Friday, November 20

मनोरन्जन

फेसन कोरियोग्राफर रोजिन शाक्यलाई ‘हेरिटेज इन्टरनेशनल अवार्ड’
मनोरन्जन, समाचार

फेसन कोरियोग्राफर रोजिन शाक्यलाई ‘हेरिटेज इन्टरनेशनल अवार्ड’

फेसन कोरियोग्राफीको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेको अत्याधिक समर्पण, योगदान, अटल प्रतिबद्धता र उल्लेखनीय उपलब्धिको प्रमाणका रूपमा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यलाई हेरिटेज इन्टरनेशनल अवार्ड २०२३ बाट सम्मानित गरिएको छ। अवार्ड समारोहमा रोजिनले कोरियोग्राफर अफ द इयर अवार्ड पाएका छन् । अवार्ड समारोह २५ नोभेम्बर २०२३ मा, ईएससी पार्क होटल, बैंककको प्रख्यात स्थलमा विभिन्न पृष्ठभूमिबाट आएका विश्व पेशेवरहरूको विशिष्ट भेलाको बीचमा आयोजना गरिएको थियो। कार्यक्रम इप्लानेट सिंगापुर पीटीईले आयोजना गरेको थियो। रोजिनलाई सो अवार्ड कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित रहेका थाईल्याण्डका लागि द रिपब्लिक अफ केन्याका राजदूत लिन्डशेय किप्टिनेस तथा बैंककस्थित मंगोलियन पिपुल्स रिपब्लिकको राजदूतावासका प्रतिनिधिले प्रदान गरेका थिए । फेसन, सौन्दर्य प्रतियोगिता तथा संचार क्षेत्रमा २५ वर...
चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा”सार्वजनिक
मनोरन्जन, समाचार

चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा”सार्वजनिक

काठमाण्डौ – चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक भएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दरचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ । कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रिय भुमिकामा संजीत भण्डारी, खड्ग बहादुर पुन मगर “खबपु”, गोपाल ढकाल“छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन भने सम्पादन मा...
राजेन्द्र बजगाईंको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

राजेन्द्र बजगाईंको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’सार्वजनिक(भिडियो)

चरोन बजगाईं र स्वाति भट्टको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएका संगीतकार राजेन्द्र बजगाईंको संगीत रहेको छ। ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’ बोलको गीतमा शब्द रचना रंग पत्रकार बिष्णु सुबेदीको रहेको छ। सार्वजनिक गीतमा निषाद चन्द्रको संगीत संयोजन र मनोज परियारको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ। कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायाँकन र बिष्णु खड्काले सम्पादन गरेका छन्। भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन जिवन संगै गायक चरोन बजगाईंको अभिनय रहेको छ। भिडियो त्रिमुर्ति इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।...
निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला
मनोरन्जन, समाचार

निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला

निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२४’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो सातौं संस्करण हो । उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ । नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भो...
‘एएनपी मिडियाको आयोजनामा नेशन्स गट ट्यालेण्ट’ एपिवानबाट प्रसारण हुदै
मनोरन्जन, समाचार

‘एएनपी मिडियाको आयोजनामा नेशन्स गट ट्यालेण्ट’ एपिवानबाट प्रसारण हुदै

गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि  शो हुने भएको छ। नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको घोषणा गरेको हो। एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेण्टका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने जानकारी गराए। बालबालिकाका लागि गायन र नृत्य विधामा आफनो कला प्रस्तुत गर्न अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने सो रियालीटी शोमा  ख्यातीप्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, तथा ख्यातीप्राप्त गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन्।  रियालीटी शोमा पत्रकार विदुर गिरी सल्लाहकार संयोजक, राज लुईटेल कार्यक्रम संयोजक,  शम्भुप्रसाद रेग्मी ईभेन्ट संयोजक र अनिता तामाङ्ग कार्यालय संयोजक रहेका...
गोपाल ढकाल ‘छन्दे’को निर्देशनमा ‘तिहारको लहर’ (भिडियो)
मनोरन्जन, समाचार

गोपाल ढकाल ‘छन्दे’को निर्देशनमा ‘तिहारको लहर’ (भिडियो)

काठमाडौं । बिशेषगरि नेपालीहरूको महान तथा महत्वपूर्ण चाडबाडलाई लक्षित गरेर कयौं गीत र भिडियो बन्ने सार्वजनिक हुने त भईरहेकै हुन्छन् । तर त्यस्ता कतिपय गीत र म्युजिक भिडियोहरुमा नेपालीपन र मौलिकता हराउंदै गईरहेको पाईन्छ । यसै सन्दर्भमा महान चाड दिपावली, तिहारलाई लक्षित गरि हालै मात्र “तिहारको लहर ” बोलको एउटा परम्परागत शैलीको देउसी, भैलो गीत सार्वजनिक भएको छ । डि.पी खनालको मौलिक रचना रहेको यस गीतलाई कृष्ण भट्टराई र सुवास श्रेष्ठले लय भरेका छन् । लय संकलक द्वयकै स्वर रहेको गीतमा गायिकाद्वय मनिषा राई र दिपा तामाङ्ले स्वरमा साथ दिएका छन् भने यस गीतमा संगीत संयोजन र ध्वनी मिश्रण भने चन्दु गोर्खालीको रहेको छ । भिडियोमा चर्चित कलाकारहरु शितल के.सी, श्रीदेव भट्टराई, रोहित कार्की, मुस्कान लामाको साथमा कृष्ण भट्टराई, सुवास श्रेष्ठ, भावना श्रेष्ठ, कृष्मा महर्जन, दृष्टि श्रेष्ठ, शुभद्रा राई, प्...
सरानाको निर्देशनमा मदनकृष्ण श्रेष्ठको“सुन न तिमी राम्रो लाग्यो”(भिडियो)
मनोरन्जन, समाचार

