Friday, November 20

मनोरन्जन

वरिष्ठ साहित्यकार पोषण पाण्डे द्वारा रचित कविताहरूको संग्रह “मेरी नैनी”को लोकार्पण कार्यक्रम
मनोरन्जन, समाचार

वरिष्ठ साहित्यकार पोषण पाण्डे द्वारा रचित कविताहरूको संग्रह “मेरी नैनी”को लोकार्पण कार्यक्रम

बैशाख ७ गते वहाँको ८९ अौं स्मृति दिवस को अवसर पारेर वरिष्ठ साहित्यकार श्री रोचक घिमिरे ज्युको प्रमुख आथित्यतामा सम्पन्न भयो । समारोहमा केही विशिष्ट सहित्यकार, समालोचक , पत्रकार तथा परिवार जन को उपस्थित रहेको थियो । मन्तव्यको क्रममा बोल्दै वरिष्ठ साहित्यकार / समालोचक द्वय प्रा. डा गोविन्दराज भट्टराई र ज्ञानु पाण्डेले पोषण पाण्डेको कवि व्यक्तित्व बारे प्रकाश पार्नु भएको थियो । समारोहमा पोषण पान्डेको रचनामा वरिष्ठ संगीतकार राजु सिंह द्वारा संगीतबद्ध गीतलाई चर्चित गायिका बानिका प्रधानले गाएर सुनाउनु भएको थियो । मानवीय चेतनालाई जागृत गराउने खालका कविता लेख्ने पोषण पाण्डे एक स्वाभिमानी स्रष्टा रहनु भएको कुरामाथि प्रकाश पार्दै प्रमुख अतिथि रोचक घिमिरे ले समारोहलाई सम्बोधन गर्नु भएको थियो । पोषण पाण्डे तीर्थ सदनको उपाध्यक्ष वरिष्ठ साहित्यकार कणाद महर्षिद्वारा स्वागत गर्दै प्रारम्भ भएको यस समारोहला...
गायक रुपक खडकाको फेसबुक सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायक रुपक खडकाको फेसबुक सार्वजनिक (भिडियो)

काठमाण्डौं । गायक रुपक खडकाको नयाँ गीत फेसबुक सार्वजनिक भएको छ । गीतमा प्रमीको शब्द र गायक स्वयम खडकाकै संगीत रहेको छ । डि रेकर्डिङमा रेकर्ड गरिएको गीतमा सुन्दर कुमार महर्जनको संगीत संयोजन र बाद्दवादन, लुमन स्थापितले गीटार, कृष्ण लिम्बुले बास, सन्जिब मैनालीले बाँसुरी बजाएका छन । https://www.youtube.com/watch?v=j7R2XTnxIFs समन अधिकारिको निर्देशन रहेको भिडियोमा गायक रुपक खडकालाई झरना रिसाल र बाल कलाकार ग्रिश्मा खडकाले अभिनयमा साथ दिएका छन । रेस्क्यु कृयसन र फराज अवे इन्टर्टेन्ट्मेन्टको निर्माण गरिएको भिडियो फराज अर्पणको छाँयाकन र सम्पादन रहेको छ । भिडियो ओ एस् आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
निशान भट्टराईको स्वरको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

निशान भट्टराईको स्वरको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक(भिडियो)

इन्दु दनुवारको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक भएको छ । सुरज लामिछानेको शब्द रचना रहेको गीतमा गायक निशान भट्टराईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतले ठूलो जात र सानो जातको कथालाई चित्रण गरेको छ । उक्त गीतले गाउँघरमा हुने सानो जात र ठूलो जातको माया प्रेम र त्यसभित्र आइपर्ने कठिनाइहरू प्रस्तुत गरेको देख्न सकिन्छ । https://www.youtube.com/watch?v=hfsN5JuSPJQ कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा यादब देभाकोटा (सरापे), इन्दु दनुवार र युबराज खत्री मुख्य भूमिकामा छन् । सुजन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन युबराज खत्रीले गरेका छन् । भिडियो तारा सीतारा प्रोडक्सन यूट्युब च्यालनमार्फत सार्वजनिक गरिएको छ ।...
नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार

नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम सम्पन्न

नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम सम्पन्न भएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा आआफ्नो क्षेत्रमा सफलता हासिल गर्ने नृत्य निर्देशकहरुलाई सम्मान पनि गरिएको थियो ।नव वर्ष २०७८ को अवसर पारेर आयोजित कार्यक्रममा नृत्य बिधामा नेपाल सरकारले प्रवल जनसेवा पदकबाट बिभूषित बरिष्ठ नृत्य निर्देशकद्वय नारायण देवी प्रधान र जोगेन्द्र केसीलाई सम्मानित गरिएको थियो । त्यसैगरी, नेपाल सरकार संचार तथा सुचना प्रविधि मन्त्रालयबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा मनोनीत नृत्य निर्देशक संघ नेपालका केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठ पनि सम्मानित भएका छन् । त्यस्तै तमु गुरुङ्ग कलाकार संघमा पुनः उपाध्यक्ष पदमा निर्वाचित संघको केन्द्रीय सदस्य याम गुरुङ्ग र वर्षकै उत्कृष्ट मोडलको एवार्ड जितेकी संघ भक्तपुर शाखा कार्य...
विश्व किर्तिमानी डा. डिआर उपाध्यायको किर्तिमान माथी किर्तिमान एकैपटक थप १९ सहित  ५१ वटा विश्व कीर्तिमान
मनोरन्जन, समाचार

विश्व किर्तिमानी डा. डिआर उपाध्यायको किर्तिमान माथी किर्तिमान एकैपटक थप १९ सहित ५१ वटा विश्व कीर्तिमान

नेपाली गीत सङ्गीतमा डा. डी आर उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर केही महिना पहिला मात्र गिनिज अफ वल्र्ड रेकर्ड कायम गर्नुभएका गीतकार डा. उपाध्यायले फेरि १९ फरक विधामा विश्व कीर्तिमानी कायम गर्दै कुल ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ । राजधानीमा सोमबार एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द र इतिहासविद् तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले १९ वटा विधामा वल्र्ड रेकर्डको सर्टिफिकेट प्रदान गर्नुभएको हो । यसअघि डा. उपाध्यायले गीत सङ्गीतका विभिन्न विधामा ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको थियो । पूर्व प्रधानमन्त्री चन्दले भन्नुभयो, ‘यसरी एकैदिन फरक १९ विधामा १३ ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहि...
जन्म दिने आमामा समर्पित गीत ‘आमा मेरी आमा’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

जन्म दिने आमामा समर्पित गीत ‘आमा मेरी आमा’सार्वजनिक(भिडियो)

जन्म दिने आमामा समर्पित गीत ‘आमा मेरी आमा’ सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । गायिका रचना रिमालको कर्णप्रिय स्वर रहेको छ भने चर्चित गीतकार लोकराज अधिकारीको शब्द श्रृजना तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ । यस गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् भने बुद्द थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको बास्डोल र नेपाली सेनाको सुर्यविनायकस्थित इन्द्र बक्स गणमा गरिएको छ । भिडियोमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, कलाकार कमला दाहाल, लोकराज अधिकारी, सतिश अधिकारी, श्रीदेव भट्टराई, केशवराज भट्ट,चक्र साउद,केशब भट्ट, राजेन्द्र बजगाईँ, बाल कलाकार समैरा थापा, प्रान्जल धिताल, आर्या कोइराला र श्रीजा नेपालको अभिनय रहेको छ । भिडियो केशब भट्टको कोरियोग्राफीमा तयार भएको हो । ...
शिवन पोखरेल फिचर्ड तथा निर्देशित ‘कोदोको ढिडो’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

