चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने
काठमाडौँ – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने भएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | याक्थुङ मुन्चइत चोक सयङ हङकङले प्रदर्शन गर्ने तयारी गरिरहेको हङकङका वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङले जानकारी दिए |
थाम्सुहाङका अनुसार याक्थुङ मुन्चइत चोक सयङले सञ्चालान गरिरहेको लिम्बु कलाकारहरुलाई सम्मानस्वरूप सामाजिक सुरक्षाभत्ता दिने लगायतका अभियानहरु सफल पार्न विविध कार्यक्रमहरु आयोजना गरिरहेको बताए | यसका अलावा ४ अक्टोबर २०२५ मा सौल कोरियामा र २७ नोभेम्बर २०२५ मा दमाम साउदी अरबियामा प्रदर्शन मितिको घोषणा गरेका हुन् | चलचित्र ‘चे’ले याक्थुङ सिने अवार्ड – २०८१, FLF Award – २०२४, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव – २०८२, बिराट म्युजिक एण्ड फिल...










