Saturday, November 21

मनोरन्जन

रमा खड्का पौडेलले जितिन ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी
मनोरन्जन, समाचार

रमा खड्का पौडेलले जितिन ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी

सौन्दर्य प्रतियोगिताहरु आयोजनामा आफ्नो बेग्लै छबि बनाएको मोडल सङ्ग्स नेपालले आफ्नो आयोजनामा नेपालमै पहिलोपटक आमा भै सकेका नारी लक्षित मोडलिङ सम्बन्धी प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द मम – व्युटी कन्टेस्ट ’ को अन्तिम प्रतिस्पर्धा एक भव्य कार्यक्रमका विच सम्पन्न गरेको छ । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी रमा खड्का पौडेलले जितेकी छिन । उनले बिजेताको ताजसँगै बिधागत तर्फको ‘मस्ट पपुलर’ अवार्ड समेत हात परिन । बिजेता बनेसँगै उनले नगद रू. २५,०००/- र अन्य विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरिन ।प्रतियोगिताको भोटिङ पार्टनरको रुपमा रहेको ग्लोबल अनलाइन पे को मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व सुचना तथा प्रविधि एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको उपस्थिति रहेको थियो । कार्यक्रममा न...
नेपाल भाषाको फिल्म ‘कर्म’ प्रदर्शन
मनोरन्जन, समाचार

नेपाल भाषाको फिल्म ‘कर्म’ प्रदर्शन

काठमाण्डौ, फागुन १५  ग्यालेक्सी दैनिक बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ शनिबारबाट गुण सिनेमा हल, ग्वार्काेमा प्रदर्शन भएको छ । रामकृष्ण खड्गीको पटकथा,सम्वाद तथा निर्देशन रहेको फिल्मको निर्माता राजेन्द्र शाक्य (दिजेन्द्र) हुन् । गुण समूहले निर्माण गरेको फिल्ममा वरिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठ,कर्म शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान,यमन श्रेष्ठ,कृष्णभक्त महर्जन,लुनिभा तुलाधर,वत्स शाक्य,रजनी खड्गी,अन्नपूर्णेश्वरी श्रेष्ठ,रुमन जोशी,अजय श्रेष्ठ,सुशील शाक्य,राजु मानन्धर,पुरन सायमीलगायतले अभिनय गरेका छन् । पहिलो दिनको बिशेष शोमा अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ,कृष्णभक्त महर्जन,निर्माता छबिराज ओझालगायतका कलाकार उपस्थित थिए । निर्माता दिजेन्द्रले यो फिल्मले गर्ने सम्पूर्ण आम्दानी बौद्ध बिहारहरुको जिर्णाेद्धार,संरक्षण तथा सम्बद्र्धनमा लगाइनुका साथै बिभिन्न समाजीक संस्थालाई प...
सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वरमा ‘आँखा झिमिक्क’ सार्वजनिक
मनोरन्जन, समाचार

सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वरमा ‘आँखा झिमिक्क’ सार्वजनिक

काठमाण्डौ, फागुन १४  ग्यालेक्सी दैनिक 'आँखा झिमिक्क' पारेर बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन'अमर'को रचना, संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो राजधानीमा एक प्रेस सम्मेलन कार्यक्रमा गरि जानकारी गराईएको थियो . कार्यक्रममा रचनाकार, निर्देशक, संगीतकार र भिडियोमा अभिनय गरेका कलाकारहरू लगायत भिडियोमा आवद्ध सबैसँग गीत र भिडियोको बारेमा जानकारी गराइयो । सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको उक्त भिडियोले सबैको मन जित्ने देखिन्छ । भिडियोमा हरिश निरौला(कक्रोज), सुमन ज्योति (ल्याग्री दादा) आयुषा कटुवाल लगायतको मन छुने अभिनय देख्न सकिन्छ । सुलभ घिमिरेद्वारा एरेन्ज गरिएको उक्त गीत ए-वान स्टुडियोमा रेकर्डिङ गरिएको हो । म्युजिक भिडियोलाई सुरेश थापा'दर्शने ले निर्देशन गरेको हुन । ओएसनेपालको आयोजनामा आयोजि...
झरनाले उचालिन् नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि
मनोरन्जन, समाचार

झरनाले उचालिन् नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि

मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवतीहरुका लागि एउटा प्रभावकारी प्लेटफर्म प्रदान गर्ने हेतुले आर एण्ड आर ग्रुपका लागि मन्जु श्रेष्ठद्वारा आयोजना गरिंदै आएको नेपाल्स नेस्क्ट सुपर मोडलको सिजन फाइभ भव्यताका सम्पन्न भएको छ । बूधबार साँझ नयाँबानेश्वर स्थित एभरेष्ट होटलमा सम्पन्न भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फेसन, ग्ल्यामर र स्टाइलको राम्रो संगम भएको पाइयो । आईआईएफटीका डिजाइनरहरु तथा पम्फाज् कुटरले तयार पारेका पहिरनमा आफ्नो उत्कृष्ट प्रस्तुतिहरु दिने क्रममा एक पछि अर्को गर्दै फेसनमय दृष्यहरु ¥याम्प माथि प्रदर्शन गर्ने क्रममा सहभागि प्रतिस्पर्धीहरु मध्येबाट अन्ततः च्यासल ललितपुरकी झरना रेग्मीले नेपाल्स नेक्स्ट सुपर मोडल सिजन फाइभको उपाधि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन् । उनले वेष्ट बडीको अवार्ड पनि जितिन् । रनवे मोडलिङको विविध पक्षमा आधारित भएर मुल्यांकन गरिएको स...
योगेशकाजी ,लोकराज अधिकारी सहितको टिम को जय शम्भो बम बम भोले(भिडियो)
मनोरन्जन, समाचार

