Friday, November 20

राजनीति

हाम्रो युगको त्यो ऐतिहासिक जेठ १५ को  दिन
राजनीति, विचार, समाचार

हाम्रो युगको त्यो ऐतिहासिक जेठ १५ को दिन

-डा.डिआर उपाध्याय, काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ । पहिलो गणतान्त्रिक नेपालको कार्यकारी प्रधानमन्त्री तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए । गणतन्त्र स्थापनापछि हालसम्म उनीसहित आठ जना प्रधानमन्त्री भइसकेका छन् । तर, पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा भएको छैन । बेपत्ता पारिएका व्यक्तिहरूको खोजबिन हुन सकिरहेको छैन । द्वन्द्वपीडितका मागहरू सम्बोधन भइसकेका छैनन् । गणतन्त्र स्थापना भएको १५ वर्ष हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा भएका छैनन् । गणतन्त्र भनेको नागरिकलाई सर्वाधिकारसम्पन्न बनाएर राज्यको निर्णायक तहसम्म स्थापित गराउने एउटा सर्वोकृष्ट प्रणाली हो । नेपालको ऐतिहासिक विकासक्रममा यो एउटा महत्त्वपूर्ण दिन हो । त्यसैले यस दिनको स्मृति र सम्मानमा हामी बर्सेनि गणतन्त्र दिवस मनाउँदै आइरहेका छौं । आज ...
राजनीति जनताको पक्षमा हुनु पर्छ
राजनीति, विचार, समाचार

राजनीति जनताको पक्षमा हुनु पर्छ

-डा.डिआर उपाध्याय, काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको अग्रता र विजयले राजनीतिक दलको जग हल्लिएको छ । अब पनि दलहरु इमानदार हुन सकेनन् भने जनताले उचित फैसला गदै जाने छन । अहिलेको स्थानीय चुनावको मत परिणामले राजनीतिक दल प्रति जनताको बिश्वास बिस्तारै घटदै गएको अनुमान लगाउन सकिन्छ । अब नेपालका राजनीतिक दलहरुले बिगतका गल्तिबाट पाठ सिकेर अघि बढनु पर्ने अबस्था देखिएको छ । यो स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई जनताले रुचाएको देखियो । यो जनमतले नेतालाई सच्चिएर अगाडि बढ्न सचेत गराएको छ । त्यसैले अब राजनीतिक दलका नेता सच्चिनु पर्ने देखिएको छ । काठमाडौं महानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरले अगाडि छन । दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार शाह मतमा अघि देखिनु भनेको दलहरुक...
कागेश्वरी मनहरा २ नं.वडा प्रमुखमा युवा नेता सुरज खड्काको चर्चा
राजनीति

कागेश्वरी मनहरा २ नं.वडा प्रमुखमा युवा नेता सुरज खड्काको चर्चा

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका वडा नं २ को अध्यक्षमा नेपाली कांग्रेसबाट लोकप्रिय युवा नेताको उम्मेदवारीले स्थानीय जनतामा खुशी छाएको छ । कागेश्वरी मनहरा वडा नं २ मा क्षमतावान आशा लाग्दो सहयोगी, वैचारिक र जुझारु प्रष्ट वक्ताका रुपमा चिनिएका युवा नेता हुन, सुरज खड्का । युवा नेता खड्का लामो समयदेखि स्थानीय क्षेत्रमा समाजसेवा संग संगै राजनीतिमा सक्रिय रुपमा लागेका हुन । ‘यसपालीको मत युवालाई सघाउने संकल्प परिवर्तनलाई भोट हालौं रुखलाई’ भन्ने नारा बोकेर कागेश्वरी मनहरा नगरपालिका २ नम्वर वडा अध्यक्षको उम्मेदवारीको रुपमा चर्चा कमाएका युवा नेता खड्का वडामा मात्र नभएर नगरमै लोकप्रिय हुदै गएका छन । युवाका मात्र नभएर सम्पूर्ण वडा वासीमाझ समाजसेवाबाट निकै परिचित बनेका युवा नेता खड्का यस अघि उनले वडामा गरेका उल्लेख्य सामाजिक कार्यले समेत त्यहांका जनताले भुल्न नसकेको स्थानीयवासी सम्झन्छन । हाल घरद...
टोखा नगरलाई सुशासानसहितको समृद्ध र सुन्दर नगर बनाउछु – शेखर श्रेष्ठ
अन्तरवार्ता, राजनीति, समाचार

टोखा नगरलाई सुशासानसहितको समृद्ध र सुन्दर नगर बनाउछु – शेखर श्रेष्ठ

काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला चर्चामा रहेका छन् । उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो । टोखा नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन् । टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन । उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे । उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए । बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन् । मतदातालाई क...
भुवन केसी र  स्वेता खड्का नेपाली कांग्रेस प्रवेश
राजनीति

भुवन केसी र स्वेता खड्का नेपाली कांग्रेस प्रवेश

अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनीसँगै अभिनेत्री स्वेता खड्का र कलाकार रविन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका हुन्।  मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीनैजनालाई पार्टी प्रवेश गराएका हुन्।   यसअघि अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी थिइन्। अर्की अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आवद्ध छिन्। पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार राजनीतिमा सक्रिय हुँदै आएका छन्।...
कालो चस्माभित्र लुकेका बालेनको  शाह कहली लाग्दो  रहय
राजनीति

