Friday, November 20

राजनीति

पृथ्वीसुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्रीमा पुनःनियुक्त
राजनीति, समाचार

पृथ्वीसुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्रीमा पुनःनियुक्त

पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका छन्। गत आइतबार राजीनामा दिएका उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। गुरुङले बुधबारै पद तथा गाेपनीयताकाे सपथसमेत लिएका छन्। प्रदेशसभामा विपक्षीहरुले राखेको अविश्वास प्रस्तावमाथि मतदान हुनुभन्दा अघिल्लो दिन गुरुङले आइतबार राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले गठबन्धन सरकारका लागि दावी पेश गर्न बुधबार अपरान्ह ४ बजेको समय दिएकी थिइन्। विपक्षी गठबन्धनले काँग्रेस नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार बनाउने दावी गरे पनि जनमोर्चाले साथ नदिँदा बुहमत पुगेको थिएन। विपक्षीले दावी गरेअनुसार बहुमत नपुगेपछि सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गुरुङ फेरि सरकारमा फर्किएका हुन्। उनले अब ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको म...
मुलुकमा राजनीतिक अस्थिरता हुनु भनेको मुलुक पछाडि धकेलिनु हो
राजनीति, समाचार

मुलुकमा राजनीतिक अस्थिरता हुनु भनेको मुलुक पछाडि धकेलिनु हो

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आह्वान गरेका छन् । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सो आहवान गरेका हुन । अवको राजनीतिक गति कसरी अघि बढछ त्यो भने अहिले नै यकिन गर्न सकिने अवस्था बनि सकेको छैन । राजनीतिमा कति खेर के हुन्छ त्यो भन्न सकिदैन । अहिले राजनीतिमा जे गतिविधि भइरहेका छन ति जनताको पक्षमा भइरहेका छैनन् । ति गतिविधि नेताहरुको सत्ता स्वार्थका लागी भइरहेका छन । राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुवेका छन । जसले गर्दा आमनागरिक मर्कामा परेका छन । यो कुरा सवैले बुझेका छन । दल र नेताका कारण देश बर्वाद भयो । दल र तिनका नेताहरुल...
एकैदिन आज १३९ जनाको मृत्यु,९,१२७ जना संक्रमित थपिए
राजनीति, समाचार

एकैदिन आज १३९ जनाको मृत्यु,९,१२७ जना संक्रमित थपिए

नेपालमा कोरोनाभाइरसबाट सोमबार एकैदिनमा १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,१२७ जना संक्रमित भएका छन् । ४,००७ जना निको भएका छन् ।
विश्वासको मतका लागि भोट नदिने एमाले पार्टिका सांसद (सूचिसहित)
राजनीति, समाचार

विश्वासको मतका लागि भोट नदिने एमाले पार्टिका सांसद (सूचिसहित)

सत्तारुढ दल नेकपा एमालेका २८ जना सांसदहरु प्रतिनिधिसभाको बैठकमा अनुपस्थित रहेका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतमाथि मत विभाजन हुँदा एमालेकै २८ जना सांसद अनुपस्थित भएपछि प्रधानमन्त्रीको प्रस्ताव असफल भएको छ। एमालेमा समानान्तर गतिविधि गरिरहेको माधव कुमार नेपाल समूहले सोमबार बिहानै प्रतिनिधिसभा बैठकमा अनुस्थित हुने निर्णय गरिसकेको थियो। सो निर्णय अनुसार एमालेका २८ जना सांसद अनुपस्थित भएका हुन्। पार्टीमा चर्किएको विवादका कारण उनीहरु बैठकमा अनुपस्थित भएका हुन्। सोमबार बिहानसम्म पार्टीको विवाद समाधान गर्ने विषयमा छलफल भए पनि छलफल सफल हुन सकेको थिएन। सामूहिक राजीनामा दिने बताएको माधव समूहले अन्तिममा बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार नै ह्वीप जारी गर्दै सम्पूर्ण सांसदहरुलाई उपस्थित हुन र प्रस्तावको पक...
यो माहामारीका बेला राजनीति गर्ने होइन,एक ढिक्का हुने बेला हो
राजनीति, समाचार

