Friday, November 20

राष्ट्र

डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान कायम
राष्ट्र, समाचार

डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान कायम

डा. डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमान सहित ८० विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच उहाँलाई थप २१ विश्व कीर्तिमान प्रदान गरिएको हो । २१ विश्व कीर्तिमान हस्तान्तरण समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अतिथिहरू गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठलगायतले उपाध्यायलाई विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । यसअघि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गर्नुभएको थियो । सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै ‘यसरी एकैदिन फरक २१ विधामा दश ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहि...
बुद्ध भूमि ट्याक्सी सेवामा नँया संचालक समिति,संयोजकमा गोबिन्द बहादुर कुवर
अर्थ/व्यापार, राष्ट्र, समाचार

बुद्ध भूमि ट्याक्सी सेवामा नँया संचालक समिति,संयोजकमा गोबिन्द बहादुर कुवर

बुद्ध भूमि ट्याक्सी सेवा प्रालिको दोस्रो साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।  बुटवल ११ मा एक कार्यक्रमका बिच साधारणसभा भएको हो । साधारणसभाले  नया संचालक समिति चयन गरेको छ । संयोजकमा गोबिन्द बहादुर कुवर,सहसंयोजकमा नरिनारायण घिमिरे,कार्यालय ब्यबस्थापकमा यमबहादुर अर्जेल,आर्थिक ब्यबस्थापकमा दीलिप कुमार बिक,संचालक समिति सदस्यहरुमा गंगाबहादुर कुवर,मोहन अधिकारी,जनार्दन यादब,भिमप्रसाद बस्याल,कानुनी सल्लाहकार रेशम अधिकारी  र सल्लाहकारमा चेतन गुरुङ र धनबहादुर थापा रहेका छन् ।यसअघि भएको साधारणसभाको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले ब्यबसायीको हक हित र लगानी सुरक्षामा सरकारले ध्यान दिन नसकेको बताए । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी ट्याक्सी तथा भ्यान ब्यबसायी समिमितका पुर्व उपाध्यक्ष होमनाथ उपाध्यायले सबैले मिलेर प्रालिलाइ देशकै नमुना बनाउनुपर्ने बताए ।  सो अबसरमा चेतन गुरुङ,धन बहादुर थापा,कानुनी ...
सञ्चारकर्मी बिना श्रेष्ठ नन्दिनी हर्बलको ब्राण्ड एम्बेस्डर
राष्ट्र, समाचार

सञ्चारकर्मी बिना श्रेष्ठ नन्दिनी हर्बलको ब्राण्ड एम्बेस्डर

नन्दिनी हर्बल केयर प्रा.लिको ब्राण्ड एम्बेस्डरमा सञ्चारकर्मी बिना श्रेष्ठलाई अनुवन्धन गरिएको छ। ब्राण्ड एम्बेस्डर सम्वन्धी सम्झौंता पत्रमा नन्दिनी हर्बल केयर प्रा.लिका सन्चालक हितेस लिम्बानी र क्षेत्रीय बिक्री प्रवन्धक पदम शर्माको उपस्थितिमा हस्ताक्षर भएको हो। नन्दिनी हर्बल केयर प्रा.लिका सन्चालक हितेस लिम्बानीले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको लागि आफ्नो ब्राण्ड एम्बेस्डरमा सञ्चारकर्मी बिना नियुक्त गरेको बताउनुभयो। सञ्चारकर्मी श्रेष्ठले आफु नन्दिनी हर्बल केयरको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र नन्दिनी हर्बल केयरको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सञ्चारकर्मी बिना लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध सँगै नेपाली म्युजिक भिडियो निर्देशन पनि गर्दै आउनुभएको छ  । हाल उहाँ टि.भी टुडे एचडी प्रमुख कार्यकारी...
सार्वजनिक सवारीसाधनलाई आजदेखि रुट परिमिट नचाइने
राष्ट्र, समाचार

सार्वजनिक सवारीसाधनलाई आजदेखि रुट परिमिट नचाइने

सार्वजनिक सवारीसाधनलाई आजदेखि दसैँभर रुट परमिट (सडक अनुमति) नचाहिने भएको छ । दसैंका लागि आवतजावत सजिलो पार्न यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने व्यवस्था गरेको हो । यो व्यवस्था देशभर कार्यान्वयन रहने विभागले जनाएको छ ।
लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि
अर्थ/व्यापार, राष्ट्र, समाचार

लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि

सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीको भाडा १० प्रतिशतले बढाएको हो । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए ।...
काठमाडौँ जिल्ला प्रशासन कार्यालयको आदेश गए रातिदेखि लागू
राष्ट्र, समाचार

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको आदेश गए रातिदेखि लागू

सरकारले गए राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने-नगराउने आदेश जारी गरेको हो । बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने यदी भौतिकरुपमै गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन आग्रह गरेका हुन् । प्रशासनले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न पनि आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि भएको छ । होटल पा...
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
राष्ट्र, समाचार

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

जिल्लाको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली रहेका छन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिएका छन् ।...
पहिरोले अवरुद्ध मुग्लिन–नौबिसे सडक खुल्यो
राष्ट्र, समाचार

पहिरोले अवरुद्ध मुग्लिन–नौबिसे सडक खुल्यो

पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।...
कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुँदै
राष्ट्र, समाचार

कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुँदै

कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदैछ । कोरोनाभाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को परिक्षा आजदेखि सञ्चालन हुन लागेको हो । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।  परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ । परिक्षाको लागि देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्र रहेका छन् । आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ ।  गएको जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण साउन ३१ गतेका लागि सारिएको थियो । तर कोरोनाको जोखिम कायमै रहेको भन्दै फेरि सारिएको थियो ।  परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।...
काठमाडौँकाे फोहोर उठाउन थालियो
राष्ट्र, समाचार

काठमाडौँकाे फोहोर उठाउन थालियो

काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौँमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ ।गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइड पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो । ल्याण्डफिल्ड साइडका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए । जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको थिएन । बुधबारबाट उपत्यकाका अधिकांश स्थानबाट फोहर उठाउन सुरु गरिएको र अव नियमित फोहर उठाइने महानगरको भनाइ छ । यसअघि महानगर र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको थियो । ९ बुँदे सहमति फोहरको विसर्जन गर्ने ठाउँबाट नौ सय मिटर दूरीमा पर्ने अति प्रभावितलाई घरटहराको प्रति स्क्वायर मिटर वार्षिक रु ५० कायम रहने, फोहर विसर्जन खाल्डो खनेर गर्ने र माट...