Friday, November 20

अर्थ/व्यापार

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
अर्थ/व्यापार, समाचार

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

काठमाडौं । बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनस उनले मकवानपूरमा चट्याङका कारण क्षति कम गर्ने विषयमा छलफल हुने गरेको दाबी गरे । ‘यो कार्यक्रम यस कारण पनि महत्वपूर्ण छ र हाम्रो ध्यानाकर्षण गरेको छ । देशका ७७ जिल्ला मध्ये बागमती प्रदेशको मकवानपुर जिल्लामा सबैभन्दा धेरै मानिसहरुको ज्यान गुमाउने गरेका छन् ।’ उनले भने ‘ त्यसैले पनि यो विषयमा प्रदेश सभा र प्रदेश सरकारको बैठकमा समेत चट्याङबाट जीवन रक्षा र भौतिक पूर्वाधारको क्षति रोक्न आवश्यक भूमिका खेल्ने...
दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट
अर्थ/व्यापार, समाचार

दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपालीहरुको महान् पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैँ फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यहि असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दशैँ जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिनुभयो । मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ । संयोजक कार्कीका अनुसार एकमहिने मेलामा महिला, बालकालिका, पुरुष सबै उमेर समूहलाई हुने गरी १० कम्पनीका ३० भन्दा बढी ब्राण्ड एक हजारभन्दा बढी मोडलहरु राखिएका छन् । असोज १० गतेदेखि छुट अफर सुरु हुने मेलामा १५...
बरिष्ठ ब्युटिशियन महराले गरिन गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक उद्घाटन
अर्थ/व्यापार, समाचार

बरिष्ठ ब्युटिशियन महराले गरिन गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक उद्घाटन

असोज ६, काठमाडौ । काँडाघारी बिरेन्द्र चोकमा रहेको  अर्जुन कम्प्लेक्समा बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै गरिमा युनिसेक्स सैलुन एण्ड गरिमा बुटिक सञ्चालनमा आएको छ । गरिमा युनिसेक्स सैलुन उद्घाटन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा गरिन् । महराले रिबन काटेर गरिमा युनिसेक्स सैलुन एण्ड बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका सञ्चालकलाई सफलताको शुभकामना दिइन् । विशेषगरी महिलाको व्यक्तित्व र नेतृत्व विकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ । यसले महिलाहरुको व्यक्तित्व विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउन पनि भूमिका खेलिरहेको छ,’ महराले बताउनुभयो । गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालकलाई व्यवसायिक रुपमा पनि यसले फाइदा पुर्‍याओस् । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्द...
मध्यपूर्व संयोजकमा युएइका युवा व्यवसायी रमेश श्रेष्ठको उम्मेदवारी
अर्थ/व्यापार, समाचार

मध्यपूर्व संयोजकमा युएइका युवा व्यवसायी रमेश श्रेष्ठको उम्मेदवारी

दुबइ।  युएइका युवा व्यवसायी रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एनअनारएको आगामी ११ औं अन्तरराष्ट्रिय महाधिवेशनमा २०२३–२०२५ कार्यकालका लागि आठ बुँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी लामो समयदेखि मध्यपूर्वको मात्र नभई विश्वकै व्यापारिक केन्द्रका रूपमा रहेको मुलुक यूएइ (दुबइ)मा रहँदै गर्दा विभिन्न तवरले सामाजिक कार्यमा आबद्ध भएर काम गरिरहेका छन् । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘लामो समयदेखि एनआरएनए यूएइ विभिन्न तहमा रहँदै मैले एनआरएनए युएइको नेतृत्व गर्दा र तत्पश्चात समेत संस्थाको हित र सामाजिक भावले गरेका कार्यहरूको मूल्यांकन गरिरहनुभएका एनआरएनए मध्यपूर्व र विश्वव्यापी एनआरएनएमा आबद्ध अग्रज व्यक्तित्वहरू तथा समकालीन साथीहरू समेतको सल्लाह सुझाब र आग्रहला...
उद्यमी महरा उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा निर्वाचित
अर्थ/व्यापार, समाचार

उद्यमी महरा उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा निर्वाचित

काठमाडौं ।नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित भएकी छन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले यस अगाडि संघको कोषाध्यक्ष लगायत पदमा रहेर काम गरिसकेकी छन् । सोमबार सुरु भएको संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्ष सहित सबै पद निर्विरोध निर्वाचित भएको थियोे । यस्तो छ:  नयाँ कार्य समिति अध्यक्षमा दिनेश श्रेष्ठ उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन, जय सिवाकोटी, महासचिवमा दुर्गाराज श्रेष्ठ,सचिवमा शुष्मा महरा, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह-कोषाध्यक्षमा नानीराज घिमिरे सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशीर गौतम, दीपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका हुन् ।...
एसिया प्यासिफिक क्षेत्रको संयोजकका उम्मेदवार शिव प्रसाद पौडेलको प्रतिवद्धता
अर्थ/व्यापार, समाचार