यो माहामारीका बेला राजनीति गर्ने होइन,एक ढिक्का हुने बेला हो

-डा.डिआर उपाध्याय, प्राणघातक जस्तो कोरोना भाईरस संग जोगिन आफनो घरभित्र बस्नु बाहेक अर्को कुनै बिकल्प देखिएन । लामो दिन सम्म एकै ठाउँमा बसिरहदा दिग्दार लाग्दो रहेछ । के गर्ने यो संग जोगिन पनि त पयो नि । धर्य साथ हामी सवैले निषेधाज्ञा पालना गरौँ । यो बाहेक अरु कुनै बिकल्प छैन । कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ । यो रोग संग हामी कसैले पनि खेलवाड नगरौं । सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्ने दायित्व र कर्तव्य हामी सवै नागरिकको हो । सरकारले कोरोना भाईरसलाई नियन्त्रमा ल्याउन निषेधाज्ञा जारी गरेको हो । आज देशमा दिनप्रति दिन संक्रमितको संख्या बढ्दै गएको छ । बिरामीको मृत्युदर पनि बढ्दै गएको छ । आज कोरोना महामारीको दोस्रो लहर निकै संकटपूर्ण देखिएको छ । यसको सामाना गरेर जानु पर्ने आबश्यकता देखिएको छ...
उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप,अब थप कडाइ गरिने
राजनीति, समाचार

उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप,अब थप कडाइ गरिने

उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप भएको छ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अब थप कडाइ गरिने भएको छ। बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ। बिहान भने ९ बजेसम्म भने पसल सञ्चालन हुन पाउने छन्। फुटपाथका पसल बन्द गरिने भएको छ। बैंक तथा वित्तीय संस्थामा कर्मचारी सीमित गर्ने, सरकारी कार्यालयमा पनि कर्मचारी र सवारी साधनको संख्या घटाउने व्यवस्था गर्ने निर्णय भएको छ। यसको व्यवस्था सम्बन्धित मन्त्रालय र विभागबाटै गर्ने प्रमुख जिल्ला अधिकारीको निर्णय छ। सञ्चारमाध्यमलाई पनि आवागमनमा थप कडाइ गरिने भएको छ। अब सूचना विभागले जारी गरेका प्रेस पास देखाउनुपर्नेछ। त्यो नभएकाहरुका हकमा सम्बन्धित सञ्चारगृहले प्रशासनमा न्यू...
अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो
राजनीति, समाचार

अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिाषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा तत्कालिन नेकपा सरकारले २०७६ असोजमा उनलाई अस्ट्रेलियाको राजदूत बनाएको थियो। अहिले नेकपा खारेज भएर एमाले र माओवादी पुनःजीवित भएर सक्रिय छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन माओवादी केन्द्र निकट भएर नियुक्ती पाएकाहरुलाई धमाधम फिर्ता गरिरहेका छन्। यहीबीचमा अस्ट्रेलियाका लागि नेपाली राजदूत फिर्ता भएका हुन्। सोमबारको मन्त्रिपरिषदले जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीलाई भने अर्को निर्णय नहुनेबेलासम्मका लागि यथावत राख्ने निर्णय गरेको छ। राणा काँग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन् र उनी राप्रपाको कोटामा राजदूत नियुक्त भएकी थिइ...
आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउने कोसिस सवै नागरिकले गरौं
राजनीति, समाचार

आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउने कोसिस सवै नागरिकले गरौं