योगेशकाजी ,लोकराज अधिकारी सहितको टिम को जय शम्भो बम बम भोले(भिडियो)

महाशिवरात्री पर्वको अवसर पारेर जय शम्भो बम बम भोले बोलको गीत सार्वजनिक भएको छ । बुधवार वाइटिएच इन्टरटेन्मेन्ट युटुब बाट सार्वजनिक भएको गीतलाई गीतकार लोकराज अधिकारीले रचना गरेका हुन । अभिनेता आर्यन सिग्देलको मुख्य भुमिका रहेको गीतको म्युजिक भिडियोमा योगेशकाजी ,चक्र बम , अनुप अधिकारी र प्रकाश मल्लले साथ दिएका छन् । भने गीतकार अधिकारीले पनि महादेबको भुमिका निभाएका छन । गीतमा योगेशकाजी , चक्र बम ,मेघ पौडेल ,सारिका घिमिरेले स्वर दिएका छन् । गीतमा संगीत र एरेन्ज पनि योगेशकै हो । अर्जुन तिवारीले छायाँकन गरेको भिडियो लाई राजिव समिरले कोरियोग्राफी र निर्देशन गरेका छन् । पोखराको पुम्दीमा रहेको भुमेस्वर महादेब मन्दिरमा छायाँकन गरिएको भिडियोलाइ सुप्रीम पराजुलीले सम्पादन गरेका हुन । लोकगीत ,आधुनिक गीत , पप गीत ,चलचित्रका गीत गजल सहित एक सय पचास बढी गीत लेखेका गीतकार लोकराज अधिकारीले यस प्रकारको ...
नितिन गजुरेलको मैथिली–नेपाली होली गीत ‘प्रेमक पिचकारी’ सार्वजनिक
मनोरन्जन, समाचार

नितिन गजुरेलको मैथिली–नेपाली होली गीत ‘प्रेमक पिचकारी’ सार्वजनिक

काठमाण्डौ, फागुन १०  ग्यालेक्सी दैनिक होली पर्व नजिकिदै गर्दा सबैमा एउटा उल्लाष र हर्ष आईसकेको छ । प्रेम सदभाव र भाईइचारा बीच मनाइने महान पर्व होली नजिकिदै गर्दा यससंग सम्बन्धीत गीत तथा म्युजिक भिडियो हरु निर्माण तथा रिलिज गर्ने क्रम बढ्न थालेको छ । यसै क्रममा नेपाली तथा मैथिली भाषा सङ्गीत क्षेत्रमा ख्याति कमाएका गायक नितिन गजुरेल र चर्चित गायिका ज्योती विश्वकर्माको सुमधुर स्वरमा सजिएको मैथिली–नेपाली सङ्गीतको समिश्रणमा ‘प्रेमक पिचकारी’ बोल रहेको होली गीत सार्वजनिक भएको छ । गीतमा मैथिली भाषा–सङ्गीतका युवा गीतकार विद्यानन्द वेदर्दीको शब्द तथा भुपेन्द्र रायमाझीको संगीत रहेको छ । नेपाली चलचित्र जगतका वरिष्ठ न्रित्य निर्देशक कमल राईको निर्देशन तथा कोरियोग्राफीमा निर्माण भएको भिडियोमा चर्चित अभिनेत्री तथा मोडेल अञ्जली अधिकारी र लोकप्रिय मोडल सुधीर श्रेष्ठको अभिनय, रोमान्स र न्रित्य दे...
सङ्घर्षशील युवा भीष्मराज फुलाराको कथा ‘वासुदा’ लोकार्पण
मनोरन्जन, समाचार

