Saturday, November 21

मनोरन्जन

कमल र गरीमा फिचर्ड ‘मोड’ सार्वजनिक
मनोरन्जन, समाचार

कमल र गरीमा फिचर्ड ‘मोड’ सार्वजनिक

काठमाण्डौ, फाल्गुन २८ ग्यालेक्सी दैनिक यात्रा एन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत 'मोड' सार्वजनिक भएको छ । पूर्णिमा लामाको स्वर र अलिशा सुच्च राईको शब्द रचना तथा अजय तामाङको लय सिर्जना गीत समावेश छ । राज केसीले निर्देशन गरेको भिडियोलाई उत्तम हुमागाईँले खिचेका हुन् । भिडियोमा कमल सिंह र गरीमा शर्मा फिचर्ड छन् । प्रकाश एस् के ले भिडियोको सम्पादन गरेका हुन् । भिडियोलाई यात्रा एन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । https://youtu.be/lYwQUW5F_w4...
मिस हिमालयन ग्लोरी नेपालको अडिसनका लागी फारम खुल्ला
मनोरन्जन, समाचार

मिस हिमालयन ग्लोरी नेपालको अडिसनका लागी फारम खुल्ला

काठमाण्डौ, फाल्गुन २२ ग्यालेक्सी दैनिक विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता कार्यक्रमहरु आयोजना गरिरहेको ट्रेबल फेशन कन्सर्न प्रा लि को आयोजनामा मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने भएको छ । आँउदो साताको शनिबारदेखि पुतलीसडकको सम्भव एडुकेशनल कन्सल्टेन्सीमा चरणबद्ध रुपमा अडिसन सुरु हुने भनिएको उक्त कार्यक्रममा १६ देखि २६ वर्ष उमेर समुहका महिलाले सहभागीता जनाउन पाउने भएका छन । सहभागीको उचाई ५ फिट १ इन्च भन्दा माथि हुनुपर्ने, अविवाहित हुनुपर्ने तथा नागरिकता वा कलेज क्याम्पसको कार्डको पनि फोटोकपी अनिवार्य पेश गर्नुपर्ने आयोजक कम्पनीका सिईओ शैलेन्द्र श्रेष्ठले बताए । आँउदो नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै कार्यक्रमको ग्राण्ड फिनाले गर्ने योजना पनि रहेको सिईओ शैलेन्द्र श्रेष्ठले जानकारी गराए । गोकर्णेश्वर नगरपालिकाको समन्वयमा तथा सम्भव एडुकेशन कन्सल्टेन्सीको ...
कीर्तिमानी गीतकार डा.डीआरको गीत एउटै झोलुङ्गे पुलमा छायांकन
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा.डीआरको गीत एउटै झोलुङ्गे पुलमा छायांकन

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले फरक फरक र अनौठा शैलीका कार्य गर्नुहुन्छ । यस्तैमा उहाँको एउटा गीत एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको छ । उपाध्यायको ‘चाँदनी चाँदनी चाँदनी…’ गीतको भिडियो शनिबार साँखु स्थित झोलुङ्गे पुलमा छायांकन गरिएको हो । उपाध्यायकै सङ्गीत र स्वर रहेको गीतको भिडियोमा निर्देशन पनि उहाँकै छ । भिडियोमा डीआर आफैँ अभिनय गर्नुभएको छ भने उहाँलाई समृद्धि श्रेष्ठले साथ दिनुभएको छ । ‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु, तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । यतिबेला पनि यस्तै केही फरक गरौँ भनेर यो गीतको छायांकन फरक शैलीमा गरेको हुँ, एउटै गीत एउटा झोलुङ्गे पुलमा छायांकन भएको विश्वमा छैन’, डा. उपाध्यायले भन्नुभयो । उहाँका अनुसार गीतकार, सङ्गीत, निर्देशन, कलाकार एकैजना र एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको यो विश्वको पहिलो गीत हो । ...
दोश्रो ‘लिटिल स्टार नेपाल’को प्रशिक्षण शुरु
मनोरन्जन, समाचार