डा.डिआर उपाध्याय, नेपालमा दोस्रो लहरको कोरोना भाईरस अझै नियन्त्रणमा आउन सकेको छैन । सरकार र सम्वन्धित पक्षहरु कोरोना भाइरस नियन्त्रमा ल्याउन आफनो क्षमताले भ्याय सम्म लागीपरि रहेका छन । सवै भन्दा पहिला आफू सुरक्षित हुने र अरुलाई सुरक्षित गर्ने बानी हामी सवै नेपालीहरुले गर्ने गरौं । हामी आफै सुरक्षित हुँदा अरु पनि स्वत सुरक्षित हुन्छन । यो कुरा सवैले बुझन जरुरी छ । अहिले कोरोना भाइरस माहामारीका रुपमा देखिएको छ । यस्तो बेलामा आफनो घर बाहेक अरु कुनै ठाउँमा जाने काम कसैले नगरौ । घर भित्र पनि सामाजिक दुरी कायम गरेर बसौं । किन कि घर भित्र पनि सुरक्षित नहुन सक्छ । एक आपसमा सुरक्षित रहेर बसौं । कोरोना भाइरस कहिले नियन्त्रमा आउँछ त्यो कुनै ठेगान छैन । तर आशा गरौं , यो दोस्रो लहरको कोरोना भाइरस चाडै नियन्त्रमा आउँछ भनेर । यसलाई चाडो नियन्त्रमा ल्याउने भनेको तपाई हाम्रो अनुशासनमा भर पर्दछ । स...
संक्रमण रोक्न सरकारले पहलकदमी लिनु पर्छ
राजनीति, समाचार

संक्रमण रोक्न सरकारले पहलकदमी लिनु पर्छ

-डा.डिआर उपाध्याय, कोरोना भाइरसको संक्रमण देशव्यापी रूपमा पुनः बढ्न थालेको समाचार दिनौं जसो आइरहेका छन । यो नै चिन्ताको बिषय बनेको छ । यति बेला संक्रमितको संख्या बढे संगै अस्पतालहरूमा बेड र अक्सिजनको अभाव हुदैछ । समयमा उपचार नपाएर संक्रमितको मृत्यु भइरहेको छ । यस्तो बाध्यात्मक स्थिति पैदा भएको छ की सम्बन्धित निकायहरु विज्ञप्ति जारी गरेर बसेका छन्। यस्तो बेलामा सम्बन्धित निकायहरुले ठोस कदम चाल्नु पर्ने हो की होइन ? विज्ञप्ति मात्र जारी गरेर पन्छिन मिल्दैन । देश भरी जनता त्रासमा छन । अहिले बढीरहेको यो संक्रमण रोक्न सरकारले पहलकदमी लिनु पर्छ । यसमा जनता साथ दिन तयार छन । सरकारको एकल प्रयासले सम्भव छैन । अव सचेत र सतर्कता अपनाउने बेला आयो । पूर्व तयारी नभएको कारणले गर्दा यो परिस्थिती आएको हो । छिमेकी देश भारतमा संक्रमितको संख्या बढिरहेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकारले पूर्व तयारी...
मनाङे रिझाउन मन्त्रालय टुक्रयाइयो
राजनीति, समाचार

मनाङे रिझाउन मन्त्रालय टुक्रयाइयो

आफूविरुद्धको अविश्वास प्रस्ताव कमजोर बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ कदम चालेका छन्। ‘डन’ को पहिचान बनाएका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री बनाएर मुख्यमन्त्री गुरुङ बलियो बन्न खोजेका छन्।सामाजिक विकास मन्त्रालय टुक्र्याएर त्यसअन्तर्गत रहेको युवा तथा खेलकुद शाखालाई छुट्टै मन्त्रालय बनाई मनाङेलाई त्यसको जिम्मा दिइएको हो। मनाङेको मत अविश्वास प्रस्तावको पक्षमा गए मुख्यमन्त्री पद खुस्किने देखेपछि गुरुङले मन्त्री पद ‘उपहार’ दिएका हुन्। मनाङ ‘ख’ मा स्वतन्त्र चुनाव लडेका मनाङे सुरुमा कुनै पनि पार्टीमा थिएनन्।  एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेपछि भने उनी नेकपातिर ढल्केका थिए। नेकपामा विवाद आएपछि उनी वामदेवको पक्षमा पनि उभिए। सर्वोच्च अदालतले नेकपालाई वैधता नदिई नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएप...