‘फेसियल हाउस’ले मनायो १७औं वार्षिकोत्सव
काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी ) की अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक उज्ज्वलजंग शाहको उपस्थिति रहेको थियो ।
समारोहमा फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक शाहले स्...










