कहिले गर्ने हामीले नगरे...
आत्मवललाई उच्च बनाऔं
समाचार, समाज

आत्मवललाई उच्च बनाऔं

-डा.डिआर उपाध्याय, अहिले हामीे कोरोना महामारीसँग लडिरहेका छौँ। यति बेला हामीलाई ठूलो सकस परिरहेको छ । रातमा निर्दा लाग्दैन । दिनमा छटपटि छुटछ । घरमा बसिरहँदा मनमा अनेक कुरा खेलिरहन्छन । आज देशका बिभिन्न ठाउँमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । यो महामारी नियन्त्रणका लागि देशका बिभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी छ । सवैले सामाजिक दुरी पनि पालना गरिरहेका छौं । तर पनि अझै कोरोना भाईरस नियन्त्रणमा आउन सकेको छैन । महामारी नियन्त्रणको लागी अव सवैले आआफ्ना स्थानबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने आबश्यकता छ। यो महामारी नियन्त्रण गर्न सरकारको मात्र एकल प्रयासले सम्भव छैन । सरकारलाई सघाउन सवैले महत्वपूर्ण भूमिका खेलौं । कोरोना संक्रमणले डर लाग्दो रुप लिदै आएको छ । सवैले धर्य गरौं, हतास मनस्थिती नवनाऔं । आत्मवललाई उच्च बनाऔं । आत्मवलले मान्छेलाई बाँच्न सिकाउँछ । मनमा अनाबश्यक कुरा खेलाए...
धन हुनेको मन छैन, मन हुनेको धन छैन
समाचार, समाज

धन हुनेको मन छैन, मन हुनेको धन छैन

डा.डिआर उपाध्याय, आज देश बिषम परिस्थितीवाट गुर्जदै छ । कोरोनाको डरले मान्छे घरवाट बाहिर निस्केका छैनन् । देश भरीका अस्पतालमा अक्सिजनको अभाव भइरहेको समाचार दिनौं जसो आईरहेका छन । अक्सिजन दिइरहेको बिरामी अक्सिजन सकिएर मरेको समाचार आउँछन । यो भन्दा दुखद कुरा अरु के हुन सक्छ ? सरकारले पूर्व तयारी नगरेको कारण यो भयावह परिस्थिती निम्तिएको हो । यदि समयमा सरकारले पूर्वतयारी गरेको भए यो स्थिती आउँदै आउने थिएन । भारतमा कोरोनाको दोस्रो लहर प्रवेश गरेको थाहा हुँदा हँदै पनि सकारले किन पूर्व तयारी गर्न सकेन ? सरकारलाई केले रोक्यो ? प्रश्न यो पनि हो । आज देश बडो दुख्खमा छ । सिंगो देश रोएर बसेको छ । आज राजनीतिक दल र तिनका नेताहरु सत्ता स्वार्थको हडडी लुछाचुडी गर्न ब्यस्त छन । यो बेलामा सत्तालाई भन्दा कोरोना नियन्त्रण र यसको ब्यवस्थापन गर्ने तर्फ दल र तिनका नेताहरुको ध्यान गए हुन्थ्यो भन्ने आमनागरिकक...
इन्टरनेशनल डाइरेक्टर पदका लागि लायन सिटौलाले गरे उम्मेदवारी घोषणा
राजनीति, समाचार, समाज

इन्टरनेशनल डाइरेक्टर पदका लागि लायन सिटौलाले गरे उम्मेदवारी घोषणा

लायन्स क्लब्स इन्टरनेशनल पुर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौला पी एम जे एफ (१६ डाइमण्ड)सेकन्ड सेन्चुरी एम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा इन्डोर्सी पदका उम्मेदवारमा मनोनयन दर्ता गरेका छन। उनले  आगामी जेठ २१ र २२ गते हुने लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । अन्तर्राष्ट्रिय लायन्सको क्षेत्रमा उनि आफू गभर्नर हुँदा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । आफ्नो गभर्नरकाल(२००६- 0७)मा   सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डा समेत फहराउन सफल सिटौलाले आज नेपालको झण्डा विश्वको २ सय भन्दा बढी राष्ट्रहरुमा फहराउन अघि बढेका छन् । विश्वका २ सय भन्दा बढी देशमा फैलिएको लायन्स क्लब मार्फत उनी यस अभियानलाई सफल पार्न कम्मर कसेर लागेका छन् । सफल नेतृत्वको पर...
दोलखाको भीमेश्वर मन्दिरको शीलामा पसिना आयो
समाचार, समाज

दोलखाको भीमेश्वर मन्दिरको शीलामा पसिना आयो

 दोलखास्थित भीमेश्वर मन्दिरको शीलामा पसिना आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै शनिबार दिउँसो सवा १२ देखि साढे १ बजेसम्म शीलामा पसिना आएको जनाएको हो । पसिना आएपछि मन्दिर व्यवस्थापनको जानकारीको आधारमा जिल्ला सुरक्षा समितिका अधिकारीहरु त्यहाँ पुगेका थिए । मन्दिरमा क्षमापूजा समेत गरिएको जारी विज्ञप्तीमा उल्लेख छ । चलिआएको परम्पराअनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाइने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शीलामा पसिना आएको प्रशासनले जनाएको थियो ।...