Friday, November 20

अर्थ/व्यापार

भैरव ढकालद्वारा एनआरएनए अष्ट्रेलिया अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा
अर्थ/व्यापार, समाचार

भैरव ढकालद्वारा एनआरएनए अष्ट्रेलिया अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया – एनआरएनए (गैरआवासीय नेपाली संघ) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि भैरवप्रसाद ढकालले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ। ढकालले एनआरएनए अष्ट्रेलियालाई एक सक्षम, पारदर्शी र सहभागी संस्था बनाउने लक्ष्यसहित उम्मेदवारी दिनुभएको हो। उहाँले विश्वास र एकताको पुनर्स्थापना, व्यावसायिकता, सुशासन, तथा मूल्यमान्यता आधारित संस्थागत संरचना विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको चुनावी दृष्टिकोणमा युवा, महिला तथा कम प्रतिनिधित्व प्राप्त समुदायहरूको समावेशी सहभागिता सुनिश्चित गर्ने नीति प्रमुख स्थानमा रहेको छ। साथै, एनआरएनए अष्ट्रेलियाको संस्थागत उपस्थिति र प्रभावलाई विश्वव्यापी बनाउने उद्देश्य राख्दै, नेपाल सरकारसँग व्यावहारिक तथा मापनयोग्य डायस्पोरा-मैत्री नीतिहरूको वकालत गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ। भैरव ढ...
ईटहरीमा खुल्यो ‘फेसियल हाउस’
अर्थ/व्यापार, समाचार

ईटहरीमा खुल्यो ‘फेसियल हाउस’

नेपालको सौन्दर्य सेवा क्षेत्रमा परिचित संस्था फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. १ को प्रमुख व्यापारिक केन्द्र ईटहरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । नयाँ शाखाको उद्घाटन एक विशेष समारोहबीच ईटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन सुष्मा महराले संयुक्त रूपमा रिवन काटी सम्पन्न गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै सुष्मा महराले भनिन्, “फेसियल हाउसले सात वर्षअघि झापाबाट सेवा आरम्भ गरेको थियो। यद्यपि, कोभिड महामारीका कारण केही समयका लागि सेवा रोकिएको थियो। अहिले हामीले पूर्वका सबै सेवाग्राहीलाई लक्षित गरी ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएका छौं। सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो।“ ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले ई...
अमित झाले अनामनगरमा संचालनमा ल्याए ‘ईन्भेष्टमेन्ट गुरु’
अर्थ/व्यापार, समाचार

अमित झाले अनामनगरमा संचालनमा ल्याए ‘ईन्भेष्टमेन्ट गुरु’

काठमाडौं –नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन् । संस्थाका सिइओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरु आम नागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो । उनले विशेषगरी नयाँ लगानीकर्ता तथा शेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए । इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शिक्षा प्रदान ग...
साल्ट ट्रेडिङले उपभोक्ताको प्रतिक्रिया र छनोट अनुरुपको वस्तु उत्पादन गर्दै आएको छ :उर्मिला श्रेष्ठ,सीईओ
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङले उपभोक्ताको प्रतिक्रिया र छनोट अनुरुपको वस्तु उत्पादन गर्दै आएको छ :उर्मिला श्रेष्ठ,सीईओ

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सोमबार काठमाडौँ बानेश्वर अनस्थित एभरेष्ट होटलमा सम्पन्न भएको हो। यस कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले रैथाने बालीबाट उत्पादित बस्तुहरुको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)ले महत्वपूर्ण योगदान दिएको बताएका छन्। अत्यावश्यक बस्तुको व्यापार र आपुर्तिमा एसटिसीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए। यसैगरि दशैं तिहार जस्ता चाडपर्वमा कम्पनीले सुपथ मूल्य पसल सञ्चालन आपुर्ति श्रृंखलालाई थप व्यवस्थीत गराएको कारण मंहगी नियन्त्रणमा सहयोग पुगेको पनि उनले बताए। गत दशैंमा एसटीसीले चिनीको आपुर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको उनको भनाइ छ।‘आपूर्ति श्रृंखला...
सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट सम्मानित
अर्थ/व्यापार, समाचार

सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौं । प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो । राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् । उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो । कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र न...
ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न
अर्थ/व्यापार, समाचार

ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेलले ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक रहेकाे बताएका छन्। उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो भोग्नु परेको बताएका छन्। शनिबार ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा समारोहमा बोल्दै उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन नसकेको बताएका हुन्। उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ। दुनियाँमा ढुवानी व्यवस्था प्रवाभकारी हुदाँ हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ। त्यसकारण ढुनानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो। यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो। यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान गर्नुपर्छ।...
बालाजुको बसन्तनगरमा सौन्दर्यविद पुनले खोलिन ‘क्युटी केयर ब्यूटी हब’को नयां शाखा
अर्थ/व्यापार, समाचार