दोश्रो ‘लिटिल स्टार नेपाल’को प्रशिक्षण शुरु

२ दशक भन्दा लामो समयदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा शैक्षिक क्षेत्रमा विविध कार्यक्रम आयोजना गरेर सफल ईभेन्ट संस्थाको रुपमा ख्याती कमाएको एएनपी मिडिया हाउसको आयोजनामा लिटिल स्टार नेपालको दोश्रो संस्करणको तालिम शुरु भएको छ । केहि दिन अघि सम्पन्न छनौट चरणबाट नाम निकाल्न सफल भएका विद्यार्थीहरुका लागि शनिवारदेखि कलंकी स्थित एलआरआई स्कूलमा तालिम शुरु भएको हो । करीब ३०० जना भन्दा बढिले अडिसन दिएकामा ९० जना विद्यार्थीहरु छनौट प्रक्रियामा नाम निकाल्न सफल भएका थिए । जसमा सिनियर तथा जुनियर समूह गरि दुई समूहमा विभाजित गरि उनीहरुलाई देशका लोकप्रिय प्रशिक्षकहरु बाट प्रशिक्षण गराईने आयोजक संस्था एएनपी मिडिया हाउसका प्रमुख तथा कार्यक्रम व्यबस्थापन संघ,नेपालका अध्यक्ष लब बहादुर कार्कीले जानकारी दिए । नृत्य तर्फ चर्चित कोरियोग्राफर संदीप भुजेल,अभिनय तर्फ लोकप्रिय हास्य कलाकार तथा न...
 सुनसरी धरानमा मौलिक नेपाली लोकबाजा प्रशिक्षण सुरु
मनोरन्जन, समाचार

 सुनसरी धरानमा मौलिक नेपाली लोकबाजा प्रशिक्षण सुरु

काठमाण्डौ, फाल्गुन २२  ग्यालेक्सी दैनिक प्रदेश १ स्तरीय मौलिक नेपाली लोकबाजा प्रशिक्षण सुनसरी धरानमा सुरु भएको छ । शनिबारबाट सुरुभएको प्रशिक्षण कार्यक्रम ओैपचारिक रुपमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पानसमा बत्ती बालेर उत्घाटन गर्नुभएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा धरान नृत्य प्रतिष्ठानको स्थानीय ब्यावस्थापनमा सञ्चालित उक्त कार्यक्रम फागुन ३० गते समापन हुनेछ । प्रदेश १ का करिब १० वटा जिल्लाबाट करिब ६० जना सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षकहरु भरत बुडाथोकी र दिपेश राईले मादल ढोलकको सैद्धान्तिक तथा ब्यावहारिक तालिम दिनुहुने छ। उद्घाटन समारोहमा धरान प्रज्ञा प्रतिष्ठान, धरान संगीत प्रतिष्ठान, राई यायोक्खा सुनसरीका पदाधिकारीले सम्बोधन गर्नुभएको थियो । उद्घाटन समारोह प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम सम्योजनक अशोक कुमार राईको सभापति...
प्रतिक्षित चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा
मनोरन्जन, समाचार

प्रतिक्षित चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा

प्रतिक्षित चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ ।  वरिष्ठ अभिनेता नीर शाह देखि छबीराज ओझा सम्मको शुभकामना सहित चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । चलचित्र आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको छ । नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के. खनाललगायतका ब्यक्तिहरुले चलचित्रलाई शुभकामना सहित प्रदर्शन मिति घोषणा गरेका हुन् । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र क्षेत्रमा बलियो सम्भावना बोकेर आएका सुुगठित शरिरका धनी नव नायक तेज गिरीले यसै चलचित्रबाट डेव्यूू गरेका छन । र्बैकर्स समेत रहेका नायक गिरीको उत्कृष्ट अभिनय देख्न सकिने जा...
किर्तिमानी गीतकार डा.डिआरद्वारा एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन
मनोरन्जन, समाचार

किर्तिमानी गीतकार डा.डिआरद्वारा एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन

सूर्यविनायकबाट साढे चार किलोमिटरको उकालो चढेपछि पुगिन्छ सुन्दर प्राकृतिक मनोरम घ्याम्पे डाँडामा । भक्तपुरको अनन्त लिंगेश्वर नगरपालिका-१३ मा पर्ने घ्याम्पे डाँडाबाट सूर्योदयको मजा छुट्टै रहेको छ । चारैतिर हरियाली र सेतो बादलमुनि आकाश छुनै आँटे जस्ता देखिने अग्ला डाँडाकाँडाहरूले लोभ्याउँछ यहाँ । यहाँबाट देखिने सुन्दर हिमशृंखलाले थप आकर्षित गर्दछ जोकोहीलाई । यही प्रकृतिको मनोरम ठाउँमा बुधबार बिहान सूर्योदयसँगै देखियो फरक दृश्य । डाँडामा रहेको मैदानमा एक हुल मानिस थिए, जहाँबाट हरेक दुई-तीन सेकेन्डमा आइरहेको थियो ‘रोलिङ’, ‘एक्सन’ र ‘ड्रेस चेन्ज’ जस्ता शब्द । प्रसंग रहेछ कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको गीतको भिडियो छायांकन । यो गीतको भिडियो पनि कीर्तिमानका लागि गरिँदै रहेछ । स्थानीयले पनि कौतुहलतापूर्वक त्यहाँ भएका दृश्य नियालिरहेका थिए । ‘यस ठाउँमा भिडियो तथा चलचित्रका ध...
किरणले पवित्रालाई एकै नजरमा मनपराए
मनोरन्जन, समाचार

