Friday, November 20

अर्थ/व्यापार

घट्यो सुनको मूल्य, तोलाको कति ?
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य, तोलाको कति ?

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेको हो ।  मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९३ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य बढेर तोलाको १ हजार ३ सय ६० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
वाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट
अर्थ/व्यापार, समाचार

वाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट

वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ रु २६ अर्ब एक करोड ६६ लाख २३ हजार र पुँजीगततर्फ रु २९ अर्ब ७० करोड ४३ लाख चार हजार विनियोजन भएको जानकारी दिए । बजेटको अधिकांश हिस्सा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रीत रहेको छ । मन्त्री ढुङ्गेलले प्रदेशका सबै जिल्ला अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचार, रोग नियन्त्रण, अस्पतालको स्तरोन्नती र अक्सिजन प्लान्ट स्थापना गर्ने तथा भेन्टिलेटर, एचडीयु र आइसियु कक्षको व्यवस्थापन गर्न बजेटले विशेष प्राथमिकता दिएको बताए । उहाँले प्रदेशमा रहेका ३६६ सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ को व्यवस्थापन गर्ने तथा कृषिको उत्पादनको व...
रोगले भन्दा भोकले मरिएलाकी भन्ने चिन्ता !
अर्थ/व्यापार, समाचार

रोगले भन्दा भोकले मरिएलाकी भन्ने चिन्ता !

-डा.डिआर उपाध्याय, यति बेला मुलुक कोरोना भाइरसको फैलँदो संक्रमणको कारण गम्भिर संकटमा छ । देशको अर्थतन्त्र डामाडोल छ । कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्नको लागि पर्याप्त तयारी हुन नसक्दा यो अवस्था सिर्जना भएको हो ।अस्पतालमा बेड नपाएर वरन्डाहरूमा राखेर बिरामीहरूको उपचार गर्नु पर्ने अवस्था उत्पन्न भयो । देशभरका अस्पतालहरू भरिभराउ भए । अक्सिजनको हाहाकार भयो । उपचार नपाएर मृत्यु हुनेहरूको दर बढ्दो छ । कोरानाले मानवीय क्षतिका साथसाथै देशको आर्थिक स्थिति पनि डामाडोल गरिरहेको छ। कतिपय ठाउँमा भोकमरी सिर्जना भइसकेका छन्।कुनै पनि नेताहरूले यस्तो महामारीको बेलामा देशमा परेको संकटबाट जनतालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा खासै चासो दिएको देखिएको छैन। यो महामारी र संकटको बेला हो। यो बेला सकारात्मक सोच र जनताको पिर मर्कामा साथ दिने बेला हो ।अहिलेको महामारी नियन्त्रण र रोकथाममा संघीय सरकार देखि स्...
आज सुनको मूल्य स्थिर
अर्थ/व्यापार, समाचार

आज सुनको मूल्य स्थिर

मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७ सय रुपैयाले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।  सोमबार प्रतितोला ९३ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
आज सातै प्रदेशले बजेट ल्याउँदै
अर्थ/व्यापार, समाचार

आज सातै प्रदेशले बजेट ल्याउँदै

 सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८र८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने प्रावधान छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि सोहीअनुसार हुनेछ । प्रदेश १ ले आज अपराह्न ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ भने प्रदेश २ ले अपराह्न ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम शनिबार नै प्रदेश सभाले बहुमतले पारित गरिसकेको बाग्मती प्रदेशले अपराह्न ३ बजे बैठक बोलाइएको छ । गण्डकी प्रदेशमा सरकारले समेत आजै बजेट ल्याउने तयारी गरिरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार पेस गरे...
आजबाट बैंकका सबै शाखा खोल्न पाईने
अर्थ/व्यापार, समाचार

आजबाट बैंकका सबै शाखा खोल्न पाईने

कोरोना महामारीको दोस्रो लहरका कारण हाल बन्द रहेका बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएसंगै मंगलबारबाट सबै शाखा सञ्चालनमा आउन सक्नेछन् । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले वित्तीयक्षेत्रमा तोकेको कोटा प्रणाली हटाएको हो । यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो । जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म मात्रै शाखा संचालन खोल्न दिदै आएको थियो । अव भने कति शाखा खोल्ने भन्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै निर्णग गर्न सक्नेछन् ।...
सुनको मूल्य ७ सय रुपैयाँ घट्यो
अर्थ/व्यापार, समाचार

सुनको मूल्य ७ सय रुपैयाँ घट्यो

साताको दोस्रो दिन सोमबार सुनको मूल्य ७ सय रुपैयाँ घटेको छ। सुनको मूल्य सोमबार ७ सय रुपैयाँ घटेर ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ कायम छ। सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।...
सुन चाँदीको मूल्य बढ्यो
अर्थ/व्यापार, समाचार

सुन चाँदीको मूल्य बढ्यो

साताको अन्तिम कारोबारको दिन शुक्रबार चाँदीको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। तोलामा ६ सय रुपैयाँ बढेसँगै सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढेर तोलाको ९४ हजार कायम भएको छ। शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। यो सँगै शुक्रबारका लागि चाँदीको मूल्य तोलामा १३ सय ७० पुगेको महासंघले जनाएको छ।...
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको छ ।   बुधबार तोलाको ९४ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर ९३ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ...
एक व्यक्तिको स्वार्थमा फसेको नूनको राजनीति
अर्थ/व्यापार, समाचार

एक व्यक्तिको स्वार्थमा फसेको नूनको राजनीति

: डा.डिआर उपाध्याय, सरकारले आयोडिनयुक्त नुनको कारोबारमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा गरेको छ । यो घोषणा संगै सबैको ध्यान यति बेला यतातिर केन्द्रित बनेको अवस्था पनि छ । सरकारले आफ्नै लगानी रहेको कम्पनी साल्ट ट्रेडिङको एकाधिकार खोस्ने काम गरेको छ । यसमा निजी क्षेत्रलाई सहभागी गराउन खोज्नु त्यस भित्र सीमित ब्यक्तिको स्वार्थ लुकेको प्रस्ट देखिन्छ । यो नुनको राजनीति भयो । यसले मुलुकको हित गर्दैन । सीमित ब्यक्तिको घेरा तोडेर प्रधानमन्त्री केपी शर्मा ओली बाहिर आउन सकेको भए यति सारै बिवादमा पर्नु पर्ने अवस्था आउने थिएन की ? प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको स्वार्थमा यो घोषणा गरिएको देखिन्छ । दुगड बाहेकका व्यापारीले नुनको कारोबारका लागि अहिलेसम्म कुनै चासो दिएको देखिएको छैन । किनभने विभागमा अनुमतिका लागि निवेदन पर्नु पर्छ त्यस्तो निवेदन दिएको अहिले सम्म जानकारी पाइएको छैन ।...