Friday, November 20

अन्तर्राष्ट्रिय

तालिबानलाई अफगानिस्तानको सत्ता हस्तान्तरणको तयारी
अन्तर्राष्ट्रिय, समाचार

तालिबानलाई अफगानिस्तानको सत्ता हस्तान्तरणको तयारी

तालिबानले अफगानिस्तान कब्जा गरेपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको तयारी भएको छ । यसका लागि समन्वयात्मक परिषद्का सदस्यहरु र  तालिवानका नेताहरुबीच आज कतारको दोहामा भेटवार्ताको तयारी भएको छ । राष्ट्रपति अशरफ घानीले मुलुक छोडेपछि पूर्वराष्ट्रपति हमिद कारजाइको अगुवाईमा तालिबानी नेतालाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न लागिएको हो। अलजजिराका अनुसार परिषद्का सदस्य रहेका इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यार आज दोहा जादैछन् ।...
भारतमा कोरोना संक्रमणबाट एकैदिन ४ सय ३८ जनाको मृत्यु, ३७ हजार निको
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमणबाट एकैदिन ४ सय ३८ जनाको मृत्यु, ३७ हजार निको

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ सय ३८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३२ हजार १ सय १२ पुगेको छ ।   यस्तै पछिल्लो २४ घण्टामा २४ हजार ७ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २२ लाख ४९ हजार ९ सय  पुगेको छ ।  यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३ सय १ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ करोड १४ लाख ४१ हजार २ सय ६० कोरोना संक्रमित निको भइसकेका छन् ।...
तालिवानसँग डराएर देश छोड्दा विमानको चक्कामा लुकेका ३ यात्रु खसे
अन्तर्राष्ट्रिय, समाचार

तालिवानसँग डराएर देश छोड्दा विमानको चक्कामा लुकेका ३ यात्रु खसे

 तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ । धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु दौडिरहेको भिडियोमा देख्न सकिन्छ । केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । उडिरहेको बिमानबाट तीन जना खसिरहेको कारुणिक दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ। अमेरिकाको जस्तो देखिने विमानबाट उनीहरु खसको भिडियोमा देखिन्छ । उडिरहेको विमानबाट उनीहरु खसेको भिडियोमा देखिए पनि यसबारे विस्तृत विवरण आउन सकेको छैन । विमानबाट मानिसहरु खसेको कारुणिक दृश्य https://twitter.com/MurtazaViews/status/1427218482698014721?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1427218482698014721%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.kha...
लेबनानमा तेल ट्यांक विस्फोट, २८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

लेबनानमा तेल ट्यांक विस्फोट, २८ जनाको मृत्यु

लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो । मृत्यु भएका र घाइते भएकामध्ये केही व्यक्ति र सैनिकहरुसमेत रहेको लेवनानको सेनाले जनाएको छ । सैनिकले सर्वसाधारण उपभोक्तालाई तेल बिक्री वितरण गरिरहेका बेला ट्याङ्की विस्फोट भएको एक सैन्य अधिकारीले जनाएका छन् । विस्फोटन भएको बेला घटनास्थलमा झण्डै २०० नागरिक रहेका थिए । घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।...
गानीले देश छाडेपछि अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा
अन्तर्राष्ट्रिय, समाचार

गानीले देश छाडेपछि अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

विद्रोही संगठन तालिवानले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेको छ । आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमरुल्ला सालेहले देश छाडेपछि तालिवानले राष्ट्रपति कार्यालय कब्जा गरेको बीबीसीमा जनाइएको छ ।  विद्रोही संगठन तालिवानले धम्की दिएपछि गनीले देश छाडेका हुन् । उनले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिदै देश छाडेका थिए ।  काबुल प्रबेश गरेको तालिबान विद्रोहीले राष्ट्रपति कार्यालयमा आफ्नो झण्डा गाडेको छ । काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको छ ।...
भारतमा थपिए ३३ हजार संक्रमित, ४२१ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३३ हजार संक्रमित, ४२१ संक्रमितको मृत्यु

भारतमा थप ३३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३३ हजार २२१ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख २५ हजार १७५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८९ हजार ५४२ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४२१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३१ हजार ६७४ पुगेको छ ।...
अफगानी राष्ट्रपति घानीले देश छोडे
अन्तर्राष्ट्रिय, समाचार

अफगानी राष्ट्रपति घानीले देश छोडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। तालिवानीले अफगानिस्तानका अधिकांश भूभाग आफ्नो कब्जामा लिइरहेका बेला राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो । राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ । अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बीबीसीले जनाएको छ । दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा उनी राजीनामा दिनुपर्ने दबावमा थिए। यता, तालिवानले  शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिक्षामा आफूहरु रहेको जनाएको छ । उसले सबै अफगानीको समावेशी सरकार चाहेको जनाएको छ । द गार्जियनले लेखेअनुसार बीबीसीसँग कुरा गर्दै तालिवान प्रवक्ता सुहाइल शाहीनले आफूहरुले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको प्रतिक्षामा रहेको बताएका छन् । उनले तालिवानले इस्लामिक सरकार चाहेको प...
भारतमा थपिए ३६ हजार संक्रमित, ४९१ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३६ हजार संक्रमित, ४९१ संक्रमितको मृत्यु

भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार १२७ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २१ लाख ९१ हजार ९५४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९२ हजार २४१ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४९१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३१ हजार २५३ पुगेको छ ।...
हाइटी भूकम्प अपडेट : ३०४ जनाको मृत्यु, १८ सयभन्दा बढी घाइते
अन्तर्राष्ट्रिय, समाचार

हाइटी भूकम्प अपडेट : ३०४ जनाको मृत्यु, १८ सयभन्दा बढी घाइते

हाइटीमा गएको ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ । भूकम्पपछि भत्किएका कयौँ संरचनामा परेका १८ सय जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु भएको गएको भूक्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ । हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको उल्लेख गर्दै एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ । युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर (झन्डै १० फिट) सम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ । यसअघि हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले प...
अफगानिस्तानका राष्ट्रपति घानीद्वारा देशमा अस्थिरता रोक्ने अठोट
अन्तर्राष्ट्रिय, समाचार

अफगानिस्तानका राष्ट्रपति घानीद्वारा देशमा अस्थिरता रोक्ने अठोट

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिवान समूहले गतिविधि तीब्र पारेको भएपनि यसलाई छिट्टै रोकिने बताएका छन्।  अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिवान समूहले नियन्त्रणमा लिएको भनी समाचार आइरहेका समय उनले द्वन्द्वग्रस्त आफ्नो मुलुकमा राजनीतिक अस्थिरता रोक्ने प्रतिवद्धता व्यक्त गरे।  “अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ,” घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भन।  उक्त सम्बोधनमा उनले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताएका हुन्। उनले भने, “अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरुलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो।” राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा त...