सङ्घर्षशील युवा भीष्मराज फुलाराको कथा ‘वासुदा’ लोकार्पण

काठमाण्डौ, फागुन ८  ग्यालेक्सी दैनिक गुरुबाटमात्र होइन आफ्नो परिवारबाट पनि ज्ञान आर्जन गर्नुपर्छ भन्ने मान्यता राख्ने युवा स्रष्टा भीष्मराज फुलारा संघर्ष, जीवनका भोगाई र विभिन्न घट्ना, परिघटनाबाट सिक्दै यहाँसम्म आउनुभएका उदयमान साहित्यिक स्रष्टा हुनुहुन्छ । साहित्य मार्फत न्याय, समानता र परिवर्तनका लागि बिद्यार्थी कालदेखि नै कलम चलाउँदै आउनुभएका फुलाराको नविनतम् कृति ‘वासुदा’को एक कार्यक्रम बीच आईतबार राजधानीको पाचतारे एभरेश्ट होटेल बानेश्वरमा विमोचन भएको छ । डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषेश अतिथिमा एटर्नी एट ल. अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारा हुनुहुन्थ्यो भने अर्का अतिथि उपप्रा.ज्ञाननिष्ठ ज्ञवालीले विमोचित पुस्तकको बारेमा समिक्षात्मक टिप्णी गर्नु भएको थियो । एक सङ्घर्षशील युवाको जीवनकथामा आधारित उपन्यास ‘वासुदा’मा मुल पात्र वा...
मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न
मनोरन्जन, समाचार

मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न

काठमाण्डौ, फागुन ७  ग्यालेक्सी दैनिक सर्लाहीमा आयोजना भएको १० दिने मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सकिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा सर्लाहीको हरिवनमा १० दिने मौलिक लोकबाजा प्रशिक्षणअन्तर्गत ढोलक र मादलको प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोे हो । मधेस प्रदेशका विभिन्न जिल्ला र स्थानीय गरी २८ जना प्रशिक्षार्थीले मादल र ढोलकको प्रशिक्षण लिएका थिए । समापनका अवसरमा प्रशिक्षार्थीलाई प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा कार्यक्रम संयोजक प्राज्ञ अशोक राईको सभापतित्व र मधेस प्रदेश सभा सदस्य बेची लुङ्गेलीले प्रमाणपत्र प्रदान गरेका थिए । यसअघि पाँचथरमा च्याब्रुङ, काठमाडौ र ललितपुरमा धिमे, ढोल, साकेला डम्फु, च्याब्रुङ, बाँसुरी, सारङ्गी, टुङ्ना बाजाको प्रशिक्षण सम्पन्न भई सकेको छ । अब २० फागुनबाट सुनसरी धरानमा ढोल र...
चर्चित बालकलाकार आयुसी, जेभिन जेनिस अभिनित ‘बुहारी चाहियो घर’ सार्वजनिक
मनोरन्जन, समाचार

चर्चित बालकलाकार आयुसी, जेभिन जेनिस अभिनित ‘बुहारी चाहियो घर’ सार्वजनिक

काठमाण्डौ, फागुन ७ ग्यालेक्सी दैनिक ‘बुहारी चाहियो घर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । इन्जोय नेपाल मिडिया प्रा लिको प्रस्तुतिमा तयार पारीएको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर सुरेन बसेलले निर्देशन गरेका छन । भिडियोमा मल्टिपल कलाकारको अभिनय देख्न सकिन्छ । घरमा बुहारी चाहियो भनेर बाआमाले भनेपछी छोरो बुहारीको खोजीमा केटी खोज्दै हिंडेको लगायतका रमाइला प्रसंगहरु समेटिएको भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श्वेता भण्डारी, चर्चित बाल कलाकार आयुसी ढकाल, जेबिन/जेनिस श्रेष्ठ, आदित्य भण्डारीको मुख्य अभिनय रहेको छ । गायक भुपेन्द्र सिंह र गायिका रेखा जोशीको आवाजमा सजिएको उक्त गीतमा स्वयम गायक सिंहको शब्द तथा जीवन बडुको संगीत, एरेन्ज भुवन बडु तथा मिक्सिङ मास्टरिङ्ग जीवन बडुको रहेको छ । भिडियोमा सिनेम्याटोग्राफर निरज कंडेल तथा टिम(बिरु तमु, दीपेन्द्र थपलिया माने, निसा...
ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक
मनोरन्जन, समाचार, समाज

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक विशेष सामारोहबीच गीतकार डा. कृष्णहरि वरालको प्रमुख आतिथ्यता र साहित्यकार युवराज नयाँघरे, राधेश्याम लेकाली, बाबा बस्नेत, ज्ञानुवाकर पौडेल, बरिष्ठ संगीतकार राजु सिंहलगायतकाको आतिथ्यतामा गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको हो । एल्बम स्रष्टा कैनीको जन्मोत्सवको अवसरमा सार्वजनिक गरिएको हो । सो अवसरमा वर्थ डे केके पनि काटिएको थियो । अल्टा ग्राफिक्सका प्रमुख सल्लाहाकार तीर्थराज भट्टको सभापतित्वमा भएको कार्यक्रममा अथितिहरूले स्रष्टा कैनीको साहत्यिक व्यक्तित्वका बारेमा उहाँको सार्वजनिक गजल एल्वम ‘मञ्जरी’का बारेमा आ-आफ्ना भनाइ राख्दै शुभकामना तथा बधाई दिनुभएको थियो । एल्बम ‘मञ्जरी’का बारेमा संगीतकार राजु सिंहले संमिक्षा गर्नुभएको थियो । सार्वजनिक गजल एल्बममा ‘मदिराले आज’, ‘सागरको छाल जस्तै’, ‘मनमोहनी’ र ‘सि...