Friday, November 20

राजनीति

सरकारी तयारी अझै पुगेन
राजनीति, समाचार

सरकारी तयारी अझै पुगेन

डा.डिआर उपाध्याय, सरकारले बिहिवार देखि देशका बिभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । यसको प्रभाव बिभिन्न ठाउँमा परेको छ । निषेधाज्ञा जारी हुने भने पछि काठमाण्डौंबाट आफनो गाउँ फर्कनेको लर्को देखियो । आखिर आपत बिपतमा आफनै गाउँघर प्यारो हुन्छ । यो शहरमा कसैले कसैको मतलव गदैन । सवै आ आफनै धुनमा हुन्छन । मतलवी दुनिया देखेर नै धेरै मानिसहरु यो बेला आफनै गाउँघर फर्किएका छन । काठमाण्डौमा भोकै मरिन्छ की भन्ने चिन्ताले ति मानिसहरु गाउँ फर्किएका हुन । गत बर्षको लकडाउन बाट पाठ सिकेका ति मानिसहरु आफनै गाउँ घर फर्किन बाध्य भएका हुन । अरु केही होइन । अर्को कुरा ति मानिसहरु लर्को लाएर गाउँ फर्किदा के कोरोना लिएर फर्किएका त छैनन् ? यो पनि गम्भिर प्रश्न छ । सरकारले गाउँ फर्कने होइन जो जहाँ छ , त्यही बसेर सुरक्षित रहने हो , हामी छौं , केही भए सरकार छ भन्ने पनि आँट गर्न किन सकेन होला ? पक्कै गाउँ फर्कन...
जनताका पिरमर्कामा मलम पट्टि लगाउने भनेको सरकारले हो
राजनीति, समाचार

जनताका पिरमर्कामा मलम पट्टि लगाउने भनेको सरकारले हो

डा.डिआर उपाध्याय, अव सरकारले हामी छौ है, राज्य छ, है भन्ने दायित्वबोध गर्नुपर्छ अव सरकारले ढिला नगरीकन विपन्न वर्गको लागि विशेष आर्थिक कार्यक्रम लागू गर्नु पर्छ । सरकार भनेको देशको अभिभावक हो । जनताको सेवा गर्न सधै तयार भएर बसिरहनु पर्छ । आपत बिपतका बेलामा हो सरकारले हेर्ने भनेको अघि पछि त जनता आफै गरिखान्छन । यति बेला कोरोनाको दोस्रो लहरले सवैमा त्रास फैलाएको छ । कोरोनालाई नियन्त्रणमा ल्याउन भन्दै आज बाट बन्दा बन्दी सुरु भएको छ । दैनिक श्रम गरेर बिहान बेलुकाको छाक टार्नेहरुको चुलो बल्ने हो की होइन त्यो भने चिन्ताको बिषय बनेको छ । काम गर्न नपाए पछि चुलो पनि कसरी बोल्ला र ? अव सरकारले हामी छौ है, राज्य छ , है भन्ने दायित्वबोध गर्नुपर्छ । श्रमजीवि बर्ग देखि सवैको बिषयमा गम्भिर भएर सोच्ने सरकारले हो । अव सरकार चलायमान हुन जरुरी छ । जनताका पिरमर्कामा मलम पट्टि लगाउने भनेको सरकारले हो ...
रूपन्देहीमा आजदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा
राजनीति, समाचार

रूपन्देहीमा आजदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन रुपन्देहीले बिहीबार बिहान ६ बजेदेखि लागु हुनेगरी जिल्लाभर निषोधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी असमान तामाङले जारी गरेको सूचनाअनुसार वैशाख १६ गतेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा र कार्यालय सञ्चालन गर्न निषेध गरिएको छ। निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ। अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिने सूचनामा उल्लेख छ। जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन्।...
आफनो सुरक्षा आफै गरौं
राजनीति, समाचार