शिवन पोखरेल फिचर्ड तथा निर्देशित ‘कोदोको ढिडो’सार्वजनिक(भिडियो)

लोक गीत ‘कोदोको ढिडो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हिरा खनाल र गौतम शेर्पाको शव्द लयमा तयार गीतलाई हरि बिसी,सुनिता ओली,महेश बिक्रम पाण्डे र रोशनी बुढा मगरले स्वर दिएका छन । संगित बद्री पाठकको रहेको उक्त गीतलाई महेश बिक्रम पाण्डेले ऐरेन्ज गरेका हुन । https://www.youtube.com/watch?v=rpUep8r2O7M लोकप्रिय मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा शिवनकै साथमा मोडल करिष्मा ढकाल, सन्तोष कुमार, सम्वेक भुषाल र रितु सुनार फिचर्ड रहेका छन ।बिन्दवासिनी म्यूजिकबाट सार्वजनिक गरिएको गीतको भिडियोको छायांकन महेश महेश महराको तथा सम्पादन राजन केसीको तथा कोरियोग्राफी दिलिप राईको रहेको रहेको छ ।...
पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन शो
मनोरन्जन, समाचार

पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन शो

परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको अन्तिम परिक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको पाइयो । हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मंचमा उत्रिंदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको अनुभव गर्न पाइयो । यस बाहेक सो फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पूतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता संचार भएको थियो । ‘अस्तित्व’ शीर्षकमा संचालन गरिएको यस पटकको ग्राजुएसन फेसन शो नमूना कलेज अफ फेस...
किरण माईकलको संगितमा‘म त छोरी नेपाली’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

किरण माईकलको संगितमा‘म त छोरी नेपाली’सार्वजनिक (भिडियो)

गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘म त छोरी नेपाली’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नयाँ बर्ष २०७८ अवसर पारेर सार्वजनिक गरिएको गीतमा चर्चित संगितकार किरण घिमिरे ‘माइकल’को संगीत छ । सुदिप आत्रेयको शव्दमा तयार भएको गीत आत्रेय प्रडक्सन युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । https://youtu.be/1_4tNuLnNrE प्रमोद परियारले एरेञ्ज गरेको गीतमा तेजस्वी गौतम फिचर्ड छिन् । अभी लामाले कोरियोग्राफी गरेका छन् भने निर्देशन तथा सम्पादन फराज अर्पणको छ ।...
‘मिस डिवाइन ब्युटी नेपाल’ र ‘मिसेस गोकर्णश्वर’ प्रतियोगिता हुदै
मनोरन्जन, समाचार

‘मिस डिवाइन ब्युटी नेपाल’ र ‘मिसेस गोकर्णश्वर’ प्रतियोगिता हुदै

ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता आयोजाना गरेको छ । उक्त प्रतियोगिताको फाइनल यँही आउदो बैशाख ०४ गते हुदै छ । यो प्रतियोगितालाई काठमाडौंमा स्थित गोकर्णश्वर नगरपालिकाले सहकार्य गरेको छ । दुई विद्यागत रुपमा प्रतियोगितामा करिव १८ जना प्रतिस्पर्दीहरुले सहभागि जनाएका छन् । भने मिस डिवाइन ब्यटी नेपालमा १० जना तथा मिसेस गोकर्णश्वर पेजेन्ट नेपालमा ८ जना प्रतिस्पर्दीहरु रहेको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र शेष्ठले डिजिटल खबरलाई जानकारी दिनुभयो । प्रतियोगिताको मिस डिवाइन ब्यटी नेपाल २०२१को समूहमा अविवाहित युवती रहेको छन् । जसमा प्रतियोगितामा सहभागि जनाउनको लागि एसईई भन्दा माथिको योग्यता निर्धारण गरेको थियो। भने उमेरमा १६ देखी २६ सम्मको उमेर समूहका युवतीहरु रहेको ट्रेवल फेस...