‘पाँचौ मिस गुरुङ्ग इन्टरनेसनल’को आवेदन खुल्ला
भाषा, सभ्यता, संस्कृति, भेष–भुषा आदिको संरक्षण गर्ने उदेश्यले आयोजना हुँदै आइर्रहेको मिस गुरुङ्ग इन्टरनेसनल सौन्दर्य प्रतियोगिताको पाचौँ सस्करण मृगतृष्णा फेसन हाउसले यही भाद्र १० गते देखी सुरु गर्दैछ । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणको अडिसन काठमाडौं, पोखरा, चितवन, बुटवल, गोरखा, इटहरी र सिक्किममा समेत हुनेकुरा आयोजक संस्थाकि अध्यक्ष तृष्णा गुरुङले जानकारी गराइन |
छानेका उल्लेखित शहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा ब्यक्तित्व बिकास, भाषा–संस्कृति, जीवन बिज्ञान लगायतका बिभिन्न बिषयहरुमा सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गराए पश्चात एक बिशेष समरोहका बीच असोज २९ गते “मिस गुरुङ्ग इन्टरनेसनल” लगायत बिभिन्न शीर्षकका बिजेताहरु घोषणा गरिनेछ ।
मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा सहभागी ...










