Saturday, November 21

मनोरन्जन

‘सुपर डान्सर ४’मा फर्किइन् शिल्पा
मनोरन्जन, समाचार

‘सुपर डान्सर ४’मा फर्किइन् शिल्पा

गत जुलाई १९ मा पति राज कुन्द्रा पोर्नोग्राफी मुद्धामा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर ४’को सेटबाट ब्रेक लिएकी थिइन् । यो बीचमा शोमा शिल्पाको स्थानमा कैयौं अन्य सेलिब्रेटीले उनको कमी पुरा गरे । अहिले भने शिल्पा ३ हप्तापछि शोमा फर्किएकी छन् । शिल्पाले सन् २०१६ देखि नै शोमा निर्णायकको भूमिका निर्वाह गरिरहेकी छन् । त्यहीकारण निर्माताहरु शोमा शिल्पाको पुनरागमन पर्खिरहेका थिए । ‘पति पोर्न मुद्धामा परेपछि शिल्पाका लागि शोमा फर्किनु निकै जोखिमपूर्ण काम थियो । तर उनले हिम्मत हारिनन् । शोमा शिल्पा फर्किएपछि निर्माता खुशी छन्’, शो निकट स्रोतले भन्यो । शोमा शिल्पासहित अनुराग बसु र गीता कपूर निर्णायक छन् । शिल्पाको अनुपस्थितिमा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथि बनेर पुगेका थिए । ‘सुपर डान्स...
पवनदीप बने १२ औं ‘इण्डियन आइडल’
मनोरन्जन, समाचार

पवनदीप बने १२ औं ‘इण्डियन आइडल’

भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को उपाधि पवनदीप राजनले जितेका छन् । शोमा अरुणिता काञ्जीलाल फस्ट रनर अप भइन् । पवनदीपले अन्य चार प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । फिनालेमा पवनदीपसहित दानिश खान, शनमुखप्रिया, अरुणिता काञ्जीलाल, निहाल तोरो, सयाली काम्बले प्रतिष्पर्धी थिए । उत्तराखण्डका पवनदीपले उपाधिसँगै नगद २५ लाख रुपैंयाँ, ट्रफी र एक कार पुरस्कार पाए । फिनाले झण्डै १२ घण्टा भन्दा बढी समयसम्म चलेको थियो । शोमा कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, कुमार सानू, अल्का याग्निक र उदित नारायण झालगायत पुगेका थिए । शोमा द ग्रेट खली पनि पुगेका थिए । फिनालेमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमियाको पनि उपस्थिति थियो । तर शोको निर्णायकमध्येकी एक नेहा कक्कड भने कार्यक्रममा उपस्थित थिइनन् ।...
‘कमेडी च्याम्पियन २’ छाड्दै ऋचा शर्मा
मनोरन्जन, समाचार

‘कमेडी च्याम्पियन २’ छाड्दै ऋचा शर्मा

चर्चित रियालिटी सो 'कमेडी च्याम्पियन २'को की निर्णायक ऋचा शर्माले शो छाड्ने भएकी छिन् । आफुले शो छाड्ने बारे अभिनेत्री ऋचाले शोमा नै जानकारी गराएकी हुन् ।  उनले आफु आमा बन्न लागेकोले शोको निर्णायकबाट आफु बाहिरिन लागेको बताएकी छिन् । उनले डाक्टरले दिएको सल्लाह अनुसार उनले शो छाड्ने बताएकी छिन् । उनी सेप्टेम्बर महिनामा आमा बन्दैछिन् ।  यस्तै निर्देशक विशाल भण्डारीका अनुसार आउँदो साता ऋचा शोमा उपस्थित हुनेछिन् । त्यसपछि यो शोमा ऋचा निर्णायको रुपमा रहनेछैनिन् । अहिले कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । ‘कमेडी च्याम्पियन २’मा अहिलेसम्म सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई निर्णायकमा छन् ।...
२० वर्षपछि एकै फिल्ममा माधुरी र रेखा
मनोरन्जन, समाचार

२० वर्षपछि एकै फिल्ममा माधुरी र रेखा

बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले हालैमात्र बलिउडमा २५ वर्ष पुरा गरेका छन् । विगत दुई दशक यता भन्सालीले बलिउडमा निकै राम्रा फिल्म दिएका छन् । यी निर्देशक यतिबेला फिल्म ‘हीरामण्डी’को प्रोजेक्टमा छन् । जुन फिल्ममा बलिउडका दुई दिग्गज अभिनेत्री माधुरी दिक्षित र रेखा पनि अनुबन्धित भइसकेका छन् । रेखा र माधुरी पछिल्लो पटक सन् २००१ मा राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’मा देखिएका थिए । उनीहरुले भन्सालीको फिल्ममा झण्डै २० वर्ष पछि सहकार्य गर्न लागेका हुन् । फिल्ममा सोनाक्षी सिन्हा र हुमा कुरैशीको पनि अभिनय रहनेछ । सञ्जय हाल फिल्म ‘गंगूबाई काठियावाडी’मा व्यस्त छन् । फिल्ममा आलिया भट्टसँगै अजय देवगनको पनि अभिनय छ । यसबाहेक उनको फिल्म ‘बैजूबावरा’ पनि लाइनअपमा छ । जसमा रणवीर कपूरले प्रमुख भूमिकामा अभिनय गर्दैछन् ।...
बुद्ध लामा र शशिकलाको ‘बौद्ध पिपलबोट’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बुद्ध लामा र शशिकलाको ‘बौद्ध पिपलबोट’सार्वजनिक(भिडियो)

विभिन्न गित संगितका म्युजिक भिडियोहरु निक्लिने क्रममा गायक बुद्ध लामा र शशिकला मोक्तानको आवाजमा स्वर बद्ध तामाङ सेलो नेपालि भाषाको गित ‘बौद्ध पिपल बोट’को म्युजिक भिडियो हालै मात्र जिग्मे मेडिया मार्फत बजारमा आएको छ । https://www.youtube.com/watch?v=Bu25TL1UDtA प्रबिन लामा र निरन्जली लामा अभिनित यस भिडियो मा छांयाक्न धन योन्जन तामाङ,सम्पादन माधन बेल्बासे, श्रींगार अरुणा घिमिरे ,नृत्य निर्देशक विशाल खड्गी को रहेको छ । नगरकोट को रमणिय बुद्ध पार्कमा छायांकन गरिएको यस गितका रचनाकार सन्ध्या सुस्केरा मोक्तान र संगित संयोजन सानू बाबू घिसिङको रहेको छ । भिडियो लाई अमृत सुनुवारले निर्देशन गरेका हुन ।...
चलचित्र ‘कुईनेटो’को टिजर सार्वजनिक
मनोरन्जन, समाचार

चलचित्र ‘कुईनेटो’को टिजर सार्वजनिक

सुदुरपश्चिममा छायांकन गरिएको फिल्म ‘कुइनेटो’को टिजर सार्वजनिक भएको छ । मिडिया एण्ड इन्टरटेनमेन्ट र पिम नेपालको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा माधवराज खरेलको लेखन र निर्देशन छ । कमला जोशी निर्माता रहेको फिल्मको टिजरमा माया, प्रेम, समर्पण,सद्भाव र आक्रोशसँगै ग्ल्यामरलाई देखाइएको छ । फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दीपेश जैसी आदि कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा किरण दाहालको द्वन्द्व, रुपेश उप्रेतीको निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन छ । कोभिडको अवस्थामा सामान्य भएपछि रिलिज गरिने निर्देशक खरेलले जनाए । https://www.youtube.com/watch?v=pNObsdJkIk8...
ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक
मनोरन्जन, समाचार