किरणले पवित्रालाई एकै नजरमा मनपराए

काठमाण्डौ, फागुन २० ग्यालेक्सी दैनिक लामो समयदेखि नेपाली चलचित्रमा कृयाशील नायक बिशाल बिष्ट आजभोली चलचित्र निर्माण र म्युजिक भिडियो निर्देशन र निर्माणमा व्यस्त छन । उनकै निर्देशनमा हालै एउटा 'केवल एक नजरमा' बोल रहेको नयाँ म्युजिक भिडियोको छांयाक्न सम्पन्न भएको छ । छिट्टै नै बजारमा सार्वजनिअक गरिने हुने सो भिडियो को गीतमा स्वर संगीत पूर्ण सापकोटाको रहेको छ भने गीतको रचना सुभाष गौतमले गरेका हुन । एक प्रेमीले आफ्नो मनपर्ने प्रेनिकालाई एकै नजरमा मनपराउने कथामा आधारित उक्त भिडियोमा किरण गुरुङ र पवित्रा गुरुङको अभिनय रहेको छ । झापाको रमाणीय स्थानहरुमा छांयाकन सम्पन्न गरिएको उक्त म्युजिक भिडियोलाई दर्शकश्रोताले आफ्नो पहिलेको कामलाई झैँ मनपराइदिने कुरमा निर्देशक बिष्ट विश्वस्त छन ।...
दिनेश मगरको शिव भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक
मनोरन्जन, समाचार

दिनेश मगरको शिव भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक

काठमाण्डौ, फागुन १६  ग्यालेक्सी दैनिक नेपालीहरुको महानपर्व शिवरात्रीको अवसर पारेर गायक दिनेश बलम्पकी मगरले आफ्नो नयाँ शिव भजन 'डमरू बजाईदेउन' को भिडियो सार्वजनिक गरेका छन । चर्चित डान्सिङ समुह भिमफेदी गाइज, निशान परियार, सुजन आले मगर, रमेश लामा, दिपेश तमाङको डान्सिङ र अभिनय देख्न सकिने भजनको भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका छन । भजनमा स्वयम गायक मगरकै शब्द संगीत रहेको छ भने संगीत संयोजन दिक्षित पौडेल, मिक्सिङ मास्टरिङ्ग प्रकाश मिश्रको रहेको छ । भिडियोको छांयाकन, सम्पादन र कलर ग्रेडिङको कार्य पवन सुस्लिङले गरेका हुन । भिडियोलाई भिमफेदी गाइजकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/wTTnzQWDWfU...
‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल’ २०२२ को उपाधि यशिमा र रोजिनालाई
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल’ २०२२ को उपाधि यशिमा र रोजिनालाई

दक्ष इन्टरदेशनलद्धारा आयोजित सातौं मिस ब्युटीफुल नेपाल २०२२ को उपाधि याशिमा मल्ल ठकुरीले हाँसिल गरेकी छिन् । सोही मञ्चमा आयोजना भएको छैटौं संस्करणको मिसेस ब्युटीफुल नेपाल २०२२ को उपाधि रोजिना अधिकारीले जितेकी छिन् । पूर्व मन्त्रि एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजकिशोर यादवको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम जमल स्थित नाचघरमा सम्पन्न भएको थियो । सो प्रतियोगितामा मिस ब्युटीफुल नेपालमा फस्ट रनरअप, पन्चुअल तथा मिस पपुलरको उपाधि अनिता खत्रीले जितिन् । यसै गरी सेकेन्ड रनरअप तथा बेष्ट स्किनको उपाधि खुस्बु अग्रवालले र थर्ड रनरअप तथा मिस डिसिप्लेनको उपाधि अन्सु अर्यालले हाँसिल गरे । सोही क्रममा मिसेस ब्युटिफुल नेपालतर्फ फस्ट रनरअप तथा बेस्ट र्याम्पवाकको उपाधि मायाँ श्रेष्ठ मतिनाले, सेकेन्ड रनरअप, पपुलर तथा पन्चुअलको उपाधि इन्दु कुँवरले प्राप्त गरे । सोही कार्यक्रम मिस नेपाल...