Friday, November 20

मनोरन्जन

गायक मोहन राई सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित
मनोरन्जन, समाचार

गायक मोहन राई सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

काठमाण्डौ, मंसिर १७ ग्यालेक्सी दैनिक गायक मोहन राई ‘दुखुन’नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । कलाकारिता क्षेत्रमार्फत लोकतन्त्रको प्रवद्र्धन र सम्बद्र्धन साथै नेपाली सांस्कृतिक क्षेत्रको उत्थानमा क्रियाशील रहेको जनाउँदै संघका अध्यक्ष तीर्थ थापाले राईलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद ७ दफा २ (च)बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरिएको अध्यक्ष थापाले जनाउनुभयो । राईलाई अध्यक्ष थापा र कार्यबाहक सभापति जनार्दन आचार्यले मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो । संघको पत्र बुझ्दै राईले सांस्कृतिक क्षेत्रको उत्थान साथै कांग्रेसको गरिमालाई जोगाउन संघमार्फत सक्दो भूमिका निर्वाह गर्ने र भविष्यमा थप जिम्मेवारी थपिए इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपालका ‘हेभिवेट’ ...
सलोन र रुबिना अभिनित गीतकार सुधाको ‘तिम्रो मायाले’ सार्वजनिक
भिडीयाे, मनोरन्जन, समाचार

सलोन र रुबिना अभिनित गीतकार सुधाको ‘तिम्रो मायाले’ सार्वजनिक

काठमाण्डौ, मंसिर १७ ग्यालेक्सी दैनिक नायक सलोन र रुबिनाको जोडी फेरी पनि अर्को म्युजिक भिडियो मार्फत देखिएको छ । तर हामी वस्तबिक जोडी होइनौ सलोनले भने म त माया पौडिदै छु उनी त यो क्षेत्र भन्दा फरक विधामा छिन, सलोनले बताए । 'तिम्रो मायाले' बोल रहेको उक्त गीतमा गायिका रचना रिमाल र गायक केशब भावुकको सुमधुर स्वरले सजिएको छ । भिडियोमा सलोन र रुबिनसंगै भाईरल टिकटकर सन्तोष बस्नेत, लोसिन लमिछने, प्रख्यात घिमिरे, तप्स्या, गोपाल, कृति लगायतले अभिनयमा साथ दिएका छन । बिदेशमा रहेर पनि आफ्नै देशको संस्कृति, भेषभुषा र नेपाली गीत संगीतलाई माया गर्ने, थुप्रै चर्चित गीतहरुकी सर्जक गीतकार सुधा मरहठ्ठाको शब्द लेखन र चर्चित संगीतकार राजन तिमिल्सिनाले संगीत रहेको गीतको भिडियो निर्देशन चर्चित तथा अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक शशान कँडेलले गरेका हुन । भिडियोमा जती नै लगानी भएपनी यसबाट हुने क...
एसराज, सुनिता र बिकासको ‘मशानघाट–२’ सार्वजनिक
मनोरन्जन, समाचार

एसराज, सुनिता र बिकासको ‘मशानघाट–२’ सार्वजनिक

काठमाण्डौ, मंसिर १६  ग्यालेक्सी दैनिक अभिनेता एसराज गराच पछिल्लो समय बेव सीरीज तथा म्युजिक भिडियोहरुमा सक्रिय छन् । उनले अभिनय गरेका सीरीज तथा म्युजिक भिडियोहरु बेला–बेलामा सार्वजनिक भैरहेका छन् । नृत्यमा पारंगत यी अभिनेताले अभिनय गरेका पिरती बस्यो, सुरिताको दिदी, पिरतीको लुडो आदि गीतहरु पछिल्लो समय टिकटकमा समेत भाइरल भएका छन् । यसैबीच केही महिनाअघि सार्वजनिक भएको गायिका सुनिता खड्काको ‘मशानघाट’ शीर्षकको गीतको सिक्वेल अर्थात ‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता गराचलाई नै मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । ‘मशानघाट’ गीतको सफलतापछि गायिका सुनिता खड्काले यसको सिक्वेल अर्थात ‘मशानघाट–२’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको यूगल स्वर सुन्न सकिन्छ । गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झन...
मदन घिमिरेको निर्देशनमा ‘कहिले घाम कहिले पानी’
मनोरन्जन, समाचार

मदन घिमिरेको निर्देशनमा ‘कहिले घाम कहिले पानी’

