Friday, November 20

खेलकुद

युवा उद्यमी एवम सामाजिक अभियन्ता महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित
खेलकुद, समाचार

युवा उद्यमी एवम सामाजिक अभियन्ता महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित

काठमाडौं, २९ माघ – युवा उद्यमी एवम सामाजिक अभियन्ता पृथविन्दु महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित भएकी छिन् । राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्रीको माघ २५ को मन्त्रीस्तरिय निर्णयबाट उनले उक्त जिम्मेवारी प्राप्त गरेकी हुन। राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ५, उपदफा १ ङ बमोजिम उनी लगायतका युवाहरु समेतलाई उक्त जिम्मेवारी दिइएको छ । को हुन महर्जन ? पाटनबासी पृथविन्दु महर्जन महिला उद्यमी एवम सामाजिक अभियन्ता हुन । हस्तकला व्यवसायमा संलग्न उनी राजनीतिक एवम सामाजिक अभियानहरुमा पनि सकृय रुपमा लाग्दै आएकी छिन् । महर्जन नेपाल चेम्बर अफ कमर्श अन्तर्गत नेपाल महिला चेम्बरको कार्यकारीणी सदस्य समेत हुन ।...
पीएसजीको शानदार जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पीएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-०ले हराएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे । जितसँगै तेस्रो स्थानमा रहेको पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । १५ अंक जोडेको निम्स तालिकाको पुछारमा छ ।...