बालाजुको बसन्तनगरमा सौन्दर्यविद पुनले खोलिन ‘क्युटी केयर ब्यूटी हब’को नयां शाखा

काठमाडौं – सौन्दर्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोकेकी वरिष्ठ ब्यूटी एक्सपर्ट चन्दा पुनले आफूले स्थापना गरेको ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा ५० लाख भन्दा माथिको लगानीमा काठमाडौंको बसन्तनगर, बलाजुमा सञ्चालनमा ल्याएकी छिन्। कार्यक्रमलाई विधिवत रूपले उद्घाटन आफ्ना गुरु रुसका श्रेष्ठ र राधा शर्मा गरिएको थियो साथै मिस पवि, झरना रिसाल, सुजल बम ,सविता रेग्मी , अनिता गिरी , सृष्टि घिमिरे को उपस्थिति थियो । कार्यक्रममा आफ्नो उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र अवार्ड पनि दिएको थियो। सौन्दर्यविधहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सौन्दर्य विद चन्दापुन भन्छिन- हामीले सम्पूर्ण ग्राहक वर्गहरुलाई तीन महिनासम्म ५० प्रतिशत छुट दिएका छौं। गोंगबु, टोखा–९, माग्दीचोकमा अवस्थित केन्द्रको सफल यात्रापछि व्यवसाय विस्तारको क्रममा पुनले नयाँ शाखा स्थापना गरेकी हुन...
सुर्खेतमा दोस्रो संस्करणको ‘डिजिटल कर्णाली कन्क्लेभ’ सुरू
अर्थ/व्यापार, समाचार

सुर्खेतमा दोस्रो संस्करणको ‘डिजिटल कर्णाली कन्क्लेभ’ सुरू

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सुरू भएको छ । २ दिनसम्म चल्ने डिजिटल कर्णाली कन्क्लेभ २०२५ कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा सुरू भएको हो । कन्क्लेभमा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, सरकारी उच्च अधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरू लगायत ५०० बढीको सहभागीता रहेको छ । ‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुतिसँगै ७ लाइटिनिङ प्रस्तुती र ७ थिममा १० प्यानल संवाद हुँदैछन् । कन्क्लेभमा ५० बढी विज्ञहरु राष्ट्रिय र अन्तरास्ट्रिय स्तरबाट वक्ताको रुपमा सहभा...
बानेश्वरमा गोमा अधिकारीले संचालनमा ल्याईन ‘बाटिका क्रियसन बुटिक’
अर्थ/व्यापार, समाचार

बानेश्वरमा गोमा अधिकारीले संचालनमा ल्याईन ‘बाटिका क्रियसन बुटिक’

अभिनेत्री प्रियंका कार्की, गायिका रेखा शाह र लेखक एवम् नेपाली खाना बिज्ञ रोहिणी राणाले काठमाडौँको थापा गाउँमा रहेका बाटिका क्रियसन बुटिकको उद्घाटन गरेका छन् । शनिवार अभिनेत्री प्रियंका, गायिका रेखा र नेपाल खाना बिज्ञ रोहिणीले यो बुटिकको रिबन काटेर उद्घाटन गरेका हुन् । यो बुटिकलाई मिसेस् हिमालयन नेपाल तथा फेशन व्यवसायी गोमा अधिकारी धितालले स्थापनासँगै सञ्चालन गर्दै आएकी हुन् । अभिनेत्री प्रियंका कार्कीले आफूले चाहे अनुसारका विभिन्न शैली र डिजाइनका पहिरन बाटिका क्रियसन बुटिकमा रहेकाले आफूले पनि बाटिका क्रियसनको पहिरन प्रयोग गर्ने बताइन् । सबै प्रकारका पहिरन एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्य सहित स्थापित बाटिकाको सफलताको लागि प्रियंकाले गोमालाई शुभकामना दिइन् । चलचित्र, म्युजिक भिडियोको छायांकन तथा विभिन्न समारोहमा अतिथिको रूपमा सहभागी हुन तुरुन्तै कपडा चाहिने हुँदा त्यस्ता कपडा बाटिका क्...
भ्यालेन्टाईनमा गीतकार अधिकारीको ‘तिम्रो प्रित’ सार्वजनिक(भिडियो)
अर्थ/व्यापार, समाचार

भ्यालेन्टाईनमा गीतकार अधिकारीको ‘तिम्रो प्रित’ सार्वजनिक(भिडियो)

भ्यालेन्टाइन्स् डे को अवसर पारेर गीतकार युवराज अधिकारीको नयाँ कोशेली सार्वजनिक भएको छ ।  अधिकारीको शब्द रचना हरेको ‘तिम्रो प्रीत’ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । गीतकार अधिकारी नेपाल वायुसेवा निगमका  कार्यकारी अध्यक्ष समेत हुन् । गीतकार अधिकारी रचित यस अघिका गीतहरुले अवार्ड समेत हात पार्न सफल भएको थियो । सुरजकुमार थापाको स्वर रहेको गीतमा संगीत संयोजन र एरेन्ज पनि थापाकै रहेको छ । थापाको युट्युब च्यालनमा सार्वजनिक भएको गीतको भिडियोमा एक प्रेमिल जोडीको समधुर प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । सुरजकुमार थापा र निहारिका थापाको अभिनय रहेको भिडियोलाई सविन गोदारले खिचेका हुन् । भिडियोको सम्पादन, रङ संयोजन र निर्देश राजकुमारले गरेका हुन् ।...