काठमाण्डौ, मंसिर १५ ग्यालेक्सी दैनिक पछिल्लो समय चलचित्र निर्देशक मदन घिमिरे भिडियो निर्देशनमा ब्यस्त रहेका छन् । उनले एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा मंगलबार ‘कहिले घाम कहिले पानी’बोलको भिडियो सार्वजनिक गरेका छन् । गीतका रचनाकार पनि स्वयं निर्देशक घिमिरे नै हुन्न् । गीतमा प्रविशा अधिकारी र किरण भुजेलको स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन मनोज मालेको रहेको छ । भिडियोमा नायक शितल के.सी. र पुष्पा लिम्बुले अभिनय गरेका छन । भिडियोमा रामेश्वर हुमागाइँको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । भिडियोलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । https://youtu.be/awYU10Exme0...
देशमा भइरहेको विकृतिप्रति लक्षित ठूला माछा-साना माछा नाटक मञ्चन
मनोरन्जन, समाचार

देशमा भइरहेको विकृतिप्रति लक्षित ठूला माछा-साना माछा नाटक मञ्चन

काठमाण्डौ, मंसिर १४  ग्यालेक्सी दैनिक देशमा भइरहेको विसंगत विकृतिप्रति लक्षित गरी नेपाल सांस्कृतिक पुर्नजारण अभियान, नेवाः अभियान र उपत्यका व्यापी सडक बिस्तार पीडित संघर्ष समितिको संयुक्त संयोजनमा शिल्पी थिएटरको प्रस्तुतीमा ठूला माछा-साना माछा (तःरिम्ह न्याः चिरिम्ह न्याँ) प्रर्दशन सुरू भएको छ । गत मंसिर ११ गते शनिवार ललितपुरको चापागाउँ र थेचोमा प्रदर्शन गरिएको नाटक आइतवार कीर्तिपुरको पांगादवलीमा, सोमवार, बसन्तपुरको दवली देखाएको सो नाटक आज मंगलबार ४ बजे भक्तपुरको साँगा बजारमा तथा बुधबार ललितपुरको पाटन दरबार परिसरमा ४ः३० बजे देखाउने नाटक मञ्चन गरेर देखाइने भएकाले सो नाटक हेर्न आह्वान गरेका छन् । संयोजनमा नेपाल सांस्कृतिक पुर्नजारण अभियानका संयोजक असोज महर्जनको नेवाः अभियानको संयोजक रबिन्द्र कुमार श्रेष्ठ र उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितीका संयोजक सुमन सायमी रहेका छन् ...
गोवा छांयाकन सकेर फर्कियो आँधी तुफान-२को टिम
मनोरन्जन, समाचार

गोवा छांयाकन सकेर फर्कियो आँधी तुफान-२को टिम

काठमाण्डौ, मंसिर १२  ग्यालेक्सी दैनिक एक्सन प्रधान नेपाली कथानक चलचित्र ‘आँधी तुफान-२’ को दुईवटा गीतको छायांकन सकेर शुटिङ युनिट नेपाल फर्किएको छ । केही महिना अघि मात्र नेपालमा शुटिङ सम्पन्न गरी चलचित्रको टिम गोवा पुगेको र सम्पूर्ण कार्य सकेर फर्किएको जानकारी चलचित्रका निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी गराउनु भयो । चक्र घर्ती निर्माता रहेको चलचित्रको टाइटल गीतमा सिवानी मोक्तानको स्वर रहेको छ भने संगीत सुरेश अधिकारीको रहेको छ । त्यस्तै अर्को गीतमा ओम सुनारको संगीत, दिपेन्द्र खड्का शब्द तथा संगीत रहेको छ । गीतमा नृत्य निर्देशन भने अबी वाग्लेको रहेको छ भने अभिनय सन्जित भण्डारी, सोनी बिसी, यङ्शु श्रेष्ठ र आरती आचार्यको रहेको छ । हाल बनिरहेको चलचित्र डेढ दशक अघि व्यावसायिक रूपमा सफल मानिएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेल हो । चलचित्रलाई निर्देशक मदन घिमिरेले निर्देशन गरिरह...
वरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई दुवईमा ‘ग्लोबल अन्तराष्ट्रिय अवार्ड’
मनोरन्जन, समाचार

वरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई दुवईमा ‘ग्लोबल अन्तराष्ट्रिय अवार्ड’

नेपालकी वरिष्ठ सौन्दर्यकर्मी मनिषा जिसी क्षेत्रीले अन्तराष्ट्रिय अवार्ड जितेकी छिन । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त अवार्ड प्राप्त गरेकी थिईन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड उचालेकी थिईन । सौन्दर्य क्षेत्रको करीब १८ वर्षे लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उनी नेपालबाट उक्त अवार्डको लागि छनौटमा परि विदेशमा ...
किशोर सुब्बाको ‘सुस्तरी बोलन’को अडियो सार्वजनिक
मनोरन्जन, समाचार