आफनो सुरक्षा आफै गरौं

डा.डिआर उपाध्याय, अहिले देशमा फेरी कोरोनाको त्रास फैलिएको छ । यसमा मनोवल कमजोर बनाउने होइन, उच्च मनोवलका साथ सामाना गर्ने हो । कोरोना संक्रमण दिन प्रतिदिन बढदै गएको छ । आफनो सुरक्षा आफै गरौं । कोरोना संग खेलवाड नगरौं । कोभिडका रोगीको संख्यामा वृद्धि भइरहेको छ । यो दोस्रो लहरको प्रवेश हो । अब के गर्ने भन्ने सम्बन्धमा सरकार गम्भिर बनेको देखिन्छ । तर सरकारको मात्र एकल प्रयासले केहि हुदैन । सरकारलाई सवैले सहयोग गरौं । सरकारले यो गरेन र उ गरेन भनेर अलमलिने बेला अव छैन । आ आफनो ठाउँवाट कोभिडको सामाना गरौं । यो एउटा बिपत हो । यो बिपतको सामना गरेर अघि बढौं । कोभिडले बालबालिकालाई बढी प्रभाव पारेको खबर आइरहेका छन्। योभन्दा पहिले देखापरेको कोरोनाले केटाकेटीलाई कम प्रभाव पारेको भनिन्छ । पहिलो लहरको कोरोनाले ज्येष्ठ नागरिकलाई बढी आक्रमण गरेको थियो । तर दोस्रो लहरको कोरोनाको प्रभाव बढी मात्रमा ...
एक्काइसौँ शताब्दी र महिला माथि हुने हिंसा
राजनीति, समाचार

एक्काइसौँ शताब्दी र महिला माथि हुने हिंसा

डा.डिआर उपाध्याय, नेपालमा महिला हिंसाका घटनाहरु बेला बेलामा चर्चामा आउने गर्दछन । महिला माथि हुने जघन्य अपराधलाई नै महिला हिंसा भनिन्छ । जस्तै बलात्कार, दाइजो प्रथा, बोक्सीको आरोप, समाजमा छोरा नजन्माएकामा गरिने हिंसा आदी इत्यादी हुन । बिशेष गरेर यस्ता घटनाहरु अज्ञानताका कारण गरिने गरिन्छ । जबर्जस्ती करणी गर्नुलाई बलात्कार भनिन्छ । कुनै स्त्रीलाई उसको इच्छाविपरीत जबर्जस्ती करणी गर्नु नै बलात्कार हो । हाम्रो समाजमा अथवा बिशेष गरेर तराई मधेसमा दाइजो नदिएको आरोपमा पनि धेरै महिलाहरु हिंसाको सिकार बनेका छन । त्यसै गरि बोक्सीको आरोपमा पनि महिला माथि हिंसा हुने गरेको छ । यो रुढीवादी परम्परा हो । यस्ता रुढीवादी परम्परालाई तोडेर अगाडि बढ्नु पर्छ । निर्दोष महिलालाई अथवा एकल महिलालाई आर्थीक ,सामाजिक सबै हिसाबले अपमानित गरी बोक्सीको आरोप लगाई यातना दिई मलमुत्र खुवाउनु यो जघन्य अपराध हो । विज्ञानल...
प्रतिशोधको व्यवहार साँधेर बस्ने हो भने कसैलाई फाइदा छैन
राजनीति, समाचार

प्रतिशोधको व्यवहार साँधेर बस्ने हो भने कसैलाई फाइदा छैन

डा.डिआर उपाध्याय, पछिल्लो समयमा आएर नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल बीच भेट बार्ता भएको छ । दुबै नेता बीचको भेटवार्ताले सार्थकता पाओस् भन्ने आम कार्यकर्ताको चाहाना पनि छ । नेकपा एमालेका नेताहरु मिलेर जादा नै पाटी बलियो हुन्छ । यदि मिल्न नसके पाटी र नेताहरुलाई नै घाटा हुने हो । देश र जनताका लागी भन्दै भोक भोकै पार्टी निर्माण गर्न बिगतमा कति कठिन भयो होला । आफैले निर्माण गरेको पाटी छाडेर अर्को पार्टी निर्माण गर्न खोज्नु कसैलाई राम्रो हुदैन होला । पार्टी भित्र बसेर अन्तरसंघर्ष गर्नु सवै भन्दा राम्रो हुने छ । एमालेको आन्तरिक किचलोले पार्टीलाई मात्र होइन, देशको भविश्यलाई समेत अन्योल बनाएको छ । पछिल्लो राजनीतिक गतिविधिले सवै कुरा गिजोलेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट बार्ता भए पनि एक ...
उच्च मनोबिज्ञानका साथ कोरोना संग लडौं
राजनीति, समाचार

