Friday, November 20

समाज

यो भयावह परिस्थितीको घर भित्रै बसेर सामाना गरौं
समाचार, समाज

यो भयावह परिस्थितीको घर भित्रै बसेर सामाना गरौं

डा.डिआर उपाध्याय, आज म अलि भावुक र चिन्तित पनि छु । केहि सोच्न सकेको छैन । किन हो कुन्नि । आज पटक्कै निर्दा लागेन । मेरै मनमा द्धन्द्ध चर्किरहेको छ । म स्वभावले अलि आशावादी मान्छे हुँ । अव त के आश गर्ने के नगर्ने अलि दोधारमा छु । यहि १६ गते देखि एक साताको लागी बन्दावन्दी हुदैछ । थप यो कति लामो जाने हो यसै भन्न सकिने अवस्था छैन । आज म मात्र होइन, यो बिषयमा म जस्ता धेरै मानिसहरु चिन्तित होलान । श्रमजीवि मजदुर पनि चिन्तित होलान । उनलाई म के भनु । गत बर्षको लकडाउनले अझै पनि झलझलती सम्झाईरहेको छ, घरि घरि झस्काईरहेको छ । म यसो सोच्छु , बिचार गर्छु , फेरि घरभित्र कति समय बित्ने हो । गत बर्षको अनुभव बसिरहन पनि नसकिदो रहेछ । दिगदार लाग्दोरहेछ । मान्छेले जस्तो पनि सहनु पर्छ । धर्य रहन सिक्नु पर्छ । कोरोना जस्तो घातक रोग संग खेलवाड पनि त गर्नु भएन नी । म आफु सचेत र सतर्क हुन्छु । तपाईहरु पनि...
शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा आगलागी
समाचार, समाज

शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा आगलागी

काठमाडौंकाे बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा आगलागी भएको छ। आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएको प्रहरीले जनाएको छ। बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। निभाउनका लागि दमकल परिचालन गरिएको छ। हेलिकोप्टरबाट पनि पानी हालेर निभाउने प्रयास भइरहेको छ। प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन्। आगलागी नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाल्ने तयारी भइरहेकाे छ।...
आजदेखि बिस्केट जात्रा सुरु हुँदै
समाचार, समाज

आजदेखि बिस्केट जात्रा सुरु हुँदै

भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा आजदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालनाका साथ जात्रा मनाइने छ । आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिने छ । भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने भएको छ । गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३० बजे नित्य पूजा सम्पन्न गर्ने जानकारी दिँदै बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्नुपर्ने नियम बनाइएको बताए ।तान्त्रिक...
व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुने
समाचार, समाज

व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुने

गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको छ । १६ गतेसम्म अभियान सञ्चालन हुने विभागले जनाएको छ । विभागले जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन गर्न लागेको हो । व्यक्तिगत घटना दर्ताको महत्त्व प्रचारप्रसार गर्ने उदेश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताउनुभएको छ । सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ । अभियान सञ्चालनका लागि ७५३ पालिकाहरुमा नै सर्कुलर जारी गरिएको विभागले जनाएको छ । विभागले आफ्नो वडा अथवा...
मेरो पैदल यात्रा
समाचार, समाज

मेरो पैदल यात्रा

-डा.डिआर उपाध्याय, केहि दिन अघिको कुरा हो । म एउटा बिकट जिल्लाको पहाडी भेगमा घुम्न निस्किएको थिए । बाटाहरु उकाली र ओराली मात्र थिए । म जुन ठाउँमा जानु थियो त्यो ठाउँमा यातायातको सुविधा थिएन । यातायातको सुविधा नभए पछि पैदल हिडनै पर्ने बाध्यता आयो । उकालो र ओरालो गर्ने मेरो रहर पनि थियो । तर त्यो रहर धेरै कठिन भयो । तप तप पसिना चुहाउँदै उकालो निस्कनु पर्ने रहेछ , घरि घरिमा ओरालो पनि झर्नु पर्ने रहेछ । जे होस् पहाडी भेगको यात्रा कठिन हुँदो रहेछ । मलाई जान्नु र बुझनु थियो की पहाडको जनजीवन कस्तो हुन्छ ? मलाई त्यो कठिन यात्राले धेरै सिकाएको छ । त्यसै बेला म एउटा चौपारीमा बसेर सितल र मिठो हावा खाइरहेको थिए । बसिरहेको ठाउँमै चारैतिरबाट चिसो हावा आउँदो रहेछ । मलाई आनन्द आयो । त्यही बेला चौपारी देखि तल एउटा गोरेटो बाटामा भारी बोक्दै एक जना अधवैसे युवा उकालो चढिरहेका थिए । ती युवाले तप तप पसिना...
नेशनल सोसल वेयलफेयर अवार्ड कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सम्मानित
समाचार, समाज

नेशनल सोसल वेयलफेयर अवार्ड कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सम्मानित

सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गर्नुभयो । सोसल वेयलफेयर अवार्ड पाउनु हुनेहरुमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियान्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी तथा पत्रकार रुपा सर्मा नेहा,महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, वुटवलका युवा व्यापारी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम सञ...
महिलाहरुको अस्मिता माथि किन खेलवाड ?
समाचार, समाज

महिलाहरुको अस्मिता माथि किन खेलवाड ?