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणनमा आवेदन दिने किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ । उनीरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ । उक्त सुची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । देश भरीबाट आएको ६११ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० किशोर किशोरीहरु निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपालको यो सातौं संस्करण हो । यस वर्ष सेप्टेम्बर १ तारिकका दिन अन्लाइन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत उनीहरु पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल...
नागपन्चमी थिममा फेसियल हाउसको फोटोसुट
मनोरन्जन, समाचार

नागपन्चमी थिममा फेसियल हाउसको फोटोसुट

काठमाडौं । फेसियल हाउस हेयर सैलुनहरूमध्ये नेपालकै नम्बर १ ब्राण्डका रूपमा स्थापित छ । यो सँगसँगै फेसियल हाउसले मोडलिङ क्षेत्रमा पनि आफ्नो वर्चश्व कायम गर्दै आएको छ । फेसियल हाउसले हालसम्म नेपालकै ठूलो फेसन सो ‘फेसन ट्रेड सिजन–३’ आयोजना गरिसकेको छ । साथै नेपालमा हुने चाडपर्वलाई विशेष महत्व प्रदान गर्दै आएको फेसियल हाउसले विभिन्न चाडपर्वहरूलाई लक्षित गरी ‘फोटो शुट’ समेत गर्दै आएको छ । यसै सन्दर्भमा नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक महत्वको झल्को दिन यस प्रकारको फोटो शुट गरेको छ । यस प्रकारको कामले नेपालीहरूले भुल्दै गएको संकृतिलाई जगाईराख्ने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बताउँछिन् । यसै अन्तर्गत फेसियल हाउसले नागपञ्चमी थिममा फोटो शुट गरेको छ । नागहरूको बस्ती रहेको विश्वास गरिने पोखरी टौदहलार्ई लोकेशन बनाएर गरिएको फोटो शुटमा मोडेलको रूपमा सुशीला थाप...
चलचित्र ‘कुईनेटो’को प्रोमो सार्वजनिक
मनोरन्जन, समाचार

चलचित्र ‘कुईनेटो’को प्रोमो सार्वजनिक

मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको टिजर (प्रोमो) ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ ।  सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको  प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् । हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ । निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, न...
दर्शकको मन जित्दै टेलिचलचित्र‘आमा सबैकी’ (भिडियो)
मनोरन्जन, समाचार

दर्शकको मन जित्दै टेलिचलचित्र‘आमा सबैकी’ (भिडियो)

टेलिचलचित्र ‘आमा सबैकी’ले यतिवेला दर्शकको मन जित्न सफल भएको छ । मञ्जरी मिडियामार्फत आइरहेको यो समसामायिक टेलिचलचित्रलाई युट्युवमा दर्शकले साथ दिइरहेका छन् । यसको तेस्रो भागसम्म आइपुग्दा सबैको तारिफ बटुल्न सफल भएको छ । राजु गिरीले निर्देशन गरेको यो टेलिचलचित्रमा संगम भण्डारी, सविन बास्तोला, सुभेच्छा थापा, राजु गिरी, सुदन धिताल, लक्ष्मिनाथ तिमिल्सिना, रचना पौडेल, सरोज दाहाल, सुप खनाल, मोहन घिमिरे, समिता रिजाल, सरोज मानन्धरलगायतका कलाकारको अभिनय रहेको छ । https://youtu.be/dW1QQIPCBmk रामकृष्ण चौलागाईंको छायाँकन, ललित सिंह साउदको सम्पादन रहेको यो टेलिचलचित्रको निर्माण सुस्मिता धितालले गर्नुभएको हो । टेलिचलचित्रमा सामाजिक विषयवस्तुलाई यर्थाथ परक र व्यङ्ग्यातमक रुपमा प्रस्तुत गरिएको छ । यो टेलिचलचित्र हरेक शुक्रबार चार बजे सार्वजनिक हुने गरेको छ । ‘आमा सबैकी टेलिचलचित्र तेस्रो भागस...