उच्च मनोबिज्ञानका साथ कोरोना संग लडौं

डा.डिआर उपाध्याय, आजभन्दा करिब डेढ वर्षअघि चीनको वुुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमण क्रमशः विश्वव्यापी फैलिँएको हो । यसले महामारीको रूप लिएको थियो । शक्तिशाली राष्ट्रहरुलाई समेत यसले थप चुनौती दिँदै आयो । कोरोनाले धनी गरीव कसैलाई पनि छोडदैन । र छोडेन पनि । यतिबेला नयाँ प्रजातिको संक्रमण देखिएको छ । जसले गर्दा आमनागरिकमा एक खालको त्रास उत्पन्न भएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक लाखांैको संख्यामा देखिएको संक्रमणको उच्चतम दरले विश्वलाई नै एकखालको चुनौती दिइरहेको छ । खुला सीमानाका कारण सहजरुपमा आउने जाने भईरहदा नेपाल त्यसबाट बढी प्रभावित भएको छ । सीमानाकामा कडाई गरौं । कोरोनाका कारण बिगत बर्षमा लामो समयसम्म स्कुल , कलेज बन्द रहेका थिए । अहिले पनि त्यही स्थिती दोहोरिएको छ । देशको अर्थतन्त्र फेरी डामाडोल हुने होकी भन्ने चिन्ता पनि थपिएको छ । यो बेला कोभिडको यो भयावहले फेरि एकप...
पार्टीहरु मिलेर जादा नै राम्रो
राजनीति, समाचार

पार्टीहरु मिलेर जादा नै राम्रो

डा.डिआर उपाध्याय , पार्टीहरु मिलेर जादा नै राम्रो हुन्छ । सत्ताका लागी फुटनु भनेको जनमतको अपमान हो । अहिले जसपा भित्र पनि ठूलो विवाद उत्पन्न भएको छ । बाबुराम र उपेन्द्र सरकारमा जान नहुने अडानमा छन भने महन्थ ठाकुर, राजेन्द्र महतो पक्ष सरकारमा जाने कुरामा जोड दिदै आएका छन । लुम्विनी प्रदेशमा जसपा सरकारमा सहभागी भए पछि पार्टीभित्र विवाद चर्किएको हो । सत्ताका लागी पार्टी डाभित्र यस्ता खेल पहिला पनि हुने गर्दथ्ये । यो कुनै नौलो कुरा होइन । राजनीतिक दल र तिनका नेताहरुले आफनो व्यक्तिगत स्वार्थ भन्दा अरु केही सोचेनन् । उनीहरुले देश र जनताको पक्षमा हित हुने काम गरेर देखाउने अवसर गुमाउदै आएका छन । अवसर भनेको सधै भरी आउँदैन । त्यसो भएकोले अवसर गुम्न दिनु हुदैन । भोली पछुतो लाग्न सक्छ । राजनीति भनेको सवै नीतिको मूल नीति हो । त्यसैले राजनीतिलाई बदनाम गर्ने काम कसैले गर्नु हुदैन । गत आम निर्वाचनमा कम...
नेपाल सरकारले पुर्व तयारी अपनाउनु पर्ने जरुरी देखिएको छ
राजनीति, समाचार

नेपाल सरकारले पुर्व तयारी अपनाउनु पर्ने जरुरी देखिएको छ

डा.डिआर उपाध्याय, विश्वव्यापी रुपमा फैलिएको कोरोनाको दोस्रो लहर नेपालमा पनि पुनः देखिएको छ । पहिलो लहरको कोरोना संक्रमण भन्दा अहिले देखिएको कोरोना बढी मात्रमा घातक रहेको कुरा चिकित्सक हरुले बताउदै आएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण भएका बिरामी मध्ये धेरैजसो जटिल अवस्थामा उपचार भैरहेको पाइन्छ । अब कोही पनि मानिसहरुले यो कोरोना सँग खेलवाड गर्नु हुँदैन । यदि कोरोना सँग खेलवाड गरियो भने जो सुकैको ज्यान खतरामा पर्न सक्छ । पछिल्लो समयमा आएर कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले बढी भिडभाड हुने ठाउँहरुलाई बन्द गर्ने घोषणा गरेको छ । बढी मात्रमा प्रभावित हुने क्षेत्रहरु शैक्षिक संस्था, पार्टी प्यालेस, रेष्टुरेन्ट , दोहोरी साँझ लगायतका हुन् । अहिले विशेष गरेर शैक्षिक संस्था बढी मात्रमा प्रभावित भएका छन् । किनभने नजिकिदै गरेको वार्षिक परीक्षा समेत अन्योलमा परेको छ । आज देखि कोरो...
माओवादी केन्द्रको स्थायी समिति बैठक आज
राजनीति, समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले सोमबारका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो।...