किशोर सुब्बाको ‘सुस्तरी बोलन’को अडियो सार्वजनिक

काठमाण्डौँ, मंसिर ९  ग्यालेक्सी दैनिक चलचित्र निर्देशक किशोर सुब्बाको शब्द रचनामा तयार पारीएको आधुनिक गीत 'सुस्तरी बोलन'को अडियो सार्वजनिक भएको छ । तारा प्रकाश लिम्बु र मेनुका पौडेलको सुमधुर स्वरले सजिएको गीतमा स्वयम गायक तथा संगीतकार तारा प्रकाश लिम्बुकै संगीत रहेको छ । गीतको अडियो जेपिजे इन्टरटेनमेन्ट प्रा.लि. अमेरिकाबाट सार्वजनिक भएको हो । गत साता मात्रा जेपिजे इन्टरटेनमेन्ट प्रा.लि. ले छेक्यो मायालु बोलको भिडियो शाहीत सार्वजनिक गरेको थियो । https://youtu.be/dkEQtOmgFvY...
‘छेक्यो मायालु’ अमेरिकाबाट सार्वजनिक
मनोरन्जन, समाचार

‘छेक्यो मायालु’ अमेरिकाबाट सार्वजनिक

काठमाण्डौँ, मंसिर ८  ग्यालेक्सी दैनिक पुर्वाञ्चलको बिभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको ‘छेक्यो मायालु’को भिडियो अमेरिकाबाट सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द, सङ्गीत तथा तारा लावतिको स्वर रहेको गीतको भिडियोलाई सागर केरुङले निर्देशन गर्नुभएको छ । माता पाथीभरा फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण गरिएको गीतको भिडियोको निर्माता चलचित्र निर्देशक किशोर सुब्बा हुनुहुन्छ । मधुराज केरुङ, तरा लिङ्देन, लेन्जो इङ्वा,रुपा तुम्रोक, निङ्वा नेम्बाङ, विवेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघा लगायतले भिडियोमा अभिनय गर्नुभएको छ । भिडियोको छायांकन सञ्जय आचार्य, शृंङ्गार अमृता, ड्रोन अपरेटर फुङ्सो जबेगु, प्रकाश संयोजन निश्चल आचार्यले गर्नुभएको छ । भिडियो जेपीजे इन्टरटेनमेन्ट अनलाई टिभी च्यानल अमेरिकाबाट सार्वजनिक भएको हो । https://youtu.be/vAtwqexcjZI...
 ‘तिम्रो हुने कहिले’ आजबाट डिस्क होम लगायत अल नेपाल रिलिज हुंदै
मनोरन्जन, समाचार

 ‘तिम्रो हुने कहिले’ आजबाट डिस्क होम लगायत अल नेपाल रिलिज हुंदै

काठमाण्डौँ, मङ्सिर २ । तेजनेपाल ग्यालेक्सी दैनिक क्लसिक फ्रेमको प्रस्तुतिमा निर्देशक राजु गिरीको निर्देशन रहेको सुधन धिताल, श्याम खत्रीको निर्माण रहेको चलचित्र ‘तिम्रो हुने कहिले’ आज मंसिर ३ गतेबाट देशभर एकसाथ प्रदर्शन हुँदैछ । चलचित्र अल नेपाल रिलिज भएसंगै डिस्क होममा पनि एकैसाथ प्रदर्शन हुन लागेको जानकारी निर्देशक गिरीले गराउनु भयो । चलचित्रको छांयाकन सिनेमाटोग्राफर रामकृष्ण चौलागाईं, सम्पादन ललित सिंह साउद रहेका छन । हालाई यसै चलचित्रको दैव लाग्यो मायामा बोल रहेको गीत पनि सार्वजनिक गरिएको छ जसमा शब्द अनिल खनाल स्वर राम भक्त जोजिजु सँगीत तथा संगीत संयोजन बाबुल गिरीको रहेको छ । ‘तिम्रो हुने कहिले’ मा नृत्य निर्देशन् सुनिता वस्नेतको रहेको छ । सुनिता बस्नेतले हाल विशेष त साल्सा र मोडन डान्सको प्रशिक्षण दिंदैआईरहेकी छन् । नृत्य प्रशिक्षकको रुपमा परिचित नृत्यांगना सुनिता ब...