डा.डिआर उपाध्याय, देशमा राजनीतिक स्थिरता भएन भने सामाजिक, सांस्कृतिक, आर्थिक, सवै क्षेत्रमा प्रभाव पर्छ । अहिले देश राजनीतिक अस्थिरताकै कारण अन्योलमा छ । नेपाली समाज विषम परिस्थितिसँग जुध्दै छ । देशले सही बाटो लिएर अगाडि बढ्न नसकिरहेको अवस्था छ । नेपाली समाजमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरु दिन–प्रतिदिन बढदै गएका छन । अहिले बिभिन्न सञ्चारमाध्यममा हत्या, हिंसा, बलत्कार, अपहरणजस्ता अपराधका समाचारहरु आइरहेका छन । समाजमा दण्डहीनताको वृद्धि भैरहेको अवस्था छ । आज समाजमा घरेलु हिंसा, बालहिंसा, दलित हिंसा, महिला हिंसा, एसिड आक्रमण, बलात्कार, महिला तथा किशोरीहरुमाथि हुने यौन दुराचारजस्ता अपराधका घटनाहरु दोहोरीरहेका छन । अव समाजमा जनचेतना जगाउनु पर्ने आबश्यकता देखिएको छ । समाजमा यौन हिंसा–हत्या, आफ्नै हाडनाताभित्र हुने गरेका घटनाहरु बिभिन्नसञ्चारमाध्यमहरुमा आउने गरेको देखिन्छ । नैत...
काभ्रे केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो
समाचार, समाज

काभ्रे केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो

काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । काभ्रे र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।
नारी दिवसको अवसरमा काठमाडौ लेडि जेसिसको आयोजनामा ‘नारी सम्मान’
समाचार, समाज

नारी दिवसको अवसरमा काठमाडौ लेडि जेसिसको आयोजनामा ‘नारी सम्मान’

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौ लेडि जेसिसको आयोजनामा नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौ महानगरपालिकाका उपमयेर हरि प्रभा खड्गीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा क्याप्टेन लुना प्रधान, पहिलो महिला बाईक राईडर रिता कमल श्रेष्ठ, संचारकर्मी बिनु सुवेदी, गायिका कुन्ति मोक्तान,रेटिना विशेषज्ञ डा.छुनु श्रेष्ठ तथा समाजसेवी प्रभा राजभण्डारीलाई नारी सम्मान गरिएको थियो । समाजमा उल्लेख्य योगदान दिएका वरिष्ठ महिला व्यक्तित्वहरुलाई सम्मानित गर्ने उक्त कार्यक्रमलाई सुनिता राजभण्डारीले कार्यक्रमको स्वागत सुनिता राजभण्डारीले गरेकी थिईन । कार्यक्रममा नगिना नकर्मीले जेसिस आस्था पाठ गरि कार्यक्रमको शुभारम्भ गरेकी थिईन । एसजी नेपाल जेसिसका गेष्ट अफ अनर बिकास मानन्धर, ईभिपि नेपाल जेसिसका सुमन कुमार श्रेष्ठ, जेसिआईका भाईस प्रेसिडेन्ट जेसीआई सिनेटर किर्ति तुलाधर लगायतको...
गुड मर्निङ्ग नेपालको १२ औं रक्तदान कार्यक्रम
समाचार, समाज

गुड मर्निङ्ग नेपालको १२ औं रक्तदान कार्यक्रम

गुड मर्निङ्ग नेपालले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कपन वरपर रहेका जागरुक ४० जना समाजसेवीहरुको पहलमा स्थापना भएको सामाजिक संस्था गुड मर्निङ्ग नेपालले कपनमा १२ औं रक्तदान कार्यक्रम आयोजना गरि सफलता पूर्वक सम्पन्न गरेको छ । स्वास्थ्य संगै समाजसेवा भन्ने भाव बोकेर विहानी पख मर्निङ्ग वाकमा निस्कने समूहहरुलाई एकजुट बनाएर संस्थाको स्थापना गर्दै हाल ८० जना सदस्य रहेको संस्थाका अध्यक्ष कुल बहादुर बस्नेतले जानकारी दिए । उल्लेख्य संख्यामा उपस्थित समाजसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रम सम्पन्नका लागी योगदान दिएका समाजसेवीलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।समाजमा निस्वार्थ सेवा भावले लागेका समाजसेवीहरुको विशेष पहलमा रक्तदान वाहेक असाहयहरुको सेवामा निरन्तर लागी पर्दै आएको छ ।...