सरानाको निर्देशनमा मदनकृष्ण श्रेष्ठको“सुन न तिमी राम्रो लाग्यो”(भिडियो)

काठमाडौं । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठद्वारा स्वरबद्ध नयाँ गीत “सुन न तिमी राम्रो लाग्यो” सार्वजनिक गरिएको छ । पाको उमेरमा पनि मानिसभित्र जवान इच्छा र आंकाक्षा जीवित रहन्छ भन्ने प्रेमिल भावमा तयार पारिएको गीतमा प्रतिमा श्रेष्ठको शब्द रचना तथा अनिल शाहीको संगीत रहेको छ ।   मदनकृष्णसँगै अभिनेत्री मिथीला शर्माको अभिनय र नृत्यसमेत रहेको गीतको भिडियोमा दुवैका रोमाञ्चक दृश्यहरु समेटिएको छ । मदनकृष्णको कलाकार तथा म्युजिक भिडियो निर्देशक पुत्री सराना श्रेष्ठले तयार पारेको गीतको वृद्ध उमेरको पुरुषका चाहना र इच्छाका विम्बात्मक भिडियोमा मदनकृष्ण स्वयंले अभिनय गरेका छन्। । यस अघिको लोकप्रिय म्यूजिक भिडियो ‘फुलबुटे सारी’मा पनि मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको जोडीलाई नै फिचर्ड गरिएको थियो । क्रियटिभ ह्याट्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा निर्देश...
मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँमा
मनोरन्जन

मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँमा

काठमाडौं । ‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आएकी छन् । उनी यही कार्तिक २२ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘मिसेस् नेपाल २०२३’को फाइनलमा सहभागी हुन आफ्नी आमासहित शनिवार साँझ काठमाडौँ उत्रिएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई मिसेस् नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका निशुकान्त झा र अफिसियल कोरियोग्राफर अश्विनीकान्त झा सहित मिसेस् नेपाल वर्ल्ड २०२२ विजेता दीक्षा केसीले स्वागत गरेका थिए । विमानस्थलमा आयोजित पत्रकारहरू सम्मेलनमा कौशलले आफू पहिलो पटक नेपाल आएको बताइन् । “सगरमाथाको देशमा मलाई निम्त्याएकोमा नेपालको आयोजकलाई धन्यवाद छ । पहिलो पटक नेपाल आएकी हुँ । मलाई नेपाल र भारत सहोदर दिदीबहिनी जस्तो लाग्छ । यही मौकामा धार्मिक हिसाबले पनि पुन्यभूमि नेपालको पशुपतिनाथ मन्दिरको दर्शन पनि गर्नेछु”, उनले बताइन् । मिसेस् नेपालका सबै सहभागीलाई बधाई दि...
गायक नर बहादुर देउवाको लोक झ्याउरे गीत ‘हितैको माया'(भिडियो)
मनोरन्जन, समाचार

गायक नर बहादुर देउवाको लोक झ्याउरे गीत ‘हितैको माया'(भिडियो)

काठमाडौं । गायक नर बहादुर देउवाको नेपाली लोक झ्याउरे गीत हितैको माया सार्वजनिक भएको छ । तिहारको समयमा देउसी भैलो खैल्दा नाचगान गरि रमाउने चलन छ तर अहिले मौलिकता बोकेका गितहरु हराउदै गएकोले तिहार पर्व लाई लक्षित गरि गित बजारमा ल्याएको देउवा बताउछन् । पञ्चपुरी कला केन्द्र संगको सहकार्यमा निमार्ण गरिएको उत्त गित को निर्देशन कला केन्द्रकै कोषाध्यक्ष किरण बि.सी. ले गरेको हुन् । गितको शब्द अनुसार नै तडक भडक भन्दा पनी मौलिकपन झल्किने गरि भिडियोको छायांकन गरिएको निर्देशक बि.सी. ले बताएका छन् । गित पञ्चपुरी कलाकेन्द्र यूटुब च्यानलबाट सार्वजिनक भएको हो । गितमा अभिनय चर्चित नृत्य निर्देशक चन्द्र मन्दिर र मोडल तथा नायिका लक्ष्मी गिरी को रहेको छ । कलाकार नर बहादुर देउवाले नेपाली लोक झ्याउरे गीतको इतिहासमा गीत मार्फत नया पन दिन खोजेको बताएका छन् । पछिल्लो युवा पुस्ताले आफ्नो कला र संगित लाई भुल्दै गए...
मानसराजको ‘मुड फ्रेस’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

मानसराजको ‘मुड फ्रेस’ सार्वजनिक(भिडियो)

काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराजको हो। अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडियोमा सरोजकी प्रेमीकाका रुपमा देखिएकी आश्मा अर्कै संसारकी राजकुमारीका रुपमा देखा परेकी छिन् । अझै भनै उनी एलियनको भूमिकामा छिन् ।जो पृथ्वीमा आएर एउटा वैँशालु उमेरमा युवकलाई माया प्रेममा पारेर आफ्नो संसारमा फर्किन्छिन् । जुन दृश्यलाई निर्देशक सरोज अधिकारीले निकै नै कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । निर्देशक सरोजकै कन्सेप्ट र कोरियोग्राफी रहेको सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेन्द वियोगीले गरेका हुन् ।...