कालो चस्माभित्र लुकेका बालेनको शाह कहली लाग्दो रहय

          आगामी स्थानीय तह चुनावमा स्वतन्त्र उठेकामध्ये सबभन्दा धेरै 'लाइमलाइट' पाएका उम्मेदवार हुन् बालेन शाह। काठमाडौंको मेयर बन्ने सपना देखिरहेका ३१ वर्षीय बालेनको चर्चाले प्रमुख राजनीतिक दलहरूलाई समेत उनले आफ्ना उम्मेदवारको कति मत काट्लान् भन्ने चिन्ता थपेको छ।बालेनको निजी जीवन, उनको पृष्ठभूमि वा व्यक्तित्वका विविध पाटाबारे भने अहिलेसम्म मानिसहरूलाई थोरै मात्र थाहा छ। यसकारण थोरै थाहा छ कि, मिडियाले यी पाटाबारे अत्यन्त कम लेखेको छ।काठमाडौंको मेयर बन्छु भन्ने बालेन को हुन्? उनको पारिवारिक पृष्ठभूमि के हो? उनलाई केले तानेर राजनीतिमा ल्याएको हो? उनको ऊर्जाको स्रोत के हो? सार्वजनिक रूपमा उनले अहिलेसम्म तय गरेको यात्राले के भन्छ? सार्वजनिक रूपमा प्रकट भएको उनको व्यक्तित्व र व्यवहारले बालेनका जीवन मूल्य र मान्यताबारे के संकेत गर्छन् ? उनका कमजोरी र सबल पक्ष के-के हुन्?           बालेन शाहको...
मन्त्रिपरिषदको निर्णय  अनुसार  धिरजप्रताप सिंहलाई नयाँ आइजिपी पद
राजनीति

मन्त्रिपरिषदको निर्णय अनुसार धिरजप्रताप सिंहलाई नयाँ आइजिपी पद

नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। गृह मन्त्रालयको सिफारिसमा सिंहलाई नियुक्त गरेको हो। २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित उच्च प्रहरी अधिकारीहरू भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए। २०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए। त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए।...
पत्रकार प्रकाश खालिङ गठबन्धनको तर्फबाट उम्मेदवार
राजनीति, समाचार

पत्रकार प्रकाश खालिङ गठबन्धनको तर्फबाट उम्मेदवार

-डा.डिआर उपाध्याय, सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकेर मनोनयन सकिसक्दा पत्रकारहरुको उम्मेदवारीले प्राथमिकता पाएको छ। सोलुखुम्बुको ८ स्थानीय तहहरु मध्ये पालिका र वडाहरुमा उम्मेदवारी पहिलाको तुलनामा ह्वात्तै बढेको छ। सोलुखुम्बुमा एक पालिका प्रमुख र दुई वडा अध्यक्षमा चर्चित पत्रकारहरूको उम्मेदवारी परेको छ। सोलुखुम्बु माप्य दुधकोशी गाउँ पालिका वडा न २ मा शिखर पोष्टका प्रधान सम्पादक तथा युवा प्रतिभाशाली युवा नेता प्रकाश खालिङको उम्मेदवारी परेको छ। खालिङ लामो समय देखि व्यवसायीक पत्रकारितामा ब्यस्त थिए। पत्रकारिता संगै राजनीतिमा सक्रिय खालिङ्लाई माओवादी पार्टिले गठबन्धनको तर्फबाट उम्मेदवार बनाएर निर्वाचनमा पठाएको छ। सरल स्वभाव, हसिलो, सहयोगी स्वभावका खालिङ वडाको उम्मेदवार बनेपछि कार्यकर्ताहरुमा खुसियाली छाएको छ। खालिङ बाहेक उम्मेदवार बनाउदा नजित्ने अवस्था देखिएपछि पार...
कांग्रेसले टिकट बाँड्ने केन्द्रीय संसदीय बोर्ड गठन गर्‍यो
राजनीति

कांग्रेसले टिकट बाँड्ने केन्द्रीय संसदीय बोर्ड गठन गर्‍यो

नेपाली कांग्रेसले उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय समिति गठन गरेको छ। ११ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय बोर्ड गठन गरेको हो। सभापति शेरबहादुर देउवासहित पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल संसदीय बोर्डको सदस्य छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले संसदीय बोर्ड गठन गरिएको सेतोपाटीलाई बताए। कांग्रेस विधानअनुसार पदाधिकारीसहित २५ सदस्यीय केन्द्रीय संसदीय बोर्ड रहने व्यवस्था छ।  सभापति देउवाले कार्यसम्पादन समितिबाटै उम्मेदवारलाई टिकट दिने तयारी गरेपछि आलोचना भइरहेको थियो। संसदीय समितिमा सभापति देउवाले केन्द्रीय सदस्यमध्ये ११ जनालाई मनोनीत गर्न सक्ने व्यवस्था छ। कांग्रेस विधानमा महानगरको टिकट बाँड्ने अधिकार केन्द्रीय संसदीय बोर्डलाई छ।  कांग्रेसले स्थानीय तह चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन केन्द्रीय संसदीय बोर्ड गठन गरेको हो।...
निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल
राजनीति

निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल

स्थानीय तह निर्वाचन-२०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीहरुबीच आज छलफल भएको छ। नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलको सहभागिता थियो। नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथीलगायत अन्य सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको उक्त बैठकमा सेनाको युद्धकार्य निर्देशनालयबाट निर्वाचनका लागि नेपाली सेनाले हालसम्म गरेका कार्य प्रगति तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने विषयमा प्रस्तुतीकरण गरिएको नेपाली सेनाले जनाएको छ। बैठकमा स्थानीय तह निर्वाचन–२०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायलाई प्रा...