एसिया प्यासिफिक क्षेत्रको संयोजकका उम्मेदवार शिव प्रसाद पौडेलको प्रतिवद्धता

समीर लामा,काठमाडौ । एनआरएनए जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गरे सङगै काम गर्ने योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । चुनाव हुन केही हप्ता मात्रै बाकी रहेकाले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गरेका छन । कोभिड -19 को बेला जापानमा रहेका थुप्रै नेपालीहरुलाइ खोप ब्यवस्थापन देखि नेपाल आउन सहज बाताबरण समेत मिलाइ सबैको नजरमा पर्न सफल भएका कारण आफुले जित्नेमा बिश्वस्त रहेको पौडेलले जानकारी दिएका छन। प्रतिबद्धता पत्र १- वैदेशिक रोज़गारलाई सुरक्षित र मर्यादित बनाऊनको लागी सम्बन्धित निकायहरुमा पहल गर्ने। २) श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पिडित बनाईने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने । ३) विदेशमा जाने ...
सौन्दर्यकर्मी मन्दिरा खड्कालाई तिजको अवसरमा‘राष्ट्रिय नारी सम्मान’
अर्थ/व्यापार, समाचार

सौन्दर्यकर्मी मन्दिरा खड्कालाई तिजको अवसरमा‘राष्ट्रिय नारी सम्मान’

काठमाडौं । वरिष्ठ कस्मेटोलोजीष्ट तथा सौन्दर्यविद मन्दिरा खड्का ‘हायु’ एक कार्यक्रमका वीच सम्मानित भएकी छिन । राजधानीको रोयल बैक्वैट,तिनकुनेमा आयोजित राष्ट्रिय नारी सम्मान २०८० को भव्य समारोहका वीच प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल तथा वरिष्ठ गायिका तारा थापाले संयुक्त रुपमा उनलाई सौन्दर्यकला सम्मानबाट सम्मानित गरिएको हो । खड्का लामो समयदेखि सौन्दर्यविद तथा कस्मेटोलोजीष्टको रुपमा परिचित छिन । नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रुपमा मनाउँदै लामो समयदेखि सौन्दर्यकला र समाजमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर स्वरुप कस्मेटोलोजी खडकालाई “राष्‍ट्रिय नारी सम्मान” बाट सम्मानित गरिएको कार्यक्रम आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी गराए । थुप्रै संघ संस्थाबाट सम्मानित भैसकेकी खडकाले नेपालमा हुने विशेष ईभेन्टहरुको समेत मे...
आउदो शनिवार ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलको तीजको तीज मेला
अर्थ/व्यापार, समाचार

आउदो शनिवार ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलको तीजको तीज मेला

ग्लोवल टुुरिजम प्रोमोसन काउन्सीलले तीजको अवसर पारेर तीज मेलाको आयोजना गर्ने भएको छ । भाद्र ३० गते आयोजना हुने कार्यक्रममा ख्याती पाएका कलाकारले प्रस्तुति दिने छन् । कार्यक्रममा बिभिन्न पेशा ब्यावसायमा ख्याती कमाएका महिला दिदी बहिनीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन बिभिन्न खेलसमेत खेलाइने छ । यसका अलावा प्रतियोगितात्मक खेलमा बिजयीलाई बिषेश पुरस्कार र सम्मनकोे ब्यावस्था पनि गरिएको आयोजकले जनाएको छ । निभिया मुख्य प्रायोजक र एन प्लस प्रोफेसनल, २ पीएम नुडल्स, यूटर्न इन्टरनेशनल, द रेमण्ड शप रहेका छन् । मिडिया पार्टनरमा निखिला मिडिया र टेलिभिजन पार्टनरमा मूनलाईट टेलिभिजन रहेको छ । ग्लेवल टुरिजम र गन्तब्य फेमिलिले आयोजना गरेको कार्यक्रम पिंगलास्थानमा रहेको राइन होटलमा हुने छ ।...
साल्ट ट्रेडिङको वित्तीय सुदृढ पार्न सेवाको विविधीकरण :सिईओ श्रेष्ठ
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङको वित्तीय सुदृढ पार्न सेवाको विविधीकरण :सिईओ श्रेष्ठ

काठमाडौँ । मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ । साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाली उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा पनि योगदान गर्नुपर्ने बताए । आन्तरिक उत्पादनले मात्र माग पूरा नहुने अवस्थामा उपभोग्य वस्तु आयात गरी उपभोक्ता हित संरक्षणमा टेवा पु¥याउन साल्ट ट्रेडिङले महत्त्वपूर्ण भूमिका खेलेको र सार्वजनिक–निजी अवधारणाको दरिलो उदाहरण बनेको मन्त्री रिजालको भनाइ छ । “आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारका अतिरिक्त कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पु¥याउन सकेमा संस्थाको महत्त्व अझ बढ्दै जानेछ । कर्पोरेशनले भविष्यम...
पत्रकार अरबिन्द्र गौतमलाई नगद सहित सम्मान
अर्थ/व्यापार, समाचार

पत्रकार अरबिन्द्र गौतमलाई नगद सहित सम्मान

काभ्रे । जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले कोशिपारी अनलाइन न्युजका संचालक अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक गौतमलाई डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार बनेपामा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले ‘पत्रकारिता सम्मान तथा पुरस्कार’ बाट सम्मानित गरे । नव क्षितिज साप्ताहिकको सह सम्पादक तथा पावर न्युजको संवाददाता समेत रहेका गौतमलाई जिल्ला सहकारी संघ काभ्रेले पाँच हजार नगद सहित दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेको छ । एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्त...